समाज

बजेट अभावमा व्यवस्थित मसानघाटको योजना अधुरै

बजेट अभावमा व्यवस्थित मसानघाटको योजना अधुरै

१० फागुन,भजनी । बजेट अभावमा कैलालीको टीकापुर नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको मसानघाट अधुरै रहेको छ । कर्णाली नदीको दौलतपुर घाटमा व्यवस्थित मसानघाट निर्माण हालसम्म अधुरै छ । नगरपालिकाले पहिलो वर्ष रु ७५ लाख बजेट विनियोजन गरेको थियो । व्यवस्थित मसानघाटका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । यसका लागि नगरपालिकाले रु चार लाख ९० हजार खर्च गरेको थियो । मसानघाटमा विभिन्न संरचनाका लागि रु दुई करोड ५४ लाखको बजेट अनुमान गरिएको छ । पहिलो चरणमा तटबन्ध र प्रतिक्षालय निर्माण सम्पन्न भएको थियो । त्यसमा नगरपालिकाको रु ३९ लाख ४० हजार खर्च भएको छ । निराजन कन्स्ट्रक्सनले निर्माणको…
Read More
सौखमा सीमित मोफसलको चित्रकला

सौखमा सीमित मोफसलको चित्रकला

१० फागुन,धनकुटा । धनकुटाका ५४ वर्षीय चित्रकार मुकुन्द प्रयासले चित्रकला क्षेत्रमा काम गर्नुभएको २८ वर्ष भयो । तर उहाँलाई जिल्लामा सबैले चित्रकार होइन, कार्यक्रमका लागि ब्यानर, ब्याच, फोटोफ्रेमलगायता सामग्री बनाउने मान्छे भनेर चिन्दछन् । धनकुटा नगरपालिका–७ मा २०५१ सालदेखि रक–भा एण्ड क्राफ्ट सेन्टर चलाउँदै आउनुभएका प्रयास चित्रकलाबाट जीविकोपार्जन सम्भव नदेखेपछि व्यायसायीक क्षेत्रमा लागेको बताउनुहुन्छ । “मोफसलमा चित्रकलाको बजार छैन”, उहाँले भन्नुभयो, “चित्रकलाको चाहना जीवित राख्न कर्मसियल आर्टको सहारा लिनुप¥यो ।” एउटा चित्र रु तीन सयदेखि रु १० हजारसम्म बेचेको प्रयास बताउनुहुन्छ । उहाँले हालसम्म करिब सात सयसम्म चित्र बनाइसक्नुभएको छ । चित्रकलाबाट जीवन धान्न मुश्किल भएकाले यो आफ्ना लागि सौखमा…
Read More
युएई र कतार जान ट्याक्सी चालकलाई रोक

युएई र कतार जान ट्याक्सी चालकलाई रोक

१० फागुन,काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको अवस्था रहेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक…
Read More
पोखरामा आजदेखि गल्फ प्रतियोगिता

पोखरामा आजदेखि गल्फ प्रतियोगिता

१० फागुन,कास्की । कास्कीको पोखरास्थित हिमालयन गल्फ कोर्समा आजदेखि सूर्य नेपाल गल्फ टुर, २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न सुरु हुँदैछ । सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ संस्करण हो । माछापुच्छ्रे हिमालको सुन्दर पृष्ठभूमि र विजयपुर नदीको किनारामा रहेको देशकै प्राकृतिकरूपमा सुन्दर गल्फ कोर्समा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रोफेसनल गल्फर्स एशोसिएशन नेपालको आयोजना तथा सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर प्रतियोगी हभागी हुने एशोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो । यस वर्ष प्रतियोगिताको नगद राशि वृद्धि गरेर रु आठ लाख पु¥याइएको छ । प्रतियोतिाको विजेताले रु एक लाख ४०…
Read More
चितवनमा सात महिनामा चौध गैँडा मरे

चितवनमा सात महिनामा चौध गैँडा मरे

१० फागुन,चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९-८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा ण्वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैँडा मारेका उहाँले बताउनुभयो । निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका दुई गैँडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो । अन्य कालगतिले मरेका हुन् । सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर सात सय ५२ गैँडा रहेका छन् । चितवन राष्ट्रिय…
Read More
पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

