समाज

अस्पताल भवन अलपत्र

अस्पताल भवन अलपत्र

१५ फागुन,म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा निर्माण थालिएको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ । निर्माण सकिनुपर्ने समयमा एक चौथाइ मात्र निर्माण भएको छ । भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्याका साथै व्यवसायीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवनको काम एक वर्षयता नभएको स्थानीयवासी देवेन्द्रबहादुर थापाले गुनासो गर्नुभयो । भवन बनाउन लागि विसं २०७८ वैशाखमा बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले रु चार करोड ७९ लाख ४० हजार तीन सय ३४ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । पाँच शय्या क्षमताको अस्पतालका लागि दुई तले १६ कोठे दुई…
Read More
कालोपत्रको तयारी

कालोपत्रको तयारी

१५ फागुन,दमौली । महाभारत पर्वत श्रृङ्खलाको उच्च भागमा अवस्थित तनहुँको छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रको तयारी गरिएको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो । हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको काम र ग्राभेल काम सकिएको छ । सम्झौताअनुसारको ७५ प्रतिशत काम सकिएको र कालापत्रे गरेपछि सबै काम पूरा हुने साइड इञ्चार्ज शिव रिजालले जानकारी दिनुभयो । उक्त सडकखण्डमा यही फागुन २० गतेबाट कालोपत्र सुरु गर्ने तयारी गरिएको छ । तीन इञ्च बाक्लो कालोपत्र रहने सडकमा चितवनको जुगेडीबाट उपकरण ल्याएर काम सुरु गरिने उहाँले बताउनुभयो । “चैत महिनाभित्रै काम सम्पन्न गर्ने गरी तयारी थालेका छौँ”, उहाँले…
Read More
ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा

१५ फागुन,गण्डकी । बागलुङको ताराखोला गाउँपालिकाले शहीद सप्ताहको अवसर पारेर आइतबार जनयुद्धका शहीद र बेपत्ताजनका २७ परिवारलाई मासिक भत्ता वितरण गरेको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले प्रति परिवारलाई मासिक रु एक हजारका दरले आठ महिनाको एकमुष्ठ भत्ता रु आठ हजार प्रदान गर्नुभएको हो । शहीद र बेपत्ताजनका परिवारलाई भत्तासँगै ‘हटकेस’ पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सोही समारोहमा गाउँपालिकाभित्रका ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकलाई उपहारस्वरुप ‘थर्मस’ पनि प्रदान गरिएको थियो । शहीद सप्ताहकै अवसरमा जनयुद्धका बेला बन्दी जीवन बिताएका गाउँपालिकाका १७ जनालाई सम्मान गरिएको छ ।…
Read More
आर्थिक सहयोग

आर्थिक सहयोग

 १५ फागुन,गण्डकी । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित ‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ पुरस्कारका लागि अक्षयकोष वृद्धिका गर्न नमस्ते ब्याण्डले रु ७७ हजार सात सय ७७ सहयोग गरेको छ । पाँच दशकसम्म गीत–सङ्गीतमा निरन्तर साधनारत रही साङ्गीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानमा सशक्त योगदान गरेका गुरुङको सम्मानार्थ पोखरेली युवा सांस्कृतिक परिवारले उक्त अक्षयकोष स्थापना गरेको हो । ब्याण्डको ३४ औँ वार्षिक उत्सवका अवसरमा ब्याण्डका अध्यक्ष ईश्वर गुरुङले उक्त रकम पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य सङ्गीतकार, गीतकार तथा गायक विक्रम गुरुङलाई हस्तान्तरण गर्नुभयो । जापानमा सन् १९८९ मा जापानी र नेपाली सदस्य मिलेर नमस्ते ब्याण्डको स्थापना भएको थियो ।…
Read More
चिनियाँ नागरिक पक्राउ

चिनियाँ नागरिक पक्राउ

१४ फागुन,काठमाडौँ । एक किशोरीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी काराबाही प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ ।
Read More
लामो खडेरीले हिउँदेबाली नष्ट

लामो खडेरीले हिउँदेबाली नष्ट

१४ फागुन,डडेल्धुरा । लगातारको खडेरीले गहुँबालीसहित हिँउदेबाली सुक्न थालेको छ । खडेरीका कारण हिउदेबाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान चिन्तित बनेका छन् । खेतमा लगाएको गहुँबालीसँगै तेलहनबाली पनि नष्ट भइरहेको छ । लामो समयदेखि हिउँदे वर्षा भएको छैन । गँहुबाली लगाइएका खेत तथा गराबाँझै छन् । पानी नपर्दा र सिँचाइ नहुँदा गहुँबाली सुकेर नासिएको आलिताल गाउँपालिका–२ का किसान देवराज भट्टले जानकारी दिनुभयो । खेतमा लगाइएको गहुँबाली सुक्न थालेपछि भोकमरी हुनसक्ने भयले किसान चिन्तित छन् । पाखो जमिनमा अकाशे वर्षाका भरमा लगाइने खेती पनि सुक्न थालेको छ । बजारमा गँहुको मूल्य अकासिँदै छ तर खेत बारी भने बाँझै छन््् । असोज…
Read More
शिक्षकले पाएनन् पारिश्रमिक

