समाज

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

१२ फागुन,मकवानपुर । कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ । उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार छ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने जानकारी दिनुभयो । बाँकी कोइला आउने क्रममा रहेको छ । कोइला आपूर्ति भारत, भुटान, इण्डोनेसिया र पाकिस्तानबाट…
Read More
चिकित्सक अभावले धवलागिरि अस्पतालको सेवा प्रभावित

चिकित्सक अभावले धवलागिरि अस्पतालको सेवा प्रभावित

१२ फागुन,गलकोट । विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी रहेको धवलागिरि अस्पताल बागलुङमा दरबन्दीका जम्मा दुई चिकित्सकमात्रै कार्यरत छन् । एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अमित ढुङ्गाना र डा अभिशेष वाग्ले मात्रै कार्यरत छन् । दरबन्दीका चिकित्सक नआउँदा छात्रवृत्ति र करारका चिकित्सकको सहयोगमा बिरामीको उपचार भइरहेको धवलागिरिमा पछिल्लो समय छात्रवृत्ति र करारका चिकित्सकसमेत आउन नमान्दा उपचार सेवा प्रभावित भएको छ । चिकित्सक अभावमा धवलागिरिमा डेढ महिनादेखि अत्यावश्यक प्रसूति सेवा प्रभावित बन्दै आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा सामान्य ओपिडी सेवामात्रै सञ्चालनमा ल्याइए पनि गर्भवतीको जटिल समस्या र शल्यक्रियाका लागि पोखरा…
Read More
कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

१२ फागुन,रामपुर (पाल्पा) ।हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उहाँलाई व्यस्तताको अनुभूति छैन । पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थाल्नुभएको छ । कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो । भारतीय सेनामा करिब २४ वर्ष काम गर्नुभएका थापाले सन् २०२१ मा अवकाश लिनुभएपछि आफ्नै पुख्र्यौली थलो रामपुर नगरपालिका–७ गोलैचेमा व्यवसाय थाल्नुभएको हो । उहाँले स्थानीय जातका कुखुरा, कालिज, लौकाट जातका पशुपक्षीलाई व्यवसायीकरण गर्ने गरी…
Read More
गौशाला चलाउन महायज्ञबाट ८४ लाख सङ्कलन

गौशाला चलाउन महायज्ञबाट ८४ लाख सङ्कलन

१२ फागुन,वालिङ । गाईको संरक्षणका लागि स्याङ्जाको वालिङमा महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिएको छ । वालिङ– ८ काफलडाँडामा हालै सञ्चालनमा आएको गौशालालाई थप व्यवस्थित गर्दै गाईको संरक्षण गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञबाट झण्डै रु ८४ लाख सङ्कलन गरिएको छ । आधुनिकतासँगै गाईपालनतर्फ रुचि हराउँदै गएकाले गौमाताको संरक्षण गर्ने मुख्य उद्देश्यसहित धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम वालिङ–८ काफलडाँडाले महायज्ञबाट उक्त रकम सङ्कलन गरेको हो । गौ संरक्षण गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमलाई अक्षयकोषका रूपमा राखेर सोहीमार्फत गौशाला सञ्चालन गरिने महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । “बाटोघाटोमा गाईलाई छाडा छाडिदिँदा सम्भावित सवारी…
Read More
बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशील राखिने

बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशील राखिने

१२ फागुन,लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय परिसरलाई पञ्चशीलयुुक्त राख्ने नीति अवलम्बन गरेको छ । विश्वविद्यालयको १४औँ सभाले बुद्धका सन्देशको ज्ञान तथा अनुशरणमा जोड दिँदै विश्वविद्यालय परिसरलाई पञ्चशील राख्ने नीति लिएको छ । यस्तै विश्वविद्यालयअन्तर्गत हुने औपचारिक सभा–समारोह तथा बैठकमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य राख्ने निर्णय पनि गरिएको छ । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले बुद्ध बन्दना र बुद्धमूर्तिलाई अनिवार्य गरेको हो । बौद्ध विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरुप बौद्ध दर्शन, संस्कृति, कलाको संरक्षण तथा प्रवद्र्धनका लागि सभा–समारोहमा बुद्ध बचनको प्रार्थना र बुद्धमूर्ति अनिवार्य गरेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा तिलकराम आचार्यको अध्यक्षतामा बसेको कार्यकारी परिषद्को बैठकले…
Read More
कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

१२ फागुन,काठमाडौँ । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । नेपालको पर्यटन प्रवद्र्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा करिब तीन सय ७५ विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ । प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुुरी तथा बुद्धधर्मको पहिचानसँग सम्बन्धित अन्य सामग्री राखिएका थिए । नेपालको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित पुस्तिका र पोष्टर वितरण गरिएको…
Read More
दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा

दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा

१२ फागुन,खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि अल्छेढुङ्गाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमितरुपमा बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको हो । झण्डै ३९ किलोमिटर लामो सडकखण्डमा नियमित बस सञ्चालन भएपछि भाडादरसमेत कायम गरिएको छ । साकेला गाउँपालिका–२ रतन्छाको सुर्के सिलापाबाट दिक्तेलसम्म रु पाँच सय, यातिम्छाचोकबाट दिक्तेलसम्म रु चार सय ५० तथा यातिम्छाचोक, पिनालाखा र साल्मेबाट दिक्तेलसम्म रु चार सय भाडादर कायम गरिएको छ । यस्तै लामदुवाली–दिक्तेल रु तीन सय ७०, चम्पा–दिक्तेल रु तीन सय ५०, चिउरीडाँडा–दिक्तेल रु तीन सय, दुम्ली–दिक्तेल रु दुई सय ६०, रुवाबु–दिक्तेल…
Read More
बागलुङमा पाँच साहित्यकार पुरस्कृत

बागलुङमा पाँच साहित्यकार पुरस्कृत

१२ फागुन,गण्डकी । बागलुङको ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ले पाँच साहित्यकारलाई पुरस्कृत गरेको छ । गुठीले यस वर्षको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ पाल्पाका साहित्यकार डा शङ्करप्रसाद गैरेलाई प्रदान गरेको छ । रु ५० हजार राशिको सो पुरस्कार उहाँको उपन्यास कृति ‘कृष्ण’का लागि प्रदान गरिएको हो । यस्तै यस वर्षको ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ बागलुङका लेखकद्वय सरोजराज पन्त र सूर्यनाथ सापकोटालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु १२ हजार पाँच सय छ । गुठीद्वारा स्थापित ‘धवलागिरि प्रतिभा पुरस्कार’ म्याग्दीका साहित्यकार कृष्ण बानियाँलाई प्रदान गरिएको छ । रु १५ हजार राशिको सो पुरस्कार बानियाँको संस्मरण कृति ‘बिसङ्गत अभिरुचि’का लागि प्रदान गरिएको गुठीका सदस्यसचिव…
Read More
आयातित अन्नकै भर

आयातित अन्नकै भर

११ फागुन,गलेश्वर । म्याग्दीको बगरफाँट, सिङ्गा र बाबियाचौरमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको देखिन्थ्यो । अन्नबालीले फाँट हरिया देखिन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो । पूर्वाधारको विकाससँगै सडक बनेर गाडी कुद्न थालेपछि हरिया फाँट कङ्क्रिटका घरले भरिन थालेका छन् । बेनी नगरपालिका–२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्न थालेपछि खेतीयोग्य जमिन नासिँदै गएको छ । बेनी–४ सिङ्गा, रत्नेचौर, मङ्गला गाउँपालिकाको बाबियाचौरलगायत स्थानमा सडकको पहुँच पुगेसँगै कृषि उत्पादन घटेको छ । यहाँका स्थानीय आयातित अन्नको भर पर्न थालेका छन् । अन्न भण्डारसँगै प्राङ्गारिक खेतीका लागि प्रख्यात गाउँ अहिले कङ्क्रिटको सहरमा परिणत हुन…
Read More
लामो समयपछिको वर्षाले किसान खुसी

लामो समयपछिको वर्षाले किसान खुसी

११ फागुन,मङ्गलबारे । लामो समयपछि पानी परेपछि इलामका किसान खुसी भएका छन् । हिजो साँझदेखी रातिसम्म पानी परेकाले किसान खुसी भएका हुन् । असोजको पहिलो हप्तादेखि पानी नपरेकामा हिजो साँझदेखि रातिसम्म पानी परेको थियो । पानी परेपछि अलैँची र चिया किसानले ठूलो राहत महसुस गरेका छन् । आलु, तोरी तथा तरकारी लगाएका किसानले पनि लामो समय पछिको वर्षाका कारण राहत महसुस गरेका गरे । किसान सन्तोष राईले पानी परेपछि अब तरकारी खेतीमा चिस्यान हुन पुगेकाले ठूलो राहत मिलेको बताउनुभयो । उहाँले यो याममा पानी परेपछि फागुन अन्तिमदेखि नै चिया पलाउने र तोरी, गहुँलगायत बाली पनि सप्रिन्छ भन्नुभयो । लामो समयसम्म…
Read More
Page 262 of 304
1 … 260 261 262 263 264 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.