शिक्षा

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

२५ जेठ,वालिङ । स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौँ प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय…
Read More
सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दैै विराटनगर महानगर

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दैै विराटनगर महानगर

२२ जेठ,विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । महानगरले शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्नका लागि विषय विज्ञसँग छलफल समेत गरेको छ । महानगर प्रमुख नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब विश्व बजारमा माग भइरहेको जनशक्ति उत्पादन हुने बताउनुभयो । उहाँले अब विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिप्रति पोख्त बनाउनु आवश्यक रहेको औँल्याउनुभयो । “शिक्षकहरु पनि समयअनुसार चल्न सिक्नुपर्छ । तीन वटै तहका सरकारबीच समन्वय नभएकै कारण शैक्षिक क्षेत्रमा पनि सोचे जस्तो सफलता प्राप्त हुन नसकेको हो”, उहाँले भन्नुभयो । उपप्रमुख शिल्पा…
Read More
रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य

रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य

२७ वैशाख, रामपुर । सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ । यहाँ वैशाख २६ गतेसम्म एक जना विद्यार्थी पनि विद्यालयमा भर्ना नभएको पाइएको छ । विद्यार्थी भर्ना हुन आउने आश्वासन पाएर माथिल्लो निकायमा जानकारी नदिइएको तर शैक्षिकसत्र सुरु भएको महिनाको अन्तिमसम्म पनि विद्यार्थी भर्ना हुन कोही पनि नआएको प्रधानाध्यापक देवबहादुर ठाडाले बताउनुभयो । गत शैक्षिकसत्रमा कक्षा १ मा चार, कक्षा २ मा दुई, कक्षा ३ मा चार, कक्षा ४ मा एक, कक्षा ५ मा दुई…
Read More
बाली विज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाको अनुदान

बाली विज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाको अनुदान

२७ वैशाख, पर्वत । सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र युग अनुकूलको शिक्षाका रूपमा विकास गर्ने अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि अनुदान दिने भएको छ । गाउँपालिकामै सञ्चालित बाली विज्ञान पढ्ने विद्यार्थीका लागि बार्षिक रु ३६ हजार सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिकाको मङ्गलबारको बैठकले जलजला गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरी आधारभूत तह कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा ग्रामप्रकाश मावि जलजला–५ लेकफाँटमा प्राविधिक धारतर्फ ९बाली विज्ञान० विषयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्रै उक्त सुविधा दिने भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न गाउँपालिकाले यो अवधारणा ल्याएको अध्यक्ष…
Read More
अभिभावकविहीनको शैक्षिक निरन्तरताका लागि कक्षा वृद्धि

अभिभावकविहीनको शैक्षिक निरन्तरताका लागि कक्षा वृद्धि

२७ वैशाख, डुम्रे । तनहुँको व्यास नगरपालिकाले आन्तरिक आयबाट सञ्चालन गरिरहेको व्यास नगर समता विद्यालयको कक्षा वृद्धि गर्ने भएको छ । अभिभावकविहीन बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको विद्यालयमा अध्ययनरत बालबालिकाको कक्षा वृद्धि गर्दै लैजाने भएको हो । बालबालिकाको कक्षा ग्रेड वृद्धि हुने क्रममा अन्यत्र गएर पठनपाठन गर्ने अवस्था नहुँदा बञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गरी कक्षा बढाउँदै लैजाने निर्णय गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “सुरुआतमा नै कक्षा ५ सम्म सञ्चालन गरेका थियौँ, त्यसपछि अभिभावकविहीन बालबालिका थप अध्ययनका लागि कहाँ जाने भन्ने भएपछि कक्षा वृद्धि गर्ने योजना भएको हो, यसरी शिक्षाको ज्योतिबाट नै बञ्चित गराउनु हुँदैन…
Read More
विद्यार्थीको पहुँच पु¥याउन निःशुल्क भर्ना

