कोरियाली प्रायद्वीपको समस्या राजनीतिक समाधानमा चीनको जोड

Share Icon

९ फागुन , एजेन्सि । चीनले कोरियाली प्रायद्वीप समस्याको समाधान राजनीतिक समाधान खोजिनु पर्नेमा जोड दिएको छ । साथै उसले त्यसनिम्ति सम्बद्ध पक्षको प्रतिबद्धता अपरिहार्य भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घ लागि चीनका स्थायी उपप्रतिनिधि डाई बिङले कोरियाली प्रायद्वीपमा फेरि द्वन्द्व बढेको वास्तविकतातर्फ ध्यानाकर्षण गराउँदै स्थिति थप चर्किन सक्ने चेतावनी दिनुभयो । उहाँले द्वन्द्वबाट कुनै पक्षको हित नहुने बताउँदै चीनले कोरियाली प्रायद्वीपमा दिगो शान्ति चाहेको उल्लेख गर्नुभयो ।

“हामी सम्बन्धित पक्षहरूलाई शान्त र संयमित हुन, राजनीतिक समाधानको सही दिशामा प्रतिबद्ध रहन आह्वान गर्छौँ । तनाव बढाउने कार्य नगर्न अपील गर्छौँ,” सुरक्षा परिषद् बैठकमा नियोग उपप्रमुख डाईले भन्नुभयो ।

कोरियाली प्रायद्वीप मुद्दाको जडमा जडमा ध्यान केन्द्रित गर्न आवश्यक भएको उहाँले बताउनुभयो । उत्तरकोरियाले लामो समयदेखि ठूलो सुरक्षा दबाब, चुनौती र धम्कीको सामना गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

यो वर्षको सुरुदेखि नै संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले प्रायद्वीप वरिपरि संयुक्त सैन्य गतिविधि बढाएकाले उक्त क्षेत्रमा असुरक्षाको भावना बढेकाले सम्बद्ध पक्षलाई गम्भीर हुन नियोग उपप्रमुख डाईले आग्रह गर्नुभयो । उत्तर कोरियासँग अमेरिकाले निःशर्त वार्ता गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

कोरियाली प्रायद्वीपको समस्या समस्या समाधानमा सुरक्षा परिषद्ले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै चिनियाँ कूटनीतिज्ञले प्रायद्वीपको वर्तमान अवस्था अत्यन्त संवेदनशील एवम् जटिल भएकाले परिषद्को गतिविधिले परिस्थितिलाई सहज बनाउन तथा आपसी विश्वास अभिवृद्धि गर्न मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.