Share Icon

९ फागुन,भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले काठमाडौँ उपत्यकालाई सांस्कृतिक क्षेत्र घोषणा गरी पर्यटकीय गन्तव्यस्थल बनाउन माग गर्नुभएको छ ।

आज भक्तपुर नगरपालिकाले आयोजना गरेको ३४औँ अन्तर्राष्ट्रिय पथप्रदर्शक दिवसमा बोल्दै उहाँले सांस्कृतिक सहरलाई राज्यले सांस्कृतिक क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभएको हो । पर्यटनबाट आउने प्रतिफल सर्वसाधारण जनतासम्म पु¥याउन भक्तपुर नगरपालिकाले यसमा संलग्न पर्यटनकर्मीलाई रोजगारीको अवसर सृजना गरिरहेको उहाँले बताउनुभयो ।

भक्तपुरका उत्कृष्ट पथप्रदर्शकहरु माधव कपाली, राजकुमार आचार्य, विष्णुप्रसाद सुवाल र रत्नकृष्ण प्रजापतिलाई उहाँले सो अवसरमा पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पथप्रदर्शकले पर्यटकहरुलाई सत्यतथ्य सूचना प्रवाह गरी नगरको प्रवद्र्धनमा टेवा पु¥याउन प्रेरित गर्नुपर्ने बताउनुभयो ।

स्थानीय पथप्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले भक्तपुर नगरमा कार्यरत स्थानीय पथप्रदर्शकको परिपालना, शिष्टता, नियमित योगदान, पहिरन, दक्षता, लगनशीलता आदि विषयमा मूल्याङ्कन गरी उत्कृष्ट पथप्रदर्शकलाई पुरस्कृत गर्ने निर्णय गरेको बताउनुभयो ।

Facebook Comments Box

Share Icon