समाज

पाँचलाख बढी भेटी सङ्कलन

पाँचलाख बढी भेटी सङ्कलन

११ फागुन,वालिङ । छायाँक्षेत्र शिव मन्दिरमा रु पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । स्याङ्जा भीरकोट– ४ स्थित सो मन्दिरमा शिवरात्रिको दिनमा रु पाँच लाख १४ हजार छ सय ९७ भेटी सङ्कलन भएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार सो दिन मन्दिरमा दर्शन गर्न आउने भक्तजनले द्रूत सेवा प्रयोग गरेबापत एकलाख ५१ हजार आठ सय, भजनकीर्तनमा चढाएको दानबाट एकलाख १३ हजार दुई सय, स्टल बिक्रीबाट ९१ हजार चार सय ४०, सहयोग रसिदबाट ५५ हजार २५, दानपेटिकाबाट ५४ हजार एक सय ८०, आजीवन सदस्यबाट ४१ हजार तीन सय र पार्किङबाट सात हजार सात सय ४५ रकम सङ्कलन…
Read More
मदन भण्डारी राजमार्ग : चार पुलको निर्माण सम्पन्न

मदन भण्डारी राजमार्ग : चार पुलको निर्माण सम्पन्न

११ फागुन,झापा । मदन भण्डारी राजमार्गमा पर्ने ३५ पुलमध्ये चारको निर्माण सम्पन्न भएको छ । बाँकी ३३ पुलको काम समेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर सजित शर्माका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमा पर्ने पुलको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत भएको छ । उहाँले सो सडकमा पर्ने पुलमध्ये सदम, मुरङ्गी, डाले र मुगु खोलामा पक्की पुल निर्माण भइसकेको बताउनुभयो । निर्माण भएका सबै पुल मोरङ जिल्लाभित्र पर्ने उहाँले जानकारी दिनुभयो । उहाँले झापा सडकखण्डमा पर्ने १० वटा पुलको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको…
Read More
ताक्लाकोट सडक निर्माणको जिम्मा सेनालाई दिन माग

ताक्लाकोट सडक निर्माणको जिम्मा सेनालाई दिन माग

११ फागुन,बझाङ । सुदूरपश्चिमको विकासको मूल ढोकाका रुपमा परिचित बझाङको ताक्लाकोट सडकखण्डको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन साइपाल गाउँपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गर्नुभएको छ । निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने गरेको भन्दै सेनाको जिम्मा दिन साइपालका जनप्रतिनिधिले माग गर्नुभएको हो । दक्षिणको भारत र सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने यस सडकखण्डलाई बझाङका साथै प्रदेशकै विकासको मेरुदण्डका रुपमा लिइएको भए तापनि सडक निर्माणको कामले तीव्रता पाउन सकेको छैन । कठिन चट्टानी भिरपाखा फुटाउन मेसिनरी साधन भरिपूर्ण भएको नेपाली सेनालाई ताक्लाकोट सडकखण्ड निर्माण गर्ने जिम्मा दिनुपर्ने गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताउनुभयो । सेनाले छोटो समयमै त्यस क्षेत्रको काम सम्पन्न…
Read More
पाइप व्यवस्थापन पछि कालोपत्र गरिने

पाइप व्यवस्थापन पछि कालोपत्र गरिने

११ फागुन,काठमाडौँ । नख्खु उकालोका क्षेत्रमा पुराना पाइप व्यवस्थापन पछि सडक कालोपत्र गरिने भएको छ ।निर्माणका क्रममा पुराना जीर्ण पाइप भेटिएपछि केही महिना पहिले सडकको कालोपत्र अवरुद्ध बनेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिमटेडसँग समन्वय गरेर पाइप सडकको किनारामा सार्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । नख्खुमा पाइप फुटेको ठाउँमा अहिले पाइपलाइनको स्थानान्तरण र मर्मत भइरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पाइपको काम सकिएपछि सडक कालोपत्र गरिनेछ ।” निर्माण कम्पनीले सडक कालोपत्र गर्नका लागि आवश्यकपर्ने निर्माण सामग्री झारिसकिएको छ । पहिले ‘सबबेस’ हाल्न लाग्दा सडककोबीच भागमा झण्डै एक सय वर्ष पुराना पाइप फुटेको…
Read More
जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु

जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु

११ फागुन,काठमाडौँ । सुविधायुक्त स्थल काठमाडौँ उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा गराउने २१ हजार पाँच सय आठ सवारी चालकलाई कारबाही गरिएको छ । तीमध्ये ढोका खुल्ला राखेर सवारी साधन गुडाउने मात्रै १५ हजार छ सय २९ चालक कारबाहीमा परेका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । ढोका खुला राख्दा त्यहाँबाट यात्रु खस्ने…
Read More
सानो उमेरमा आमा बन्ने क्रम रोकिएन

