समाज

किरात याक्थुङ चुम्लुङको बैठक चितवनमा सुरू हुँदै

किरात याक्थुङ चुम्लुङको बैठक चितवनमा सुरू हुँदै

८ फागुन,चितवन ।  किरात याक्थुङ चुम्लुङको २४ औँ राष्ट्रिय चुम्लुङ बैठक आइतबारदेखि भरतपुरमा सुरु भएको छ । बैठकको शुभारम्भ गर्दै प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले धर्म संस्कृतिको जगेर्ना गर्नु पहिलो कर्तव्य भएको बताउनुभयो । उहाँले लिम्बू समुदायको भाषा, संस्कृति संरक्षणमा पहिला आफ्नै समुदाय एक भएर लाग्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीय गणतान्त्रिक संविधानले मात्रै हाम्रो अधिकार संरक्षण गर्ने छ । सङ्घीयता, गणतन्त्र र संंंविधान कार्यान्वयनमा सहयोग पुर्‍याउन सकेमा मात्रै लिम्बूहरुको माग सम्बोधन हुन्छ । ” कार्यक्रममा चुम्लुङकी केन्द्रय सल्लाहाकार चन्द्रमायाँ लिम्बू, प्रदेशसभा सदस्य उत्तम जोशी, बिनु रायमाझी, ईश्वर सापकोटा, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, चुम्लुङका…
Read More
मौन स्नान गरी मनाइयो सोमबारे औँशी

मौन स्नान गरी मनाइयो सोमबारे औँशी

८ फागुन,काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउनुहुन्छ । सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले बताउनुभयो । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने…
Read More
जोखिममा महिला मानव अधिकार

जोखिममा महिला मानव अधिकार

७ फागुन,काठमाडौँ । सन् २०२२ मा नेपालमा महिलाको मानव अधिकारको अवस्था कमजोर देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ मा देशभर कूल सात हजार तीन सय ७६ घटनामध्ये महिलामाथि हुने हिंसाका घटनामा सबैभन्दा बढी चार हजार दुई सय २८ जना पीडित देखिएको छ । इन्सेकको आज आयोजित समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सार्वजनिक गर्नुभएको उक्त पुस्तकमा महिलाविरुद्धको हिंसामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा एक हजार छ सय २३ घटना भएको देखिएको छ । सुदूरपश्चिम प्रदेशमा नौ सय ५६, प्रदेश १ मा चार सय ५७, बागमती प्रदेशमा चार सय ३४, गण्डकी प्रदेशमा तीन सय…
Read More
बागलुङ सङ्ग्रहालय अधुरै

बागलुङ सङ्ग्रहालय अधुरै

७ फागुन,बलेवा । बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित बागलुङ सङ्ग्रहालय भवन निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । बाह्र वर्षदेखि निर्माणाधीन सङ्ग्रहालयका संरचना जीर्ण भएका हुन् । रामरेखा सामुदायिक वन क्षेत्रमा निर्माण थालिएको उक्त भवनले पूरा आकार लिन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । भवन निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा सङ्ग्रहालय बनाउने काम अधुरै छ । तत्कालीन जिल्ला विकास समितिको आर्थिक सहयोगमा आदिवासी जनजाति सङ्ग्रहालय बनाउन पहल भएको हो । नेपाल आदिवासी जनजाती समन्वय समिति बागलुङको अगुवाइमा २०६७ असारमा निर्माण थालनी भएर दुई वर्षसम्मको बजेटले पहिलो तला ढलान गरिएको छ । एक तला ढलान भएको भवनमा तत्कालीन जिविसले रु २५ लाख लगानी…
Read More
‘बेलढुङ्गा’ पर्यटकका रोजाइमा

‘बेलढुङ्गा’ पर्यटकका रोजाइमा

७ फागुन,ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो । जब सडक सञ्जालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ प¥यो । हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरूले बेलढुङ्गामा चहलपहल निकै हुने गर्छ । यस वर्ष हिउँ परेन । तर सूर्योदय र दृश्याअवलोन गर्नेहरूको कमी भने भएन । बेलढुङ्गा…
Read More
उमेर नपुगिकन विवाह गर्नेको सङख्या बढ्दै

उमेर नपुगिकन विवाह गर्नेको सङख्या बढ्दै

७ फागुन,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ नौखरीका जगन्नाथ डगौरा बालविवाह रोकथाम हुन नसक्दा निकै चिन्तित छन्् । उमेर नपुग्दै विवाह गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उहाँको जोड रहेको छ । थारू समुदायमा अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारण बालविवाहले परिवारमा मान्यता पाउँदै आएको उहाँ बताउनुहुन्छ । “थारू समुदायमा सामाजिककार्यको अगुवाइ गर्ने बडघरियाले बालविवाह रोक्नका लागि शिक्षा दिनुपर्छ”, उहाँले भन्नुभयो, “बालविवाहलाई प्रश्रय दिने परिवारलाई सामाजिकरूपमा बहिष्कारको अभियान चलाउनुपर्छ, वडघरियाले चाहे बालविवाह रोक्न सक्छन् ।” बालविवाहविरुद्ध गाउँ–बस्तीमा कुरा गरे धेरै जान्ने आइस भनेर उल्टै खप्की खानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार बालविवाह विशेषगरी मुक्त कमैया परिवारमा बढ्दै गएको छ । मागी हुने…
Read More
कैदीबन्दीलाई योगासँगै फलफूल वितरण

