समाज

ठाकुरबाबालाई खो–खोको उपाधि

ठाकुरबाबालाई खो–खोको उपाधि

१० फागुन,भक्तपुर । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ । स्थानीय सहिद स्मृति खेल मैदानमा मङ्गलबार सम्पन्न प्रतियोगितामा ठाकुरबाबाले उपाधिसहित रु एक लाख ५० हजार पुरस्कार हात पारेको छ । उक्त प्रतियोगितामा कीर्तिपुर नगरपालिका दोस्रो हुँदै रु एक लाख तथा कैलालीको धनगढी उपमहानगरपालिकाले रु ५० हजारसहित तेस्रो स्थान हासिल ग¥यो । सङ्घीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रतियोगितामा विजयी टोलीका खेलाडीलाई पुरस्कार र ट्रफी प्रदान गर्नुभयो । विभिन्न जिल्लाका १३ नगरपालिका सहभागी नगरपालिकालाई नगरप्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले रु पाँच हजार पुरस्कारसहित मायाको चिनो प्रदान गर्नुभयो ।…
Read More
पृथ्वीराजमार्गको दुवैतर्फ पैदलमार्ग निर्माण

पृथ्वीराजमार्गको दुवैतर्फ पैदलमार्ग निर्माण

९ फागुन,तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गअन्र्तगत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदल मार्ग निर्माण सुरु गरेको छ । गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण थालेको हो । यसअघि पैदल मार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी चोकदेखि पालिकाको कार्यालयसम्म र आँबुखैरेनी चोकदेखि तल्लो बजारसम्म सडकको नाला बाहेक तीन मिटरभित्र पर्ने संरचना हटाएको थियो । पैदलमार्ग निर्माण गरी बजार क्षेत्रलाई व्यवस्थित गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । विसं २०७९ माघ १५ गतेदेखि निर्माण थालेको पदमार्ग २०८० जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ । बजार क्षेत्रलाई व्यवस्थित गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, बजार क्षेत्रलाई सफा तथा…
Read More
गाउँपालिकाको स्वामित्वमा आयो पाथिभरा

गाउँपालिकाको स्वामित्वमा आयो पाथिभरा

९ फागुन,मङ्गलबारे । इलामको रोङ गाउँपालिकास्थित पाथिभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा आएको छ । हासपोखरीस्थित कुट्टीडाँडामा अवस्थित पाथीभरा मन्दिरको संरक्षण र प्रवद्र्धनको जिम्मा गाउँपालिकामा आएको हो । पालिकाले नयाँ समिति बनाएर व्यवस्थापनको जिम्मा लगाएको छ । उपप्रधानमन्त्री तथा जलस्रोत, सिँचाइ र ऊर्जामन्त्री राजेन्द्र लिङ्देनको उपस्थितिमा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले दिलीप राईको अध्यक्षतामा समिति गठन गरी व्यवस्थापनको जिम्मा लगाइएको हो । गाउँपालिकाले बनाएको समितिले काम सुरु गरिसकेको छ । मन्दिरको विकास, प्रवद्र्धनलगायत काम गर्ने गरी जिम्मेवारी हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो । छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब गाउँपालिकामा रहने गरी ल्याउन…
Read More
मनाङकी मनुद्वारा माउन्ट अकान्कागुवा आरोहण

मनाङकी मनुद्वारा माउन्ट अकान्कागुवा आरोहण

९ फागुन,मनाङ । हिमाली जिल्ला मनाङकी मनु गुरुङले माउन्ट अकान्कागुवाको सफल आरोहण गर्नुभएको छ । अर्जेन्टिनाको मन्डोजा प्रदेशमा रहेको ६ हजार नौ सय ६० मिटर अग्लो हिमाल चढ्न उहाँ फेब्रुअरी १ मा त्यसतर्फ जानुभएको थियो । दक्षिण अमेरिकी महादेशको यो सबैभन्दा अग्लो हिमाल हो । नासों गाउँपालिका–७ की गुरुङ लामो समयदेखि पर्वतीय पर्यटनमा आबद्ध रहेर पर्वतारोहणमा भाग लिँदै आउनुभएको छ । उहाँले यसअघि नै अन्नपूर्ण क्षेत्रको टेन्ट, चुलु पश्चिम, अन्नपूर्ण चौथो, मिरा, आइल्यान्ड, फोकाल्दे, लोबुचे र धम्पुस पिकको सफल आरोहरण गरिसक्नुभएको नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार माउन्टेन ‘वुमन अफ द वल्र्ड’ नेटवर्क नामक संस्थाले विभिन्न…
Read More
मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे

मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे

९ फागुन,उर्लाबारी (मोरङ) । मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् । हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन् । चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । गए राति मिक्लाजुङ–६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति पुर्‍याएका छन् । सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको छ । हात्तीले सुवेदीको घरमा समेत क्षति पुर्‍याएको छ ।
Read More
समस्या देखिएपछि जहाज फिर्ता

