Share Icon

९ फागुन,तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गअन्र्तगत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदल मार्ग निर्माण सुरु गरेको छ ।

गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण थालेको हो । यसअघि पैदल मार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी चोकदेखि पालिकाको कार्यालयसम्म र आँबुखैरेनी चोकदेखि तल्लो बजारसम्म सडकको नाला बाहेक तीन मिटरभित्र पर्ने संरचना हटाएको थियो ।

पैदलमार्ग निर्माण गरी बजार क्षेत्रलाई व्यवस्थित गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । विसं २०७९ माघ १५ गतेदेखि निर्माण थालेको पदमार्ग २०८० जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

बजार क्षेत्रलाई व्यवस्थित गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, बजार क्षेत्रलाई सफा तथा सडक बत्ती र सिसी क्यामेरा जडान गरी सुरक्षित बनाउने योजना छ । उक्त कार्य गाउँपालिकाले रु ६२ लाख ४० हजार लागतमा निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

Facebook Comments Box

Share Icon