शिक्षा

चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प

चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प

८ मङ्सिर,मनहरी (मकवानपुर)। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । बागमती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले भन्नुभयो,“प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले विगत चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम पाएका छैनन् । ” उहाँका अनुसार प्रतिष्ठानमा गत कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प छ । । अध्यक्ष सापकोटाले भन्नुभयो, “प्रतिष्ठानले प्राध्यापकको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दासमेत तलब भत्ता र अन्य सुविधाबापतको रकम भुक्तानी नदिएकाले ‘पेनडाउन’…
Read More
भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

८ मङ्सिर,भोजपुर । भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति विद्यार्थीको आकर्षण बढेको हो । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै आएका छन् । यहाँका विद्यार्थीले कृषि विषयमा प्राविधिक शिक्षा लिँदै आएका छन् । शिक्षा हासिल गरेपछि सहजरूपमा रोजगार पाइने तथा जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको विद्यालयका प्रध्यानाध्यक पेशलकुमार तिमल्सेनाले बताउनुभयो । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारसँग र रोजगारलाई बजारसँग जोडेर उत्पादनशील र उत्पादनमुखी…
Read More
सुस्ताका बालबालिकाको शिक्षा

सुस्ताका बालबालिकाको शिक्षा

–भरत केसी ८ कात्तिक,लुम्बिनी । पश्चिम नवलपरासीको विकट सुस्ता गाउँ भौगोलिक हिसाबले विकट मात्र छैन, शैक्षिक सुविधाको अवसरबाट पनि बञ्चित रहेको छ । यहाँका अधिकांश बालबालिकाले माध्यमिक कक्षासम्म पढ्न पाएका छैनन् । तीनतिरबाट नारायणी नदी र एकातर्फ भारतको विहार राज्यबाट घेरिएको छ । सुस्ता गाउँपालिका–५ अन्तर्गत सुस्ता गाउँमा नेपालको बाटो भएर आवतजावत गर्ने एक मात्र माध्यम नारायणी नदीमा जोखिमपूर्ण डुङ्गाबाट पार गर्नुपर्छ । यसबाहेक नारायणी नदीमा भारतले बनाएको बाँध माथिको पुल तरेर भारतीय भूमि हँुदै सुस्ता आवतजावत गर्ने अर्को कठिन विकल्प रहेको छ । सुस्ता गाउँका जनतालाई शिक्षा, स्वास्थ्य र सुरक्षित आवासजस्ता आधारभूत सुविधा समेत पर्याप्त छैन । त्यहाँ रहेको…
Read More
शिक्षकहरू घर फर्किंदै

शिक्षकहरू घर फर्किंदै

६ असाेज, काठमाडाैं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएकाे छ । महासंघ अध्यक्ष कमला तुलाधर र उपाध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिबार जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ । नेपाल सरकारसँग शुक्रबार भएको ६ बुँदे सहमति महत्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासंघले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीमा धन्यवाद दिएको छ । आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै काठमाडौं बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका छन् । विद्यालय शिक्षासम्बन्धी संसदमा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै महासंघले यहि असोज ३, ४…
Read More
काभ्रेमा विद्यालय सञ्चालन गर्न निर्देशन

काभ्रेमा विद्यालय सञ्चालन गर्न निर्देशन

५ असोज, काभ्रे। काभ्रेका स्थानीय तहका प्रमुखहरूले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको शुक्रबार धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन दिएको हो । अनिश्चितकालीन विद्यालय बन्द गर्दा विद्यार्थीको शैक्षिक अधिकार हनन् भएको ठहर गर्दै काभ्रेका स्थानीय जनप्रतिनिधिले निणर्यसहित उक्त निर्देशन दिएका हुन् । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको संयोजकत्वमा बसेको बैठकले एक विज्ञप्ति जारी गर्दै बन्द गरिएका विद्यालय तत्काल सञ्चालन गर्न निर्देशन दिइएको छ । “विद्यालय बन्द गर्दा बालबालिकाको शैक्षिक अधिकार हनन् हुनुका साथै शिक्षामा ठूलो असर परेकाले सबै सरोकारवाला संवेदनशील भई तत्काल विद्यालय सञ्चालन गर्नुपर्ने निष्कर्ष निकाली विद्यालय सञ्चालन गर्न…
Read More
शिक्षा विधेयक विरुद्ध सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका १६ पक्राउ

