समाज

रोजाइमा सरसफाइ केन्द्र

रोजाइमा सरसफाइ केन्द्र

८ फागुन,वालिङ । आँधीखोलाको किनारमा अवस्थित वालिङ नगरपालिकाको सरसफाइ केन्द्र । दायाँबायाँ उर्वर भूमि । अहिले गहुँ, तोरी, फापरलगायतका बालीनालीले गर्दा झनै आकर्षक र मनमोहक देखिन्छ । वालिङ नगरपालिकाले कुहिने, नकुहिने, सिसाजन्य तथा दिसाजन्य लेदो व्यवस्थापन यही ठाउँमा गर्दै आइरहेको छ । सुन्दा नि अचम्म लाग्न सक्छ । देशका कतिपय ठाउँमा फोहरमैला व्यवस्थापन समस्या र चुनौतीका रुपमा आइरहँदा वालिङमा भने फोहरमैला व्यवस्थापन गरिएकै ठाउँमा पिकनिक खाने तथा घुम्न जानेको घुइँचो हुने गरेको छ । फोहरमैला व्यवस्थापन गर्नका लागि बस्ती आसपासमा जग्गा नदिने र विवाद भइरहँदा यहाँ भने फोहरमैला व्यवस्थापन गर्ने स्थानमा नै पिकनिक र घुम्नका लागि मानिसहरु जाने गरेका हुन्…
Read More
मिथिला माध्यमिकी परिक्रमा

मिथिला माध्यमिकी परिक्रमा

८ फागुन,महोत्तरी । नाङ्गा खुट्टा, टाउकामा खाजासामल र फेरफार लुगाका मोटरी (पोका) बोकेर यत्रामा रहेका सबै जय सीयाराम सङ्कीर्तनमा मस्त । मधेश प्रदेशको प्राचीन मिथिलाक्षेत्रमा महाकुम्भ भनिने १५ दिने मिथिला माध्यमिकी यात्राको लस्करमा देखिएकोे दृश्य हो यो । फागुन औंशीका दिन सुरु भएर फागुन शुक्लपक्षभर मिथिलाक्षेत्रका विभिन्न तीर्थस्थल घुम्दै पूर्णिमाका दिन जनकपुरधाम पुगेर सम्पन्न गरिने यो महाकुम्भ आज बिहान धनुषाको मिथिलाविहारी नगरपालिका–८ स्थित मिथिलाविहारी (श्रीराम, अवधविहारी) को मन्दिरबाट मिथिलाविहारीको प्रतिमा राखिएको डोलासहित सुरु भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज यहाँ आयोजित धार्मिक कार्यक्रममा मिथिलाविहारीको डोला (डोली) उठाएर साधुसन्तका काँधमा दिँदै महाकुम्भ यात्रा शुभारम्भ गर्नुभएको हो । मिथिलामा यो…
Read More
पर्यटकीय गन्तव्य बन्दै ‘ब्रम्हायणी उद्यान’

पर्यटकीय गन्तव्य बन्दै ‘ब्रम्हायणी उद्यान’

८ फागुन,बनेपा । ललितपुरका शान्ति खड्की नालामा रहेको ब्रम्हायणी उद्यान घुम्न पाउँदा दङ्ग देखिनुहुन्छ । उहा सामाजिक सञ्जाल टिकटकमा ब्रम्हाको पूर्णकदको मूर्तिसहितको उद्यान बनेको थाहा पाएपछि घुम्न आएको बताउनुभएको हो । “ अग्लो ठाउँमा उज्यालो देखिने ब्रम्हाको मूर्तिसहितको पार्क निकै रमाइलो र मनमोहक देखिन्छ । यहाँको सुन्दरतालाई जोगाएर राख्न सके थप आकर्षणको केन्द्र बन्नेछ”, उहाँले भन्नुभयो, घुम्न गएको ठाउँमध्ये नालाको ब्रम्हायणी उद्यान निकै आकर्षक देखिन्छ ।” टिकटकमा यहाँको दृश्यसहितको सन्देश हेरेर आन्तरिक पर्यटक घुम्न आउने गरेको स्थानीयवासीले बताए । अहिले ब्रम्हायणी उद्यान घुम्न र दर्शनका लागि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । नाला बजार निवासी श्याममाया देउला पनि…
Read More
सिइओ गुरुङको पदभार