कैदीबन्दीलाई योगासँगै फलफूल वितरण

७ फागुन,डडेल्धुरा । प्रजातन्त्र दिवसका अवसरमा डडेल्धुरा कारागारमा रहेका कैदीबन्दीलाई योग प्रशिक्षण गराइएको छ । योग प्रशिक्षक गोविन्द खडायतको अगुवाइमा कारागार बन्दीगृहभित्र कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई १० दिने योग प्रशिक्षण आजदेखि सुरु गरिएको हो । कैदीलाई स्वस्थ र विभिन्न प्रकारका मौसमी फलफूल वितरण गरेको भागेश्वर गाउपालिका–४ का वडाअध्यक्ष वासुदेव चटौतले बताउनुभयो । कारागार कार्यालयको बन्दीगृहमा नौ महिला तथा एक सय दुई पुरुष कैदी र पाँच महिला तथा १० पुरुष थुनुवा छन् ।
Read More
४७ वर्षपछि ब्यूँताइयो भानुमतिमा शिवरात्रि मेला

४७ वर्षपछि ब्यूँताइयो भानुमतिमा शिवरात्रि मेला

७ फागुन,खोटाङ । विसं २०३२ देखि बन्द गरिएको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भानुमतिमा लाग्ने शिवरात्रि मेला ब्युँताइएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने भानुमतिमा तत्कालीन जिल्ला पञ्चायत सभापति पर्शुराम राईले बन्द गराउनुभएको शिवरात्रि मेला ४७ वर्षपछि ब्युँताइएको हो । धार्मिक तथा पर्यटकीयस्थल भानुमतिमा शिवरात्रिको अवसरमा १५ दिनसम्म मेला लाग्ने गरेको थियो । सावापारी दिप्लुङका तत्कालीन प्रधानपञ्च पृथीबहादुर राई र सावावारी खोटाङबजारका प्रधानपञ्च श्रीप्रसाद भट्टराईबीच मेलाका विषयमा विवाद भएपछि सभापति राईले बन्द गराएको मेला फेरि शुरु गराइएको जन्तेढुङ्गा गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो । सावापारीका राई र सावावारीका भट्टराईबीच मेलाको आम्दानी कसले लिने ? भन्ने विषयमा विवाद भएपछि मेला बन्द…
Read More
कला संस्कृतिको संरक्षण गर्न लोकवार्ता सम्मेलन सुरु

कला संस्कृतिको संरक्षण गर्न लोकवार्ता सम्मेलन सुरु

७ फागुन,रामपुर (पाल्पा) । लोकवार्ता परिषद् नेपालको आयोजनामा पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन सुरु भएको छ । समूदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो । जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टङ्क खनालले सम्मेलनको उद्घाटन गर्नुहँुदै कतिपय लोक संस्कृति लोप हुने अवस्था रहेकोले यस्ता कार्यक्रमले संरक्षणमा सघाउ पुग्ने बताउनुभयो । “हाम्रा लोक सम्पदा, संस्कृति, परम्परा पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “लोकवार्ताका विषयलाई कसरी आधुनिक समयानुकूल प्रयोग र उपयोग गर्ने भन्ने विषयमा पनि विज्ञहरुको सुझाव लिएर काम गर्नुपर्नेछ ।” उहाँले लोकवार्तालाई विज्ञानसँग जोडेर उपयोग गर्न सके आयआर्जनको माध्यम बनाउन सकिने बताउनुभयो । पाल्पाका ऐतिहासिक,…
Read More
एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा

एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा

७ फागुन,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा(एसइई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो । कमजोर विद्यार्थीका लागि अङ्गे्रजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन भइरहेको नगरपालिकाको शिक्षा शाखाका नायबसुव्बा दीपेन्द्र जोशीले बताउनुभयो । उहाँका अनुसार न्यूनतम ३५ दिन अनिवार्य कक्षा सञ्चालनको व्यवस्था गरिएको र यसका लागि रु पाँच लाख परिचालन गरिएको छ । “अतिरिक्त कक्षा सञ्चालन गर्ने विद्यालयलाई प्रतिविद्यार्थी लागतका आधारमा निकासा दिने निर्णय गरेका छौँं” प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भन्नुभयो, “विद्यालयलाई विद्यार्थीको विषयगत हाजिरी र अध्यापन…
Read More
Page 271 of 304
1 … 269 270 271 272 273 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.