यसरी मनाइयो मगर दिवस
१६ फागुन,गण्डकी । मगर समुदाय आफ्नो पहिचानमा हुरुक्क हुन्छन् । उनीहरु संस्कृति र रहनसहनमा खुलेर रमाउँछन् । बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ । सोमबार नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवस । मगरहरू सङ्गठित भएको दिनलाई त्यस समुदायले ‘मगर एकता दिवस’का रूपमा समेत मनाउँदै आएको छ । गण्डकी यसै पनि मगरहरूको थातथलो बढी भएको प्रदेश हो । यहाँको इतिहास, परम्परा र संस्कृतिसँग मगरहरूको साइनो छ । सधैँझैँ यसपालि पनि आफ्नो एकता दिवसलाई मगर समुदायले उल्लासपूर्वक मनाएको छ । कतै सांस्कृतिक÷खेलकुद मेला भए, कतै औपचारिक समारोह । घरघरमा खुसी साट्ने र मिठोमसिनो खाने अवसरका रूपमा पनि मगरहरूले यो दिवसलाई…