सिइओ गुरुङको पदभार

८ फागुन,काठमाडौँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हानुभएको छ । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गर्नुभएको हो । सिइओ छनोट समितिले सिइओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैंक सञ्चालक समितिलाई सिफारिस गरेको थियो । छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट सञ्चालक समितिले गुरुङलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो । नवनियुक्त सीईओ गुरुङसँग देश तथा विदेशका बैंकङमा २६ वर्ष काम गरेको अनुभव रहेको छ ।…
Read More
डा श्रेष्ठको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

डा श्रेष्ठको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

८ फागुन,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा डा माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका डा श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाउनुभएको छ । लामो समयदेखि दम र छाती रोग सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा डा श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो ।
Read More
व्यवस्थित मैदान नभएपनि खेल गतिविधि बढ्दै

व्यवस्थित मैदान नभएपनि खेल गतिविधि बढ्दै

८ फागुन,दमौली । तनहुँका सात वटा पालिकामा हालै मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, दौडलगायतका विधामा खेलाडीले सहभागिता जनाए । जिल्लाका व्यास, शुक्लागण्डकी र भानु नगरपालिका, बन्दीपुर, घिरिङ, म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड सम्पन्न गरिसके भने बाँकी स्थानीय तहले तयारी गरेका छन् ।जिल्ला खेलकुद विकास समिति तनहुँले सबै पालिकालाई रनिङशिल्ड प्रतियोगिता गर्न आग्रह गरेको छ । प्रदेश खेलकुद परिषद्को निर्णयानुसार फागुन १५ गतेभित्र जिल्लास्तरीय रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरी जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीको नाम प्रदेशस्तरमा पठाइने खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । बुधबार मात्रै दमौली बजारमा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता…
Read More
त्रिपन्न किलो गाँजासहित दुई जना पक्राउ

त्रिपन्न किलो गाँजासहित दुई जना पक्राउ

८ फागुन,चितवन । पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान जारी रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
Read More
डा श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

डा श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

८ फागुन,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वस्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा मथुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले अधिकारकर्मी डा श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा समवेदना प्रकट गर्नुभएको छ । डा श्रेष्ठको आज बिहान उपचारका क्रममा निधन भएको हो ।
Read More
गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको बिदाइ

गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको बिदाइ

८ फागुन,काठमाडौँ । महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा पशुपति क्षेत्र आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई बिदाइ गरिएको छ । शङ्कराचार्य निश्चलानन्द सरस्वती आज बिहान काठमाडौँबाट बनारस जानुभएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । उहाँले तीन दिनसम्म पशुपतिक्षेत्रमा प्रवचन गर्नुभएको थियो । यसैगरी पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको पनि आज बिदाइ गरिँदै छ । अहिले पशुपति क्षेत्रमा बिदाइको तयारी भइरहेको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आउने साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँशीसम्म गुठी संस्थान, पशुपति क्षेत्र विकास कोषलगायत संस्थाले आवास, भोजन र धुनी बाल्ने व्यवस्था गर्ने प्राचीनकालदेखिको परम्परा छ । त्यस…
Read More
साधुसन्तको बिदाइ गरिँदै

साधुसन्तको बिदाइ गरिँदै

८ फागुन,काठमाडौँ । महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिइन्छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ । साधुसन्तको दक्षिणाका लागि रु आठ लाखदेखि १० लाखसम्म छुट्टाइएको कोषले जनाएको छ । यसपाली पशुपतिनाथमा आउने साधुसन्तको सङ्ख्या बढेको कोषले जनाएको छ…
Read More
Page 270 of 304
1 … 268 269 270 271 272 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.