शिक्षकले पाएनन् पारिश्रमिक

१४ फागुन,गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउनेगरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले आफै दरबन्दी सिर्जना गरी राखेका ती शिक्षकलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको त्यहाँका शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिनुभयो । कात्तिकदेखि पुस महिनासम्मको तीन महिनाको तलब उपलब्ध गराउन रु ३९ लाख आवश्यक पर्ने तर बजेट अभावका कारण शिक्षकलाई तलब दिन नसकिएको उहाँको भनाइ थियो । तलव नपाउनेमा बालशिक्षा कक्षादेखि माध्यमिक तहसम्मका शिक्षक रहेको प्रमुख पराजुलीले बताउनुभयो । पालिकाको आन्तरिक स्रोत र कालीगण्डकी जलविद्युत् परियोजानको आर्थिक…
Read More
लिच्छविकालीन गौरव ब्युँताउने प्रयास

लिच्छविकालीन गौरव ब्युँताउने प्रयास

१४ फागुन,कीर्तिपुर । काठमाडौँको पश्चिम भेगमा रहेको किसिपिँढी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ । मौलिक शैलीमा निर्माण भएका घरबास (होमस्टे)मार्फत किसिपिँढी गाउँले पर्यटन प्रवद्र्धन गरिरहेको छ । यहाँ पाइएका शिलालेख, धारा र मूर्तिले लिच्छविकाल अघि नै ‘किचः प्रिचिङ’ नामका आठ मुख्य द्रन्ध (बस्ती) थिए भन्ने प्रमाणित हुन्छ । तीमध्ये किसिपिँढी एउटा हो । अहिले चन्द्रागिरि नगरपालिका–५ मा पर्ने ‘किचः प्रिचिङ’ले लिच्छविकालीन गौरवलाई पुनःप्राप्ती गर्ने उद्देश्यका साथ वडाध्यक्ष राजेन्द्र महर्जन सक्रिय रुपमा लाग्नुभएको छ । पुराना वस्तु खोज्ने तथा बस्तीभित्र नयाँ बन्ने संरचनालाई पुरातात्विक स्वरुप झल्किने गरी निर्माण गरिने उहाँले बताउनुभयो । दुई सय ५० घर रहेको किसिपिँढी प्राचिन समयमा…
Read More
परिक्रमाका यात्रीलाई इस्लाम धर्मावलम्बीको स्वागत

परिक्रमाका यात्रीलाई इस्लाम धर्मावलम्बीको स्वागत

१४ फागुन,महोत्तरी । मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज बिहान ध्रुवकुण्डमा इस्लाम धर्मावलम्बीले स्वागत गरेका छन् । यात्राको सातौँ दिनको विश्रामका लागि आज ध्रुवकुण्ड आइपुगेका यात्रीलाई स्थानीय इस्लाम धर्मावलम्बीले स्वागत गरेका हुन् । महोत्तरीको बलवा नगरपालिकाको धमौरास्थित ध्रुवकुण्ड वरपरका बस्ती अहिले मुस्लिम बसोबास बाहुल्य छन् । जिल्लाको मडैमा छैटौँ दिनको रात्रिविश्राम गरेका यात्री आज बिहानदेखि ध्रुवकुण्ड पुग्दैछन् । आफ्नो ठाउँमा आइपुगेका यात्रीलाई ध्रुवकुण्ड नजिकका धमौरा, रौजा र अधियानपुरसहितका बस्तीका इस्लाम धर्मावलम्बीले आज बिहान स्वागत गरेका हुन् । ध्रुवकुण्ड आइपुगेका यात्रीलाई फूलमाला र गम्छा ओढाएर सम्मान गर्दै बिहान इस्लाम धर्मावलम्बीले स्वागत गरेका छन् जिल्लामा इस्लाम (मुस्लिम, मुसलमान) धर्मावलम्बीको सघन बसोबास रहेको धमौरामा…
Read More
आलेख : रित्तिँदै गाउँ, भरिँदै बजार

आलेख : रित्तिँदै गाउँ, भरिँदै बजार

१४ फागुन,तनहुँ । “यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, “तर अहिले ती सबै एकादेशको कथा जस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झ¥यो । हेर्दा हेर्दै गाउँ रित्तियो ।”भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको उक्त गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताउनुभयो । उहाँका दुई छोरा चितवनको शारदानगरमा घरजम गरेर बसेका छन् । पुख्र्यौंली जग्गा, जमिनको मायाले गर्दा ६३ वर्षीया श्रीमती मनसरासहित उहाँ भने गाउँमै बस्नुभएको छ । यस ठाउँमा…
Read More
Page 260 of 304
1 … 258 259 260 261 262 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.