समाज

संस्कृतिका संरक्षणमा विशेष ध्यान दिनुपर्छ : अध्यक्ष नेपाल

संस्कृतिका संरक्षणमा विशेष ध्यान दिनुपर्छ : अध्यक्ष नेपाल

९ फागुन,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा रहेका विभिन्न समुदायका मौलिक चाडपर्व र संस्कृतिका संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिले देशलाई सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताउनुभयो । उहाँले विविध जात, भाषा र संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्नका साथै मानव सभ्यतासँग जोडिएका यस्ता पर्वको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सङ्घीय…
Read More
पर्यटकीयस्थल ‘छिल्लीकोट’ पुग्न धुलाम्मे सडक

पर्यटकीयस्थल ‘छिल्लीकोट’ पुग्न धुलाम्मे सडक

९ फागुन,तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोट दाङको एउटा पर्यटकीय गन्तव्य हो । जहाँ आफैँ ‘भ्यूटावर’जस्ता डाँडाकाडा छन् । त्यहाँ भ्यूटावर निर्माण गरिएको छ । यसको उद्देश्य हो– पर्यटन प्रवद्र्धन गर्ने । तुलसीपुर–१९ स्थित छिल्लीकोटबाट सिस्ने हिमाल, धवलागिरि हिमाल त्यहाँबाट देख्न सकिन्छ । त्यहाँबाट दाङका फाँट देख्न सकिन्छ । रुकुम, सल्यान, रोल्पालगायत बाँके जिल्लाका केही स्थान त्यहाँबाट अवलोकन गर्न सकिन्छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले उत्तम मानिएको त्यस क्षेत्रमा पुग्ने सडक भने गतिलो छैन । सुन्दर दृश्य हेर्न जानेहरू धुलाम्मे हुनुपर्छ । ठूला गाडीलाई केही सहज भए पनि मोटरसाइकलमा जाँदा धुलाम्मे हुने अवस्था छ । पन्ध्रौँ–सोह्रौँ शताब्दीमा राजा मेघनाथ शाहले…
Read More
भातको चाख छैन अहिले भातखानेडाँडामा

भातको चाख छैन अहिले भातखानेडाँडामा

९ फागुन,ढोरपाटन । करिब एक दशक अगाडिसम्म भातखानेडाँडा विकट गाउँ थियो । अहिले बजार बनेको छ । अग्लो डाँडैभरि ठूला–ठूला घर भवन बनेका छन् भने वरपर भिराला जमिन छन् । यी जमिनमा अहिले गहुँ, मकै, फापर र कोदो फल्छन् । यहीँ उत्पादन भएका खाद्यबालीबाट स्थानीयवासी जीवन निर्वाह गर्छन् । खाद्यान्न अपुग भए नजिकैको पसलबाट किन्छन् । भातखानेडाँडामा पहिले खेतीपाती राम्रो नहुँदा खाद्य सङ्कट पथ्र्यो  ।खाद्य सङ्कट पर्दा जाँदा स्थानीय बजार झरेर खाद्यान्न जोहो गर्नुपथ्र्यो । पहिले विकट भातखानेडाँडा अहिले पूरै बदलिएर सुगम बनेको छ । पहिलेको जस्तो अहिले खाद्य सङ्कटसमेत नपर्ने स्थानीय सङ्गम घर्तीमगर बताउनुहुन्छ । पहिले मुलाको धजरा, घ्यूलगायतका…
Read More
व्यास नपाद्वारा सल्लाहकार चयन

व्यास नपाद्वारा सल्लाहकार चयन

९ फागुन,दमौली । व्यास नगरपालिकाले नगर योजना आयोगमा सल्लाहकार चयन गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको नियमित बैठकले नगर योजना आयोग ऐन, २०७९ अनुसार विभिन्न व्यक्तिलाई सल्लाहकारमा मनोनित गरेको हो । सल्लाहकार समितिमा व्यास–१ का हरिसिं गुरुङ, व्यास–२ का मोहनकुमार विश्वकर्मा, व्यास–३ का पुष्परमण वाग्ले, सूर्यनारायण श्रेष्ठ, व्यास–५ का रघुराज काफ्ले, व्यास–६ का डा शेषरमण न्यौपाने, व्यास–९ का उषा पोख्रेल, व्यास–११ का तिलु थापा, राजेन्द्र अधिकारी र थमबहादुर दरैलाई मनोनित गरिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिनुभयो । यसैगरी नगरपालिकाले पूर्व एवं निवर्तमान जनप्रतिनिधिहरू सम्मिलित परामर्श समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा तत्कालीन संविधानसभा सदस्य रामचन्द्र…
Read More
एकवर्षदेखि ओढारको बास

