वडा कार्यालयद्वारा ‘उज्यालो वडा’ अभियान सञ्चालन
२३ चैत्र, काठमाडाैं । लुम्बिनीकाे प्युठान जिल्लामा रहेकाे माण्डवी गाउँपालिका वडा नम्बर ३ काे कार्यालयले ‘उज्यालो वडा ’ अभियान सञ्चालन गरेकाे छ। अभियान अन्तर्गत वडा नम्बर ३ का विभिन्न चोक तथा मुख्य सडकहरुमा सडक बत्ती जडान कार्य थालिएकाे वडा अध्यक्ष धनेन्द्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयाे,'वडाका मुख्य बजार तथा चोकहरुमा ३० ओटा सडकबत्ति जडान गरिएको छ।' वडा नम्बर ३ का प्रत्येक टोल टोलमा बत्ति जडान गर्ने लक्ष्य रहेको साथै गाउँमा रातको समयमा हुने चोरी लगायतका अन्य घटनाबाट सुरक्षित गराउने उद्देश्यले सडकबत्ति जडान गरिएकाे वडा अध्यक्ष कार्कीले बताउनुभयाे । उहाँले भन्नुभयाे, 'शहर बजारमा मात्र हैन, गाउँ, टोल र वस्तिमा पनि उज्यालो…
