नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष मगर
♦ध्रुब कार्की १२ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला स्थित सूर्यगढी गाउँपालिका नेपालको स्थानीय सरकारको रूपमा २०१७ (२०७३) मा समाहित भएको हो । सूर्यगढी गाउँपालिकाको सदरमुकाम नुवाकोट जिल्लाको चोकडे बजारमा अवस्थित छ । सूर्यगढी गाउँपालिका साबीकको लाछ्याङ, बागेश्वरी, हल्देकालिका र गणेशस्थान गाउँ विकास समितिलाई गाभेर गठन गरीएको छ । यस गाउँपालिकालाई हाल ५ वटा वडामा विभाजन गरिएको छ । सूर्यगढी गाउँपालिका स्थित ३ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा पिङ्गल बहादुर थापा मगर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्ष मगरले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ…
