समाज

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन

९ फागुन,बागमती । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । यहाँ आयोजित समारोहमा उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको उक्त भवन उद्घाटन गर्नुभएको हो । सत्तरी शय्या क्षमता रहेको सो तीन तलाको भवन रु ४३ करोडको लागतमा निर्माण भएको हो । अस्पतालको नवनिर्मित भवनबाट आजैदेखि स्वास्थ्य सेवा सुरु भइसकेको छ । मकवानपुरको हेटौँडामा रहेको यो मुलकुकै पुरानो अस्पतालमध्ये पर्छ । नयाँ र पुरानो गरी उक्त अस्पतालको बिरामी भर्ना क्षमता हाल दुई सय शय्या पुगेको छ । उक्त नवनिर्मित भवनबाट अब इमरजेन्सी, प्रसूति, आइसियू सेवाका साथै भेन्टिलेटर, डायलासिस, एक्स–रे, अत्याधुनिक प्रयोगशाला…
Read More
दैजी–छेला औद्योगिक क्षेत्र : चर्चाको अढाई दशकपछि गति लिँदै

दैजी–छेला औद्योगिक क्षेत्र : चर्चाको अढाई दशकपछि गति लिँदै

९ फागुन,दोधारा चाँदनी । विसं २०५१मा घोषणा भएको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । अढाई दशकदेखि चर्चामा रहेको कञ्चनपुरको बेदकोट नगरपालिकास्थित औद्योगिक क्षेत्रको कार्यालय स्थापना भएसँगै कामले गति लिएको हो । विसं २०७७ फागनु १० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त औद्योगिक क्षेत्र शिलान्यास गर्नुभएको थियो । अहिले कार्यालय स्थापनासँगै औद्योगिक क्षेत्रकोे रूख छपानको काम अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक महिनाभित्र मन्त्रिपरिषद्बाट निर्णय गराएर औद्योगिक क्षेत्रमा रूख कटान सुरु गरिने बताउनुभयो । “म जति दिन मन्त्री रहन्छु औद्योगिक क्षेत्रको काम अघि बढाउन लाग्नेछु”, उहाँले भन्नुभयो, “एक महिनाभित्रै…
Read More
राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो

राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो

काठमाडौँ, ९ फागुन ।नेपालको प्रजातान्त्रिक आन्दोलनमा कृष्णप्रसाद भट्टराई (किसुनजी) ले पु¥याउनुभएको योगदान अविस्मरणीय रहेकामा प्रबुद्ध व्यक्तित्वले जोड दिनुभएको छ । स्व कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रतिष्ठानले ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठी एवम् सम्मान कार्यक्रममा स्वामी आनन्द अरुण र संस्कृतिविद डा जगमान गुरुङले किसुनजीको व्यक्तित्व सरल, सादगी र निष्ठायुक्त रहेको चर्चा गर्नुभयो । वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो रहेको औँल्याउनुभयो । कार्यक्रममा वाग्मती प्रदेशसभाका पूर्व सदस्य नरोत्तम वैद्यले किसुनजीले सदाचारी राजनीतिज्ञको परिचय बनाउनुभएको बताउनुभयो । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले किसुनजीको स्मरण गर्दै पार्टी सभापतिजस्तो पदमा…
Read More
आइसिसी लिग–२ : नेपालसामु २१३ रनको चुनौती

आइसिसी लिग–२ : नेपालसामु २१३ रनको चुनौती

९ फागुन,काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आज अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई जितको लािग २१३ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१२ रनको योगफल बनायो । स्कटल्याण्डको लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा नौ चौका र दुई छक्काको मद्दतमा ६० रनको योगदान गरेका हुन । त्यस्तै स्कटल्याण्डका अन्य खेलाडी म्याथ्यु क्रसले ४२ रनको योगदान गरे । ब्रेन्डन म्याकुलमले ३१ रन बनाउँदा काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले समान २२÷२२ रन…
Read More
आलेख : जलवायु परिवर्तन : न वर्षा न हिमपात

आलेख : जलवायु परिवर्तन : न वर्षा न हिमपात

९ फागुन,मनाङ । यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ । हिमाली क्षेत्रमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने समयमा काला पत्थर मात्रै देखिन्छ । हिउँले रुझेर यहाँका धुलो हिलाम्मे हुनुपर्ने समय हो । तर, यसवर्ष यहाँ मौसम प्रतिकूल भएर हिमपात हुनसक्ने सम्भाव्यता देखिए पनि हिउँ पर्न सकेन । मनाङमा हिमपात नहुँदा हिमाल कालापत्थर बन्दै गएको छ । हिमपात नभएपछि यहाँ कृषि क्षेत्रमा…
Read More
बागमती प्रदेश प्रमुखद्वारा ग्याल्पो ल्होसारको शुभकामना व्यक्त

