समाज

पशुपतिनाथमा आद्य शङ्कराचार्य मन्दिर उद्घाटन

पशुपतिनाथमा आद्य शङ्कराचार्य मन्दिर उद्घाटन

७ फागुन,काठमाडौँ । जगान्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले पशुपतिनाथ मूल मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नु भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर केही समयअघि पुनःनिर्माण भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिमवतखण्डको नेपाल सुरक्षित भएपछि नै भारत पनि सुरक्षित हुने र वैदिक सनातन दर्शनले नै यो क्षेत्रको सुरक्षा कवचका रुपमा काम गर्ने बताउनुभयो । शङ्कराचार्य मठका पीठाधीश डा रमणानन्द गिरी, गुरुकुल परिषद्का अध्यक्षसमेत रहनुभएका सन्त डा केशवानन्द गिरीलगायतले आद्य शङ्कराचार्य आएर बसेकैले यो मठलाई शङ्कराचार्य मठ नामकरण गरिएको र यहाँको भ्रमण गरेकैले पशुपति क्षेत्रको महत्व विश्वमै बढेको बताउनुभयो । वैदिक सनातनी…
Read More
मोही लागेको जग्गाको स्वामित्व बाँडफाँट प्रक्रिया सुरु

मोही लागेको जग्गाको स्वामित्व बाँडफाँट प्रक्रिया सुरु

७ फागुन,त्रिशूली । नुवाकोटमा मोही लागेको जग्गाको जग्गा धनी र मोहिबीच जग्गा बाँडफाँटको प्रक्रिया सुरु भएको छ । त्यसका लागि मोहीसँग निवेदन सङ्कलन सुरु गरिएको मालपोत कार्यालयका प्रमुख अधिकृत होमनाथ सेढाईंले जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्तिका नाममा रहेको (रैकर) जग्गामा लागेको मोही अन्त्य गर्न जग्गाको सम्बन्धित जग्गा धनी र मोहीलाई बराबर हुने गरेर बाँडफाँट गर्न सूचना जारी गरेर निवेदन सङ्कलन थालिएको छ । जग्गामा रहेको द्वैध (दोहोरो) स्वामित्व अन्त्यका लागि सुरु भएको निवेदन सङ्कलन विसंं २०८२ चैत मसान्तलाई अन्तिम म्याद दिइएको छ । “भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिपत्र र गत असोज १० मा जारी भएको राजपत्रका…
Read More
राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

७ फागुन,काठमाडौँ । त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा आयोजना गरिने विशेष कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्न थालिएको हो । यस अवसरमा विभिन्न संघ संस्थाले पनि कार्यक्रम आयोजना गर्दै आएका छन् । सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ । तीन…
Read More
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष

नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष

५ फागुन,विराटनगर । राणाशासनको बेलामा सिन्धुली दुम्जाका कालिदास कोइराला काठमाडौँमा सुब्बा थिए । एक घटनामा सत्यको पक्ष लिँदै गरेको फैसलाको प्रत्यक्ष असर राणाशासकलाई नै प¥यो । कालिदासले जे फैसला गरेका थिए, त्यसको असर श्री ३ महाराजधिराज निकट एक व्यक्तिलाई परेछ । कालिदासविरुद्ध झोसपोल लगाइयो र उनलाई दरबार झिकाइयो । कालिदासले कानुनअनुसार फैसला गरेको बताए । तत्कालीन श्री ३ महाराजले कानुन देखाउँदै भनेछन्, ‘मुर्ख ब्राह्मण, तिमीले जुन कानुन टेकेर फैसला ग¥यौँ त्यसमा त पहिल्यै हरिताल लागेको छ ।” दिउँसै रात पार्न खोजेपछि कालिदासले केही बोल्न सकेनन् । उनलाई भनियो, “तिमी ब्राह्मण भएर मात्र हाम्रा अगाडि उभिन पाएका छौ, यही फैसला अरूले…
Read More
पाेखराको परिचय थप्दै ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’

पाेखराको परिचय थप्दै ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’

५ फागुन , काठमाडाैँ । पोखरा पर्यटकीय सहरका रुपमा परिचित छ । यहाँको फेवाताल, माछापुच्छ्रे, बेगनासताल, मठमन्दिर, गुफालगायत संस्कार संस्कृतिसँग रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्ला समय पोखरा चिनाउनका लागि साहसिक खेलसँगै मानव निर्मित संरचना थपिएका छन् । योबाहेक पोखरा म्याराथनले पनि पोखरा चिनाइरहेको छ । खेल जीवनपश्चात् खेलप्रतिको मायाले भूपूखेलाडीहरुले सञ्चालन गरेको प्रतियोगिता हो पोखरा म्याराथन । भूतपूर्वखेलाडी मञ्च नेपाल २०५८ साउन ३० गते जिल्ला प्रशासन कार्यालयमा विधिवत् रुपमा दर्ता भयो । त्यसपछि द्वन्द्वको डरमा पनि आँट गरेर प्रतियोगिता सुरुआत गरेको संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिनुभयो । प्रथम संस्करणको म्याराथनमा ५६ जनाले भाग लिए ।…
Read More
‘कर्णाली उत्सव’आजदेखि

