नमुना वडा बनाउदै अध्यक्ष गुरुङ
♠ हस्ता विष्ट
११ फागुन, काठमाडाैँ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २८ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर २८ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।
कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नंं.२८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष श्रीकृष्ण गुरुङ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ ।
वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।
वडा अध्यक्ष श्रीकृष्ण गुरुङ पहिले विभिन्न संस्थामा आबद्ध भएर समाजमा रहेका गरिब तथा असायहरुलाई विभिन्न क्षेत्रमा सहयोग गरेर निरन्तर समाज सेवामा लागि परिरहनुभएको थियो ।
उहाँले भन्नुभयो, ” वडामा रहेका जेष्ठ नागरिक तथा अपांगहरुलाई दिईने सामाजिक सुरक्षा भत्ता टोल टोलमै गएर उनिहरुको हात हातमै दिएर वितरण गर्ने काम वडा अध्यक्षमा निर्वाचित भईसकेपछि उक्त काम सम्पन्न भएको हो । ”
त्यसै गरी बाटोे सडकको खण्डमा विकटलाई निकट भन्ने नाराका साथ हरेक टोल टोलमा रहेका बाटोहरुलाई निकट बनाउने र कुनै बाटो कालोपत्रे गरेकोे उहाँले बताउनुभयो ।
शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेका सामुदायिक विद्यालयमा पनि प्राईभेट विद्यालयको जस्तै आधुनिक शिक्षण प्रणाली लागु गर्न वडाबाट विशेष ध्यानार्कषण गरेको वडा अध्यक्ष गुरुङको भनाई छ ।
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा स्वास्थ्य केन्द्रको स्थापना गरेर राज्यले दिएको औषधीहरु वितरण गर्ने र टोल टोलमा स्वयमसेवक खटाएर बालबालिकाको स्वास्थ्य परिक्षण गरेर स्वास्थ्य सेवा उपलब्ध गराईरहेकोे उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” खानेपानीको क्षेत्रमा प्रदेश र संघसंग समन्वय गरेर वडाबासीहरुको घरघरको धारामा सहजै पानी ल्याउनको लागि वडाबाट विशेष जोड दिएका छौ । ”
त्यसै महिला तथा युवाहरुको लागि विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।
कृषिको क्षेत्रले यो वडा अति नै सम्भाव्य क्षेत्र रहेकोले कृषिलाई बजारिकरण गर्न विशेष जोड दिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर काम अगाडि बढाई रहेको छ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर २८ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







