विद्यार्थीको सिकाइ सन्तोषजनक छैनः महामन्त्री थापा
५ असोज,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा बालबालिकाहरू विद्यालय जाने क्रम बढे पनि विद्यार्थीको सिकाइ उपलब्धि भने सन्तोषजनक नभएकाे बताउनुभएकाे छ । शुक्रबार काठमाडौंको नन्दी माविमा कम्प्युटर ल्याबको उद्घाटन गर्दै महामन्त्री थापाले यस्ताे बताउनुभएकाे हाे । विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउने विषयमा अहिले चिन्तित हुनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयाे । आफूहरू स्कुलमा हुँदा कसरी विद्यार्थीलाई विद्यालयमा ल्याउने भनेर बहस हुने गरेको स्मरण गर्दै उहाँले अहिले विद्यालयमा विद्यार्थी आएको, तर सिकाइ उपलब्धिको अवस्था नाजुक रहेको बताउनुभयाे । उहाँले पछिल्लो एउटा अध्ययनले कक्षा–८ मा अध्ययनरत विद्यार्थीमध्ये ६८ प्रतिशत विद्यार्थीहरूले गणितको सामान्य कुरा पनि जानकारी नराखेको तथ्य स्मरण गराउनुभयाे । पछिल्लो एउटा…
