समाज

मुख्यमन्त्री गिरीलाई ध्यानाकर्षण पत्र

मुख्यमन्त्री गिरीलाई ध्यानाकर्षण पत्र

१० फागुन, देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी नागरिक समाज दाङले बुझाएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै । सो पत्रमा २४ बुँदे विभिन्न माग राखिएको छ ।
Read More
छेडुब छ्योइलिङ्ग गुम्बामा भक्तजन

छेडुब छ्योइलिङ्ग गुम्बामा भक्तजन

१० फागुन, काठमाडाैँ । नुवाकोटको किस्पाङ गाँउपालिका–३, काहुलेमा निर्माणाधीन छेडुब छ्योइलिङ्ग गुम्बामा दर्शन तथा पूजाआराधना गर्दै भक्तजन । उक्त गुम्बा निर्माणमा बागमती प्रदेस सरकारको रु ५० लाख र किस्पाङ गाँउपालिकाको रु ११ लाख लगानी छ भने स्थानीयवासीले रु १५ लाख भन्दाबढी श्रमदान गरी निर्माण सम्पन्न हुने क्रममा छ ।
Read More
मुख्यमन्त्री जम्कट्टेल–उद्घाटन

मुख्यमन्त्री जम्कट्टेल–उद्घाटन

 १० फागुन ,हेटौंडा काठमाडाैँ ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल सूचना आयोगले आयोजना गरेको प्रदेश स्तरीय खुला शासन राष्ट्रिय विचार गोष्ठी कार्यक्रम उद्घाटन गर्नुहुँदै ।
Read More
बहिरङग सेवा सञ्चालन गर्ने तयारी

बहिरङग सेवा सञ्चालन गर्ने तयारी

१० फागुन,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगपालिकाले नगरक्षेत्रका बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) बाट विशेषज्ञ डाक्टरसहितको बहिरङग सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सबै वडाका जनतालाई गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्‍याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गर्दै आएको महानगरपालिकाले कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी गरेको हो । कार्यक्रमलाई दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि बर्थिङ सेन्टरमा नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका स्वाथ्य अधिकृत रितेश जयसवालले जानकारी दिनुभयो । अहिले महानगरको पाँच स्थानमा स्थापना गरिएको सेन्टरबाट विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग सेवा सञ्चालन गरिने र अर्को वर्ष…
Read More
अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

१० फागुन,म्याग्दी । बेनीका विभिन्न सडक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले व्यवसायीलाई अस्थायी टहरा, सटर, टङ्की र ठेला हटाउन अनुरोध गर्दै केही गत मङ्सिरमा सार्वजनिक सूचना जारी गरेको थियो । भाडा सम्झौता नवीकरण नगरेको र सघन सहरी तथा भवन डिभिजन कार्यालयले सडक विस्तार योजनाको काम सुरु गरेपछि अस्वस्थित संरचना व्यवसायी आफैले हटाएका नगर कार्यपालिकाको प्रवक्तासमेत रहनुभएका ७ नम्बर वडाका अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । “तत्कालीन अर्थुङ्गे गाविससँग सम्झौता गरेर सार्वजनिक जग्गामा अस्थायी संरचना बनाएका व्यवसायीसँगको सम्झौता पछिल्लो समय नवीकरण नगरी विकल्प खोज्न भनेका थियौँ,” उहाँले भन्नुभयो,“यसअघिनै…
Read More
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

१० फागुन,काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रभु साहले रौटहटमा मौलापुर नगरपालिकाले आयोजना गरेको कार्यक्रमको नेपाल विद्युत् प्राधिकरणका स्थानीय कर्मचारीले विरोध गरेको, कार्यक्रमका दिन बिजुलीको लाइन काटेको जानकारी दिँदै प्राधिकरणका कर्मचारीलाई कानुन लाग्ने कि नलाग्ने भनी प्रश्न गर्नुभयो । “सेवाग्राहीले के कारणले लाइन काटेको हो भनेर सोध्न जाँदा गुण्डागर्दी भयो”, उहाँले भन्नुभयो, “विद्युत् अवरोध गर्ने, जनतालाई दुष्प्रचार गर्ने घटनाको…
Read More
माली विस्फोटन: नेपाली सैनिक सुरक्षित