समस्या देखिएपछि जहाज फिर्ता

९ फागुन,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि आज उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको छ । विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ । यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार जहाजमा के समस्या देखिएको हो भन्ने खुलेको छैन । जहाज अहिले पार्किङ–वेमै छ । जहाज कम्पनीका इञ्जिनीयरले उक्त जहाजमा भएको समस्याका विषयमा छानबिन गरी उडानका लागि योग्य भन्ने जानकारी गराएपछि मात्रै उडान अनुमति पाउने विमानस्थलले…
Read More
उत्कृष्ट पथप्रदर्शक पुरस्कृत

उत्कृष्ट पथप्रदर्शक पुरस्कृत

९ फागुन,भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले काठमाडौँ उपत्यकालाई सांस्कृतिक क्षेत्र घोषणा गरी पर्यटकीय गन्तव्यस्थल बनाउन माग गर्नुभएको छ । आज भक्तपुर नगरपालिकाले आयोजना गरेको ३४औँ अन्तर्राष्ट्रिय पथप्रदर्शक दिवसमा बोल्दै उहाँले सांस्कृतिक सहरलाई राज्यले सांस्कृतिक क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभएको हो । पर्यटनबाट आउने प्रतिफल सर्वसाधारण जनतासम्म पु¥याउन भक्तपुर नगरपालिकाले यसमा संलग्न पर्यटनकर्मीलाई रोजगारीको अवसर सृजना गरिरहेको उहाँले बताउनुभयो । भक्तपुरका उत्कृष्ट पथप्रदर्शकहरु माधव कपाली, राजकुमार आचार्य, विष्णुप्रसाद सुवाल र रत्नकृष्ण प्रजापतिलाई उहाँले सो अवसरमा पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पथप्रदर्शकले पर्यटकहरुलाई सत्यतथ्य सूचना प्रवाह गरी नगरको प्रवद्र्धनमा टेवा पु¥याउन प्रेरित गर्नुपर्ने बताउनुभयो ।…
Read More
पर्यटकीय गन्तव्य बन्दै बाग्मतीको भरत ताल

पर्यटकीय गन्तव्य बन्दै बाग्मतीको भरत ताल

९ फागुन,सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ । मानवनिर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब रु ९८ करोड खर्च भएको बाग्मती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिनुभयो । बहुउद्देश्यीय परियोजनालाई पूर्णता दिन अझै रु एक अर्ब लगानी गरिने र उक्त ताललाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्ने योजना रहेको उहाँको भनाइ छ । बहुउद्देश्यीय परियोजनाअन्तर्गत तालमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न अत्याधुनिक वनभोज स्थल, जङ्गल सफारी, शिव पार्वतीको मन्दिरसहितको सुमेरु पर्वत, फनपार्क, मिनी क्यासिनोसहितको…
Read More
बङ्गलादेशी राजदूतावासद्वारा कला कार्यशाला आयोजना

बङ्गलादेशी राजदूतावासद्वारा कला कार्यशाला आयोजना

९ फागुन,काठमाडौँ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालस्थित बङ्गलादेशको राजदूतावासले कला कार्यशाला आयोजना गरेको छ । दूतावासमा आज आयोजित कार्यशालाको उद्घाटनमा बङ्गलादेशी राजदूत सलाहुद्दिन नोमन चौधरीले आफ्नो देशको इतिहास बारेमा अवगत गराउँदै यो दिवसको उद्येश्य सबै भाषाहरूको संरक्षणलाई महत्व दिनु हो भन्नुभयो । ‘भाषा र संस्कृतिको माया’ मुख्य उद्देश्यसहितको कार्यशालामा उहाँले यो विषय राष्ट्रियतासँग जोडिएको उल्लेख गर्नुभयो । यो दिवस संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) द्वारा सन् १९९९ मा बङ्गालीहरूले बङ्गलालाई आफ्नो राज्य भाषाका रूपमा स्थापित गर्न गरेको बलिदानको मान्यतामा चयन गरिएको थियो । विश्वका धेरै भाषाहरू अहिले लोप हुने खतरामा रहेको उल्लेख गर्दै राजदूत चौधरीले संरक्षणका…
Read More
गर्मी बढ्यो

गर्मी बढ्यो

९ फागुन,काठमाडौँ । यस वर्षको हिउँदे याम नसकिँदै गर्मी सुरु भएको छ । पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि हँुदै गएकाले गर्मी महसुस गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले हिउँदे वर्षा पर्याप्त नहुँदा सुक्खापन बढेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेको छ । पश्चिमी वायु सक्रिय नभएकाले वर्षा नहुँदा चिसो बढ्न नसकेकाले पनि तापक्रम बढेर चाडै गर्मी महसुस गरिएको हो ।” अघिल्लो वर्ष हिउँदमा पश्चिमी वायु बढी सक्रिय रहेकाले हिउँदे वर्षा राम्रोसँग भएको थियो । यस पटक वर्षा गराउने मौसमी प्रणाली…
Read More
Page 267 of 304
1 … 265 266 267 268 269 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.