सानो उमेरमा आमा बन्ने क्रम रोकिएन

११ फागुन,चितवन । सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ६९ जना २० वर्ष भन्दा कम उमेरका महिला आमा बनेका छन् । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार उनीहरुमध्ये दुई हजार छ सय ६३ जनाले दक्ष प्रसूतिकर्मीबाट सेवा लिएका छन् भने तीन सय ८६ जनाले दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएका छन् । यस्तै अन्य स्वास्थ्यकर्मीबाट सेवा लिने १८ जना र दुई जनाले घरमानै नवजात शिशु जन्माएका हुन् । उहाँले भन्नुभयो,“यसै वर्षबाट यो तथ्याङ्क राखिएको हो । गत वर्षको तुलना…
Read More
एकसय छ वर्षसम्म भएन सङ्गठनात्मक सर्वेक्षण

एकसय छ वर्षसम्म भएन सङ्गठनात्मक सर्वेक्षण

११ फागुन,काठमाडौँ । स्थापनाको १०६ वर्ष पूरा हुँदा पनि आयुर्वेद चिकित्सालय नरदेवीको सङ्गठनात्मक सर्वेक्षण हुनसकेको छैन । सर्वेक्षण नहुँदा एक सय शय्याको अस्पतालमा कम्तीमा ४० नर्सको दरबन्दी हुनुपर्नेमा अहिले १६ मात्र नर्स रहेको अस्पतालका निर्देशक डा प्रदीप केसीले राससलाई जानकारी दिनुभयो । जनशक्तिको अभावमा सेवा प्रवाहमा पनि समस्या भएको छ । देश सङ्घीय संरचनामा गएपछि विसं २०७६ मा सङ्गठनात्मक सर्वेक्षण हुने विश्वास गरिए पनि पुरानै ‘कपि पेस्ट’ का भरमा चल्नुपर्ने बाध्यता आइलागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्गठनात्मक सर्वेक्षण नभएका कारण पञ्चकर्म अध्ययन गरेर आउने जनशक्ति भए पनि स्वास्थ्य सेवा नियमावलीमा व्यवस्था नहुँदा वैधानिक रुपमा राख्न सकिएको छैन । ”…
Read More
आत्मनिर्भर लघुवित्त आइपिओ खुला

आत्मनिर्भर लघुवित्त आइपिओ खुला

११ फागुन,काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेकोे हो । कम्पनीले आफ्नो जारी पुँजी रु छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशतअर्थात् रु दुई करोड तीन लाख ३८ हजार बराबरको प्रतिशेयर रु एक सय दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । जसमध्ये २० हजार तीन सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको र तीन हजार एक सय १७ कित्ता शेयर कर्मचारी तथा १० हजार…
Read More
रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ

रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ

११ फागुन, कुश्मा । सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क । गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको सङ्केत गर्छ । तर, यति हुँदाहुँदै पनि गाउँमा मान्छे बस्न छाडेका छन् । हरेकजस्तो घरका ढोकामा लगाइएका ताल्चा र भग्नावशेष रहेका घरले आर्थर डाँडाखर्कदेखि विस्थापित भएकाको सङ्ख्या अत्यास लाग्दो रहेको जनाउँछ । यहाँका कतिपय हङकङ, बेलायत, अमेरिका युरोपलगायतका देशहरूमा परिवारसहित बस्दै आएका छन् । नजिकको सहर पोखरा, काठमाडौँ, चितवनजस्ता सुविधा सम्पन्न…
Read More
पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन

पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन

११ फागुन,विराटनगर । चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’ को अनुगमन गर्न चार सदस्यीय प्राध्यापकको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो । टोलीले विशेष आवश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीसँग बुधबार छलफल र अन्तक्र्रियासमेत गरेको छ । छलफलको क्रममा विशेष आवश्यकता शिक्षाको आवश्यकता, अवसर र चुनौतीका विषयमा विद्यार्थीले जिज्ञासा राखेका थिए । कोरियाली प्राध्यापकको टोलीले भने अध्ययन र सिकाइ प्रक्रियाका विषयमा विद्यार्थीसँग प्रश्न गरेका थिए । अपाङ्गता र विशेष क्षमता भएका मानिसका क्षेत्रमा यो शिक्षा प्रभावकारी हुने…
Read More
Page 263 of 304
1 … 261 262 263 264 265 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.