माली विस्फोटन: नेपाली सैनिक सुरक्षित

१० फागुन,काठमाडौँ । अफ्रिकन मूलुक मालीमा विस्फोटनमा परी संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक मिसन (मिनुस्मा)मा कार्यरत सेनेगलका तीन जना शान्ति सैनिकको मृत्यु भएको छ । केन्द्र मालीमा मङ्गलबार भएको उक्त विस्फोटनमा परी अन्य पाँचजना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ ।मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । नेपाली सैनिक रहेको क्षेत्रको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । मालीको शान्ति मिसनमा नेपालका ‘स्टाफ’, ‘अब्जर्भर’ ‘कन्टिजेन्ट’समेत गरी एक सय ८१ सकलदर्जा कार्यरत छन् ।
Read More
कागेश्वरी धाममा महायज्ञ गरिँदै

कागेश्वरी धाममा महायज्ञ गरिँदै

१० फागुन,काठमाडौँ । काठमाडौँको पूर्वोत्तर क्षेत्रस्थित सुन्दरशैल शिवपुरी पर्वतको काखमा रहेको कागेश्वरी धामको प्रचारप्रसार गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न महायज्ञ आयोजना गरिने भएको छ । यही फागुन २१ गतेदेखि २९ गतेसम्म श्रीमद्भागवत महायज्ञ एवं विराट धार्मिक पर्यटन महोत्सव आयोजना गरिने कागेश्वरी मन्दिर व्यवस्थापन एवं पर्यटन विकास समितिले जनाएको छ । आराध्यदेव पशुपतिनाथ मन्दिरबाट १३ किमी दूरीमा रहेको यो पर्यटकीयस्थल प्राकृतिक रुपमा पनि आकर्षक छ । कागेश्वरी महादेव मन्दिर रहेको यो क्षेत्र चौँसठ्ठी शिवलिङ्गमध्येको एक हो । सत्ययुगमा भगवान् शिवले तपस्या गर्नुभएको यस क्षेत्रको प्रचारप्रसारका लागि महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष मणिराम अर्यालले राससलाई जानकारी दिनुभयो…
Read More
बर्फानी मन्दिर क्षेत्र: धार्मिक गन्तव्य विकसित गरिँदै

बर्फानी मन्दिर क्षेत्र: धार्मिक गन्तव्य विकसित गरिँदै

१० फागुन,खजुरा । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित धार्मिक गन्तव्यमा विकसित हुँदै गएको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ । यसले चुरे क्षेत्रमा रहेको सो स्थलको प्रवद्र्धनमा सहयोग पुग्ने जनाइएको छ । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले भन्नुभयो,“ दर्शनार्थीका लागि आवश्यक धर्मशाला निर्माण, पानी तथा शौचालयको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण शुरु भएको छ, अहिले हेलिप्याड निर्माण सुरु भएको छ ।” बाबा बर्फानीमा नरैनापुर क्षेत्रबाट बाटो बनाइँदैछ । उहाँले आश्रमलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारले रु ३८ लाख बजेट विनियोजन गरेको बताउनुभयो । बाबा बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य…
Read More
पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

१० फागनु,दोधारा चाँदनी । कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निकुञ्जलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “विश्वमै दुर्लभ जीवजन्तु पाइने शुक्लाफाँटा हामीसँग छ, यसको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “यसका लागि सबैले आ–आफ्नो तर्फबाट पर्यटन प्रवद्र्धनमा लाग्न जरुरी छ ।” नगरप्रमुख पदम बोगटीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा…
Read More
Page 265 of 304
1 … 263 264 265 266 267 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.