बागमती प्रदेश प्रमुखद्वारा ग्याल्पो ल्होसारको शुभकामना व्यक्त

९ फागुन,मकवानपुर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औँ ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज जारी शुभकामना सन्देशमा उहाँले यस अवसरमा देश तथा देश बाहिर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना गर्नुभएको हो । प्रदेश प्रमुख शर्माले यस पर्वले नयाँ उत्साह र उमङ्ग छर्दै आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो राष्ट्र थप सुदृढ बनाउन सघाउ पुगोस् भन्ने कामनासमेत गर्नुभएको छ । उहाँले नेपाली चाडपर्वले आपसी भाइचारा, सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्न मद्दत पु¥याएको बताउनुभएको छ । प्रदेश प्रमुख…
Read More
कुशे आवतजावत गर्न सास्ती

कुशे आवतजावत गर्न सास्ती

९ फागुन,जाजरकोट । हिउँदयाममा मात्र सडकको पहुँचमा हुने कुशे गाउँपालिकामा निजी सवारीसाधनले निर्धारित भाडाभन्दा बढी असुल गरेको पाइएको छ । रातो प्लेटको यातायातका साधनले सार्वजानिक यातायातजस्तै गरेर भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामबाट कुशे आउने अधिकांश सवारीसाधन धेरै रकम उठाइरहेको सरोकारवालको गुनासो छ । जाजरकोटबाट काठमाडौँ गएको भन्दा बढी भाडा सदरमुकामबाट कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भाम्र आएको भाडा रहेको बताइएको छ । रातो प्लेटमा सञ्चालनमा रहेको निजी सवारीसाधनले यात्रुलाई राखेर जबर्जस्ती भाडा असुल गरिरहेको स्थानीय कर्णबहादुर थापाले गुनासो गर्नुभयो । कुशे आवत जावत गर्न सास्ती हुने गरेको यात्रुको भनाइ छ । पाँच यात्रु अट्ने गाडीमा २० यात्रु राखेर…
Read More
गैँडाको आक्रमणबाट मृत्यु

गैँडाको आक्रमणबाट मृत्यु

९ फागुन,चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो । बिहान ६ बजेको समयमा तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा पाँच जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बाघको आक्रमणबाट एक , हात्तीको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट तीन रहेको उहाँले जानकारी दिनुभयो ।
Read More
फुसको छानो विस्थापित गर्ने अभियान

फुसको छानो विस्थापित गर्ने अभियान

९ फागुन,वीरगञ्ज । फुसको छानो हटाउने अभियानअन्तर्गत पछिल्लो एक वर्षको अवधिमा मधेस प्रदेशका तीन जिल्लामा जस्तापातासहितको एक हजार ४७ सुरक्षित घर बनाइएको छ । फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुदाँ ठूलो धनजनको क्षति हुने र बर्सेनि परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले तराई मधेसका जिल्लामा फुसको छानो विस्थापित गर्ने योजना सञ्चालन गरेको हो । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८-७९ मा रौतहट, बारा र पर्साका विभिन्न बस्तीमा रहेका एक हजार ४७ घरबाट फुसको छानोलाई विस्थापित गरी जस्तापातासहितको सुरक्षित घर बनाइएको हो । विभिन्न चुनौतीहरूको बाबजुद रौतहटमा एक सय नौवटा, बारामा दुई ५४ र पर्सामा छ…
Read More
धार्मिक पर्यटन प्रवद्र्धन गर्दै ‘महाआरती’

धार्मिक पर्यटन प्रवद्र्धन गर्दै ‘महाआरती’

९ फागुन,राँझा । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवद्र्धन गरेको छ । प्रत्येक सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको घुइँचो लाग्ने गरेको छ । महाआरतीमा नेपालगञ्ज नगरवासीलगायत टाढा–टाढाबाट स्वःस्फुर्तरूपमा भक्तजन सहभागी हुने गरेका छन् । बागेश्वरी मन्दिरमा चौथो महाआरतीमा सोमबार अहिलेसम्मकै सबैभन्दा धेरै भक्तजनको घुइँचो लागेको बागेश्वरी गुठी व्यवस्थापन समितिले जनाएको छ । पण्डित वा बटुकद्वारा बैद्धिकमन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गरेर धार्मिक विधिअनुसार महाआरती गरिने बागेश्वरी मन्दिरका मूल महन्थ चन्दननाथ योगी बताउनुहुन्छ । उहाँका अनुसार महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने र सन्ध्या आरतीपछि भजनकीर्तन पनि गर्ने गरिएको छ…
Read More
Page 268 of 304
1 … 266 267 268 269 270 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.