‘कर्णाली उत्सव’आजदेखि

५ फागुन,कर्णाली ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म हुने उक्त उत्सव सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रुपमा लिइएको छ । उहाँले भन्नुभयो, “कर्णालीका विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौँ ।” विचारको बहसबाट साझा विवेक र चेतनाको विकास भएको उहाँको भनाइ छ । कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको लम्सालले बताउनुभयो । उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले १६ भन्दा बढी सत्रमा ६० भन्दा…
Read More
‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ सिल्वाल र शाक्यलाई

‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ सिल्वाल र शाक्यलाई

५ फागुन,काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष राससका प्रमुख समाचारदाता उत्तम सिल्वाल तथा सहायक कम्प्युटर अपरेटर रेशमा शाक्यलाई प्रदान गरिने भएको छ । सिल्वाल र शाक्य दुई दशकअघिदेखि रासस केन्द्रीय कार्यालयमा कार्यरत हुनुहुन्छ । सङ्गठनको बैठकले राससको ६२औँ वार्षिकोत्सवका अवसरमा उहाँहरूलाई सो पुरस्कार प्रदान गर्ने सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ छ । प्रत्येक वर्ष दुई कर्मचारीलाई सो पुरस्कार प्रदान गरिँदै आइएको छ । नयाँसडक निवासी पूर्वव्यवस्थापक जोशीको घरबाट २०१८ साल फागुन ७ देखि राससको समाचार सेवा प्रारम्भ भएको थियो…
Read More
एम्बुलेन्स प्रयोगविहीन हुँदा सास्ती

एम्बुलेन्स प्रयोगविहीन हुँदा सास्ती

५ फागुन,सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित हुलाकी सडक छेउमा सरकारी एम्बुलेन्स अलपत्र रहेको करिब आठ वर्ष भयो । सोही वडामा रहेको ईश्वरपुर स्वास्थ्य चौकीको सरकारी एम्बुलेन्स हुलाकी सडक छेउमा करिब आठ वर्षदेखि अलपत्र हुँदासमेत सरोकारवाला निकाय मौन छ । देश सङ्घीय संरचनामा जानु पहिला नै खरिद भएको एम्बुलेन्स विगत लामो समयदेखि सडक छेउमै अलपत्र अवस्थामा छाडिएको छ । ना१झ ९६८ नंको एम्बुलेन्समा स्थानीय सरकारको नजर पुगेको छैन भने सेवाग्राहीहरु महँगो भाडा तिरेर निजी एम्बुलेन्सको प्रयोग गर्न बाध्य भएका छन् । भारत सरकारको सौजन्यमा खरिद भएको उक्त एम्बुलेन्स सोही चौकीको एम्बुलेन्स सञ्चालन समितिमार्फत सञ्चालनमा हुँदै आएकामा थानीय तहका पूर्वजनप्रतिनिधि र…
Read More
पर्वत अस्पतालमा सुत्केरी सेवा ठप्प

पर्वत अस्पतालमा सुत्केरी सेवा ठप्प

५ फागुन,पर्वत । जिल्ला अस्पताल पर्वतमामा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ । सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ । जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा बन्द छ । अस्पतालमा जलजला, फलेवास, कुश्मा र मोदी, महाशिला र विहादीका सेवाग्राही सेवा लिन आउने गर्छन् । छिमेकी जिल्ला बागलुङको दक्षिणी क्षेत्र जैमिनी नगरपालिकाका सर्वसाधारण पनि यहाँ उपचारका लागि आउने गर्दछन् । एक महिनादेखि चिकित्सक नहुँदा प्रसूति गराउनका लागि पोखरा, काठमाडौँलगायत ठाउँ पुग्नुपर्ने अवस्था छ । पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटकी कुमारी रेग्मी प्रसूति ब्यथाले च्यापेर झण्डै १० किलोमिटर सडक यात्राबाट बिहीबार पर्वत अस्पताल पुग्दा चिकित्सक…
Read More
सुत्केरीलाई भेट्न लोकल भाले सहित ध्यू र अण्डा

सुत्केरीलाई भेट्न लोकल भाले सहित ध्यू र अण्डा

५ फागुन,ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई कि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी तत्कालै भेट्न पुग्छन् । उनीहरु भेट्न जाँदा खाली हात जाँदैनन् । उनीहरुले लोकल भाले, घ्यू र अण्डा बोकेर भेट्न पुग्छन् । सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गरी गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । सुत्केरी अवस्थामा आमाले पौष्टिकयुक्त खाना खान नपाउँदा आमा, नवजात शिशु स्वस्थ नहुने र शारीरिक समस्या आउने हुँदा चालू आर्थिक वर्षदेखि यो कार्यक्रमको सुरुआत गरेको…
Read More
Page 272 of 304
1 … 270 271 272 273 274 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.