शिक्षा

सरकार र आन्दोलनरत शिक्षकको वार्ता निष्कर्ष विहीन

सरकार र आन्दोलनरत शिक्षकको वार्ता निष्कर्ष विहीन

४ असाेज,काठमाडाैं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरूद्धमा आन्दोलनमा उत्रिएका शिक्षकहरुसँग सरकारले वार्ता सुरु गरेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलनरत शिक्षकहरुबीच सिंहदरबारमा बिहीबार बिहान छलफल  भएकाे हाे । यद्यपी गृहमन्त्रीसँगको वार्ता निष्कर्ष विहीन भएको छ । वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेको थियो । छलफलमा कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्नेकुरा गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । छलफलमा गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गर्नुभएको उहाँले बताउनुभयो । उहाँले आन्दोलन बानेश्वरबाट माईतीघरसम्म हुने बताउनुभयो । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८…
Read More
कर्णालीको योजनाः एक जिल्ला एक नमूना विद्यालय, प्राविधिमैत्री शिक्षा

कर्णालीको योजनाः एक जिल्ला एक नमूना विद्यालय, प्राविधिमैत्री शिक्षा

२ असोज, भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेश सरकारले एक जिल्ला एक नमूना विद्यालय बनाउने भएको छ । त्यसका लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लैजाने र प्रदेशका १० जिल्लामा एक÷एक नमूना विद्यालय बनाउने गरी कार्यक्रम लागू गर्ने तयारी गरिएको हो । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै शिक्षा सुधारअन्तर्गत सामुदायिक विद्यालयको प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सूचना तथा सञ्चार प्रविधि, शिक्षण सिकाइ केन्द्र तथा विद्यालय व्यवस्थापन प्रणाली स्थापना गर्ने उल्लेख गरिएको थियो। यसका लागि कार्यविधि तयारी अन्तिम चरणमा पुगेको समाजिक विकास मन्त्रालय शैक्षिक योजना तथा तथ्याङ्क शाखा प्रमुख बलवीर सुनारले जानकारी दिनुभयो । “दक्ष, सीपयुक्त…
Read More
राष्ट्रिय शिक्षा दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

राष्ट्रिय शिक्षा दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

२ असोज, काठमाडौं । ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ मंगलबार राष्ट्रिय शिक्षा दिवसमनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारी लगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ । यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ ।…
Read More
विद्यार्थीको चासो : एसइईपछि विषय रोजाइमा अन्योलता

विद्यार्थीको चासो : एसइईपछि विषय रोजाइमा अन्योलता

– दुर्गा देवकोटा २५ असार,टीकापुर । कैलालीको जोशीपुरका रतन धामी एसइई नतिजापछि के विषय अध्ययन गर्ने भन्ने अन्योलमा हुनुहुन्छ । परीक्षामा दुई दशमलव आठ ग्रेड ल्याएका धामीलाई यतिखेर के विषय पढ्ने भन्ने अन्योलता बढे्को छ । “घरमा बुबाआमाले विज्ञान विषय पढ्नुपर्छ भन्नुभएको छ, मलाई सक्दिनकी भन्ने डर छ”, उहाँले भन्नुभयो, “मलाई लेखा÷अर्थशास्त्र विषय पढ्न मन छ, परिवारले भनेको कुरा सुन्ने कि, मनको कुरा सुन्ने दोधारमा छु ।” एसइईको नतिजा पश्चात् अहिले विद्यार्थीबीच कुन विषय लिएर पढ्ने भनेर सबैतिर छलफल हुने गरेको छ । बालबालिकाको भोलिको भविष्य कता लैजाने हो भन्ने कुरा पनि उसले अध्ययन गर्ने विषय र क्षेत्रले निर्धारण गर्ने…
Read More
एसइई नतिजाः बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य

एसइई नतिजाः बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य

२४ असार,बैतडी । सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो । हालै सार्वजनिक एसइई परीक्षाफलमा सुदूरपश्चिममा तीन दशमलव छभन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको सङ्ख्या न्यून छ । शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभरि चार सय २२ विद्यार्थीको मात्रै तीन दशमलव छभन्दा माथि जिपिए आएको जनाएको छ । यसमा बैतडीमा तीन दशमलव छभन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको सङ्ख्या शून्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बैतडीबाट पाँच हजार तीन सय ३८ जना परीक्षार्थी सहभागी…
Read More
मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै

मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै

२४ असार,वीरगन्ज । चालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको अभाव खेप्दै आएकोे मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्रदेखि बीए, एलएलबी र समान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने अन्तिम गरेको छ । यसका लागि प्रारम्भिक कार्यहरू पूरा गरी मधेस विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्वविद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिन मधेस प्रदेशका आठवटै जिल्लाका सरोकारवालासँग विश्वविद्यालयले छलफल गरेको उपकुलपति दीपक शाक्यले जानकारी दिनुभयो । “हामीले यही शैक्षिकसत्रबाट कानुन र समान्य जनप्रशासन गरी दुईवटा सङ्कायको…
Read More
चेपाङका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच

चेपाङका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच

२१ असार,लमजुङ । बेँसीसहर नगरपालिका – ११ बरबोटमा रहेका लोपोन्मुख चेपाङ समुदायका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच पुग्न थालेको छ । नेपाल चेपाङ महासङ्घका पूर्व केन्द्रिय सदस्य अम्रिता चेपाङले भन्नुभयो, “ स्थानीय सरकारका कारण मुलुकमा विस्तारै शिक्षा र स्वास्थ्यको पहुँच बढ्दै गर्दा यहाँ पनि यसको प्रभाव पर्न थालेको छ । यहाँका सबै बालबालिका शिक्षा एवं स्वास्थ्य क्षेत्रको पहुँचमा पुग्न थालेका छन् । ” समुदायमा विस्तारै चेतनाको वृद्धि हुन थालेसँगै उनीहरु शिक्षा र स्वास्थ्यतर्फ अघि बढ्न थालेको स्थानीय विष्णु चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला पहिला सानै उमेरमा विवाह गर्ने समेत गरेपनि अहिले चेतनाको वृद्धि भएसँगै सानै उमेरमा विवाह गर्नेहरु न्यूनीकरण…
Read More
एसइईको नतिजा आज सार्वजनिक गरिँदै

एसइईको नतिजा आज सार्वजनिक गरिँदै

२१ असार,भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एसइईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ । प्राविधिक समस्या आए मात्रै भोलि पुग्ने हो अन्यथा नतिजा…
Read More
बौदीकालीमा ‘मेरो गाउँमा मेरै प्राविधिक’ कार्यक्रम

बौदीकालीमा ‘मेरो गाउँमा मेरै प्राविधिक’ कार्यक्रम

२० असार,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै ‘मेरो गाउँमा मेरै प्राविधिक’ कार्यक्रम ल्याएको छ । विद्यालय शिक्षालाई रोजगारसँग जोड्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाको भनाइ छ । प्राविधिक शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति समेत उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्याका आधारमा थप कार्यक्रम अगाडि बढाउने गाउँपालिकाको योजना छ । ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ अवधारणाले विद्यार्थीमा पढाइप्रति रुचि अभिृवद्धि हुने विश्वास लिइएको छ । अध्यक्ष ओझाले पालिकाभित्रका प्रत्येक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था समेत गर्न लागिएको जानकारी दिनुभयो । “विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयको निरीक्षण र सुपरीवेक्षणको कार्यलाई…
Read More
शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारी बन्यो आइसिटी

शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारी बन्यो आइसिटी

३१ जेठ,सुरुङ्गा  । शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी ९सूचना र सञ्चार प्रविधि०को प्रयोग प्रभावकारी देखिएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आइसिटीको प्रयोग गर्दै पठनपाठन गराउन सुरु गरेसँगै विद्यार्थीको चाप उच्च रहेको पाइएको हो । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना ९इभेन्ट०मार्फत नेपाल सरकारले मोहनमाया माध्यमिक विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका अनुमति प्रदान गरेसँगै अहिले सो विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुने गरेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७८र७९ देखि यो विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका लागि आर्थिक सहयोग पुर्याएसँगै परम्परागत पठनपाठनको शैलीलाई परिमार्जन गर्दै स्मार्ट प्रविधिबाट पठनपाठन हुँदै आएको छ । जसका कारण विद्यार्थीलाई सिकाउन र उनीहरूलाई बुझ्नसमेत…
Read More
Page 2 of 3
1 2 3
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.