Share Icon

२८ वैशाख, एजेन्सि । मध्यचीनको हेनान प्रान्तको सान्मेन्क्सिया शहरमा रहेको कोइला खानीमा मङ्गलबार बिहान भएको आगलागीमा परी पाँच जना अझै बेपत्ता रहेको कम्पनी स्रोतले जनाएको छ ।

बेपत्ता पुष्टि भएका पाँच जना बाहेक, गेङ्कुन खानीमा रहेका अन्य सबै कर्मचारीलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । बिहीबार बिहान ०९ बजेसम्म आगो निभ्न सकेको थिएन ।

उद्धारका निम्ति विज्ञ समूह खानीमा पुगेको छ ।

Facebook Comments Box

Share Icon