विद्यार्थीको पहुँच पु¥याउन निःशुल्क भर्ना

२६ वैशाख,भजनी । कैलालीको भजनीस्थित महुन्याल बहुमुखी क्याम्पसले विद्यार्थीको सङ्ख्या बढाउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई क्याम्पससम्म पहुँच पु¥याउन निःशुल्क भर्ना अभियान सुरु गरेको छ । भजनी नगरपालिकाले क्याम्पसलाई उपलब्ध गराउने अनुदानको रकमबाट मिलान हुनेगरी स्नातक तहको पहिलो वर्ष भर्ना हुन आउने विद्यार्थीलाई भर्नामा निःशुल्क गर्ने भएको हो । आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा हासिल गर्न वञ्चित भएका विद्यार्थीलाई क्याम्पसको पहुँचमा पु¥याउन निःशुल्क भर्ना अभियान सुरु गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष टङ्कप्रसाद जोशीले बताउनुभयो । उहाँकाअनुसार नगरपालिकाले क्यम्पसलाई दिने रु ३६ लाख अनुदानबाट १० प्रतिशत रकम छात्रवृत्तिका लागि क्याम्पसले छुट्याउने निर्णय गरिएको छ । त्यहीँ रकमले नयाँ भर्ना…
Read More
दुर्गमका विद्यार्थीलाई प्रविधिसँग जोड्न निःशुल्क कम्प्युटर कक्षा

दुर्गमका विद्यार्थीलाई प्रविधिसँग जोड्न निःशुल्क कम्प्युटर कक्षा

२६ वैशाख, काठमाडाैँ । ढोरपाटन, २६ वैशाख ९रासस० स् बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरकी दिपीका घर्तीलाई सानैदेखि सूचना प्रविधिसँग जोडिने इच्छा थियो । दुर्गम गाउँमा खेल्दै हुर्किर्दै, पढ्नुभएकी उहाँलाई १० कक्षा पढ्दासम्म त्यो अवसर सहजै जुरेको थिएन । सूचना प्रविधिका हिसाबले अझै पछाडिनै रहेको निसीखोलामा राम्रोसित कम्प्युटर सिक्ने ठाउँको अभाव छ । गत चैतमा एसइई दिएर बसेकी घर्तीलाई अहिले ठूलो अवसर प्राप्त भएको छ । निसीखोला–१ स्थित देवीस्थान माध्यमिक विद्यालयले एसइई दिएर बसेका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको छ । अनी मात्र घर्तीलाई पहिलो पटक कम्प्युटर सिक्ने अवसर जुरेको हो । कम्प्युटर सिक्ने १ भन्दा सुगम ठाउँमा सामान्य लाग्न…
Read More
बागमतीका सामुदायिक विद्यालयमा हरित प्राङ्गण अभियान सुरु

बागमतीका सामुदायिक विद्यालयमा हरित प्राङ्गण अभियान सुरु

२६ वैशाख, सर्लाही । बागमती नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई हरित विद्यालय बनाउने अभियान सुरु गरेको छ । नगरभित्रका २५ वटै सामुदायिक विद्यालयको प्राङ्गणमा विभिन्न प्रकारका फलफूलका बिरुवा रोपेर हरित बनाउने अभियान सुरु गरिएको नगरपालिकाको नगर शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार “बागमती नगरको अभियान,हरित विद्यालय प्राङ्गण”भन्ने मूल नाराकासाथ नगरका सबै सामुदायिक विद्यालयको प्राङ्गणमा फलफूल र अन्य हरियाली हुने बिरुवा रोपिएको हो । नगरका सबै सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिका, अभिभावक, विद्यालय व्यावस्थापन समिति र नगरका जनप्रतिनिधिको सहभागीतामा बागमती नगरपालिका २ मा रहेको जनवाल कल्याण माविको प्राङ्गणमा वृक्षरोपण गरेर अभियान सुरु गरिएको नगर प्रमुख भरतकुमार थापाले जानकारी…
Read More
संसदमा डा राणाको प्रश्न, ‘ सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ? ‘

संसदमा डा राणाको प्रश्न, ‘ सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ? ‘

६ वैशाख ,काठमाडौँ । प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपाल सरकारको तथ्याङ्कअनुसार झन्डै ९७ प्रतिशत शिक्षकहरु तालिम प्राप्त भए पनि नतिजा अपेक्षाकृत नभएको भन्दै सरकारको ठूलो लगानी हुँदाहुँदै पनि विद्यालय शिक्षाको नतिजा उल्लेख्य मात्रामा प्राप्त नहुनुले प्रश्न उठेको बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा राणाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको दृष्टान्त पेश गर्दै भन्नुभयो, “धनगढी उपमहानगरपालिकाका विद्यालयमा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका सामुदायिकतर्फका १७ विद्यालयको नतिजा…
Read More
Page 3 of 3
1 2 3
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.