१० फागुन,भोजपुर ।भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो । नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबीच विद्यालयमा इन्टरनेट सेवा विस्तारको सम्झौता भएको हो । प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमबिपीएस ननडेडिकेडेट सेवा प्रदान गरेको हो । सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्षमा रु ७३ हजार नौ सयका दरले रु २४ लाख ३८ हजार बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ । त्यस्तै दोस्रो वर्षमा प्रतिविद्यालय रु १८ हजारसयका दरले रु छ लाख बराबरको इन्टरनेट सेवा प्रदान गर्ने पौवादुङमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुनिता कटवालले जानकारी दिनुभयो…
Read More
गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिँदै

गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिँदै

१० फागुन,रेसुङ्गा । गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क सङ्कलन गर्न लागेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ । राँगा पाल्ने तीन किसानलाई रु तीन हजारसहित सम्मानसमेत गरिएको खनालले बताउनुभयो । “राँगाको यथेष्ट तथ्याङ्क सङ्कलन गरी योजना बनाउँदै छौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले दूध उत्पादनमा प्रोत्साहन, भैँसीपालनका लागि प्रेरित गर्न तथा पशुपालनतर्फ आकर्षित गर्न राँगाको तथ्याङ्क सङ्कलन गर्न लागिएको बताउनुभयो । “राँगाको नश्ल सुधारको योजना छ”, उहाँले भन्नुभयो । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातका राँगा किसानलाई…
Read More
करोडौँ लागतमा बनेको बसपार्क प्रयोगविहीन

करोडौँ लागतमा बनेको बसपार्क प्रयोगविहीन

१० फागुन, ढोरपाटन । बागलुङमा धमाधम बजार विस्तार भइरहेका छन् । बढ्दो सहरीकरणका कारण बजार क्षेत्रमा यातायातका साधनको चाप पनि उस्तै छ । कुश्मिसेरा, बुर्तिबाङ, बरेङ, गलकोट, बडिगाडलगायत ठाउँ सडकले जोडिएपछि बजारले ठूलो रुप लिँदै छ । ती क्षेत्रमा बसपार्कको आवश्यकता बढ्दै गएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारमा पनि बसपार्कको आवश्यकता खड्किएको वर्षौँदेखि हो । त्यही आवश्यकतालाई मध्यनजर गरी नयाँ आधुनिक बसपार्क बन्यो । बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क निर्माण सम्पन्न भएको दुई वर्ष बित्नै लाग्दा पनि कहिले सञ्चालनमा आउँछ भन्ने निश्चित छैन । अघिल्लो वर्ष असारमा बसपार्क निर्माण भएको थियो । बसपार्कसँगै यहाँ सुविधासम्पन्न टर्मिनल…
Read More
बागलुङ कालिका मन्दिर जिर्णोद्धार

बागलुङ कालिका मन्दिर जिर्णोद्धार

१० फागुन,गलकोट । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढङ्गले जिर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ । धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्दर्यतामा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले रुपान्तरण गर्न रणनीतिक योजना बनाएको हो । मन्दिरका अन्य सहायक संरचना सत्तल, हवन कुण्डलगायत निर्माणाधीन छन् । दुई महिना लगाएर ताम्रपत्र मर्मतलगायत काम गरेको छ । मन्दिरको बाहिरी संरचनामा कलात्मकरुपमा निर्माण गरिएका इँटाको प्रयोग गरिएको छ । पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअन्तर्गत मन्दिरको स्वरुपलाई कलात्मक बनाइएको…
Read More
ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी

ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी

१० फागुन,फुङ्लिङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् । महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले जानकारी दिनुभयो । कारागारमा हाल एक सय १५ कैदी र ४० थुनुवा छन् । कारागारमा जबर्जस्ती करणी मुद्दाका ३२ कैदी र १० थुनुवा, कर्तव्य ज्यान मुद्दाका २८ कैदी र छ थुनुवा, अपहरण मुद्दाका नौ, डकैती मुद्दाका सात तथा ज्यान मार्ने अभियोगका सात कैदी सजाय भुक्तान गरिरहेका छन् । “क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा…
Read More
Page 266 of 304
1 … 264 265 266 267 268 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.