एकवर्षदेखि ओढारको बास

९ फागुन,म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहनुभएको छ । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उहाँले बताउनुभयो । “शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ”, उहाँले भन्नुभयो, “उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्न थालेको हुँ ।” राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गर्नुभएको छ । सो ओढार बेनी…
Read More
ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

८ फागुन,वालिङ । लगएराति स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुबै जनाको उपचारका क्रममा मृत्यु भएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताउनुभयो । ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नवीन सुनार र वालिङ नगरपालिका ८ मिर्दी बस्ने १४ वर्षीय सहचालक सोविन विकको उपचारकाक्रममा मृत्यु भएको हो । चालक सुनारको टाउको र ढाडमा चोट लागेको थियो । उहाँको वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो…
Read More
सुशासन र समृद्धिका लागि शिक्षा क्षेत्रको भूमिका अग्रणी : प्रधानमन्त्री

सुशासन र समृद्धिका लागि शिक्षा क्षेत्रको भूमिका अग्रणी : प्रधानमन्त्री

८ फागुन,गण्डकी । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड)’ ले सामाजिक न्याय, सुशासन र समृद्धि प्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको अठारौँं दीक्षान्त समारोहलाई आज विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा–३० खुदी, ढुङ्गेपाटनमा सम्बोधन गर्दै उहाँले सरकार संविधानको व्यवस्था अनुरुप निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको बताउनुभयो । सङ्घीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवम् समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताउँदै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका उहाँले शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावहरूको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले सामाजिक न्याय, सुशासन…
Read More
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

८ फागुन,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अङ्कले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९१ अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव ५३ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये ३२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै एक सय ७७ कम्पनीको…
Read More
अन्तर्राष्ट्रिय उडान नियमित

अन्तर्राष्ट्रिय उडान नियमित

८ फागुन,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रुपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवाघण्टा अवरुद्ध भएको उडान सेवा अहिले नियमित सञ्चालन भइरहेको छ । “अध्यागमनको सर्भर डाउन हुँदा सवाघण्टा उडान सेवा प्रभावित भएको थियो । दिउँसो २ः३५ देखि नियमित उडान भइरहेको छ”, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो । उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए । यसअघि पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक–पटक अवरुद्ध…
Read More
कोलकाता महावाणिज्यदूतावासमा शिवरात्रि कार्यक्रम

कोलकाता महावाणिज्यदूतावासमा शिवरात्रि कार्यक्रम

८ फागुन,काठमाडौँ । शिवरात्रिका अवसरमा नेपाली महावाणिज्यदूतावास कोलकाता, अलिपुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शङ्खध्वनिका साथ सुरु भएको कार्यक्रममा दूतावासका कर्मचारीका सन्ततिलगायतले शिवताण्डव, कुमारी नाच, मिश्रित नृत्य आदि प्रस्तुत गरेका थिए । त्यस्तै उडिसा जगन्नाथ पुरीको समूहले भजन प्रस्तुत ग¥यो । कार्यक्रममा नृत्यगुरु दिलीप थापा, शुकदेव प्रधान र जनार्दन ढकाल तथा नेपाली वेलफेयर ट्रस्टका अध्यक्ष खिमराज बराल र इन्टरनेसनल वैश्य सोसाइटीका अध्यक्ष सुशीकमार चौधरीलाई सम्मान गरिएको थियो । सो अवसरमा नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले कोलकातामा रहेका नेपाली समुदायले विभिन्न अवसरमा साहित्यिक, सांस्कृतिक तथा धार्मिक कार्यक्रम आदि आयोजना गरेर नेपाल र भारतको मित्रतालाई प्रवद्र्धन गरिरहेकामा सन्तोष व्यक्त गर्नुभयो । समारोहमा…
Read More
Page 269 of 304
1 … 267 268 269 270 271 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.