शिक्षा विधेयक विरुद्ध सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका १६ पक्राउ

५ असोज, काठमाडौं। महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जना पक्राउ गरेका छन् । शुक्रबार सिंहदबार अगाडि विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जनालाई पक्राउ गरेका छन् । शिक्षकहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उनी विरोधमा उत्रिएका थिए । उनीहरुलाई प्रहरीले सिंहदरबार वृत्तमा लगेको छ ।
Read More
विद्यार्थीको सिकाइ सन्तोषजनक छैनः महामन्त्री थापा

विद्यार्थीको सिकाइ सन्तोषजनक छैनः महामन्त्री थापा

५ असोज,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा बालबालिकाहरू विद्यालय जाने क्रम बढे पनि विद्यार्थीको सिकाइ उपलब्धि भने सन्तोषजनक नभएकाे  बताउनुभएकाे छ । शुक्रबार काठमाडौंको नन्दी माविमा कम्प्युटर ल्याबको उद्घाटन गर्दै महामन्त्री थापाले यस्ताे बताउनुभएकाे हाे । विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउने विषयमा अहिले चिन्तित हुनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयाे । आफूहरू स्कुलमा हुँदा कसरी विद्यार्थीलाई विद्यालयमा ल्याउने भनेर बहस हुने गरेको स्मरण गर्दै उहाँले अहिले विद्यालयमा विद्यार्थी आएको, तर सिकाइ उपलब्धिको अवस्था नाजुक रहेको बताउनुभयाे । उहाँले पछिल्लो एउटा अध्ययनले कक्षा–८ मा अध्ययनरत विद्यार्थीमध्ये ६८ प्रतिशत विद्यार्थीहरूले गणितको सामान्य कुरा पनि जानकारी नराखेको तथ्य स्मरण गराउनुभयाे । पछिल्लो एउटा…
Read More
शिक्षकहरू आन्दोलनको तेस्रो दिन पनि प्रदर्शनमा

शिक्षकहरू आन्दोलनको तेस्रो दिन पनि प्रदर्शनमा

५ असाेज, काठमाडाैं । आन्दोलनरत शिक्षकहरू तेस्रो दिन पनि प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरू विरोधमा उत्रिएका हुन् । कोही सडकमै सुतेर त कोही नाँचगान गरेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा रहेका शिक्षकहरू भने महासंघ र सरकारसँगको वार्ताको नतिजा कुरिरहेका छन् ।
Read More
प्रहरी र आन्दोलनरत शिक्षकबीच बानेश्वरमा घम्साघम्सी

प्रहरी र आन्दोलनरत शिक्षकबीच बानेश्वरमा घम्साघम्सी

४ असोज, काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा बिहीबार दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । काठमाडौंको माइतीघर–बानेश्वरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरू र प्रहरीबीच घम्साघम्सी चलेकाे हाे । नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो । आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । बुधबारदेखि सुरु भएको काठमाडौंकेन्द्रित आन्दोलन माग पूरानभएसम्म चल्ने उनीहरूकाे भनाइ छ । शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । विद्यार्थीहरू विद्यालय पुगेर फर्किएका छन् । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत…
Read More
शिक्षकहरूले आज पनि गरे काठमाडौंमा प्रदर्शन

शिक्षकहरूले आज पनि गरे काठमाडौंमा प्रदर्शन

४ असाेज, काठमाडाैं । शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । देशभरबाट आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौं आएका हुन् । उनीहरूले विधेयक सच्चाउन माग गरेका छन् । बिहीबार बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्ता निष्कर्ष विहीन भएको थियो । सडकमा घण्टौँ जाम भएपछि नागरिक समस्यामा परेका छन् । काठमाडौंको माइतीघर बानेश्वर सडकमा हजारौं शिक्षकहरूले प्रदर्शन थालेपछि उपत्यकाको सवारी प्रभावित बनेका छ ।  
Read More
Page 1 of 3
1 2 3
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.