प्रमुख समाचार

आज विरल छायाँजनित पेनम्ब्रल चन्द्रग्रहण

आज विरल छायाँजनित पेनम्ब्रल चन्द्रग्रहण

२२ वैशाख काठमाडौँ । वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित पेनम्ब्रल चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी ९नासो०का अनुसार विरल छायाँजनित ९पेनम्ब्रल० चन्द्रग्रहण राति ८ः५९ बजे सुरु भई ११ः०७ बजे मध्य हुन्छ । राति १ः१६ बजे ग्रहण सकिने जनाइएको छ । यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण भएको नासोका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यससम्बन्धी धार्मिक एवं सांस्कृतिक मान्यता लागू नहुने उहाँले बताउनुभयो । मौसमले साथ दिए आज राति विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा रुचि राख्नुहुने महानुभावले चन्द्रमाको तस्बिर…
Read More
सशस्त्र प्रहरीको ‘एक जवान, एक बेडिङ कार्यक्रम’

सशस्त्र प्रहरीको ‘एक जवान, एक बेडिङ कार्यक्रम’

२२ वैशाख , काठमाडौँ । सशस्त्र प्रहरी कर्मचारीहरुले अब सरुवा भएर अन्यत्र जाँदा गुन्टा बोकेर जानु नपर्ने भएको छ । सशस्त्र प्रहरी बल नेपालले ‘एक जवान एक बेडिङ’ अवधारणाअनुसार आवश्यक व्यवस्थापन गरेकाले अब आफ्नो व्यक्तिगत सामान मात्रै बोकेर गए हुने भएको जनाइएको छ । यसअघि सशस्त्र प्रहरी सरुवा भएर जाँदा आफ्नो विस्ताराका लागि प्रयोग हुने सरसामानसमेत बोकेर हिँड्नुपर्ने बाध्यता रहेको थियो । “अब त्यो बाध्यता हटेको छ, त्यसरी गुन्टा बोकेर जानुपर्ने अवस्था अन्त्य गरिएको छ, सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले भन्नुभयो, “ससस्त्र प्रहरीका धेरै गतिविधिमा सुधार गर्दै लगिएको छ ।” उहाँका अनुसार एक जवान…
Read More
गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन हुँदै

गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन हुँदै

२२ वैशाख, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ एनआरएनए को १५औँ युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदैछ । यही मे ५, ६ र ७ तारिखसम्म रहने सम्मेलनको उद्घाटन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुहुने सङ्घले जनाएको छ । अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका तीन सय बढी प्रतिनिधिको सहभागिता रहने सम्मेलनको समापन समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ । सम्मेलनको व्यवस्थापनको जिम्मा सङ्घको चेक रिपब्लिक शाखाले लिएको छ । सम्मेलन सम्पन्न गर्न क्षेत्रीय संयोजकद्वय सन्तोष भट्टराई र चिन्तामणि सापकोटाको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सम्मेलनको सञ्चार संयोजन सङ्घका सञ्चार…
Read More
एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह

एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह

२२ वैशाख ,काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एचआइभी सङ्क्रमितलाई मानवअधिकारको हकबाट वञ्चित नगर्न आग्रह गरेको छ । आयोगले एचआइभी सङ्क्रमितको मानवअधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा सङ्क्रमितले मानवअधिकारको हकबाट वञ्चित हुनु परेको उल्लेख गरेको छ । आयोगका कायममुकायम सचिव मुरारीप्रसाद खरेलले सङ्क्रमितहरुको जीवन र मर्यादा सम्मानित नरहेको आफूले पाएको बताउनुभयो । उहाँले अझ चरम गरिबीको रेखामुनि रहेका सङ्क्रमितहरुको मानव अधिकार अवस्था दयनीय रहेको पाइएको बताउनुभयो । उहाँले एचआइभी सङ्क्रमितलाई रोजगार, शिक्षा र समाजिक सहभागितामा र आश्रित सन्तानको लालनपालन, शिक्षा जस्ता आवश्यकता पूर गर्ने समस्या रहेको बताउनुभयो । “राज्यका तीनै तहको औषधि वितरणमा समस्या छैन । सङ्क्रमितलाई रोजगार, शिक्षा र समाजिक सहभागितमा…
Read More
सूचनाको हक प्रजातन्त्रको प्राण हो  : सभामुख

सूचनाको हक प्रजातन्त्रको प्राण हो : सभामुख

२२ वैशाख काठमाडौँ । सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको प्राण भएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित एक कार्यक्रम उद्घाटनमा उहाँले प्रजातन्त्रमा सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताउनुभयो । “अहिले पनि सूचनाको हक हुन्छ भन्ने धेरै जनतालाई थाहा छैन”, उहाँले भन्नुभयो, “सरकारले गरेका कामकारबाही पारदर्शीरूपमा सार्वजनिक गर्ने र मुलुकमा सुशासन कामय गर्ने काम सूचनाको हकले गर्छ ।” उहाँले सार्वजनिक निकायले सूचना हक जानकारी गराउनुपर्छ भनेर सबैमा अभियानकै रूपमा सचेत गराउनुपर्नेमा जोड दिनुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकले जनतालाई बलियो बनाउने र यसले जनस्तरमा सरकारले गरेका कामकारबाही जस्ताको…
Read More
नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

२२ वैशाख, वासिङ्गटन डिसी । नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसङ्घका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या एक सय ७९ पुगेको छ । दुई देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिवलाई दिनुभएको छ । दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनाले राष्ट्रसङ्घलगायत मञ्चमा सहकार्य र समन्वय हुने, दुई पक्षीय हितमा काम गर्ने र नागरिकस्तरको सम्बन्ध स्थापना हुने कुरामा आश्वस्त रहेको बताउनुभएको छ । सन् १९६८ मा स्वतन्त्र मुलुकको…
Read More
प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

२२ वैशाख ,रेसुङ्गा। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्नुभएको छ । बिहीबार एक कार्यक्रमबीच उहाँले भवन उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका हिसाबले प्रहरी कार्यालय अब्बल हुनुपर्ने बताउनुभयो । “प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्लो पटक प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ ।” प्रहरीले सङ्ख्यात्मकभन्दा पनि गुणात्मकरुपमा सेवा प्रवाह गरिरहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय परिसरमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, व्यारेक, मेस र हिरासत कक्ष निर्माण गरिएका छन् । ती सबै संरचना रु छ करोड ६८ लाखको लागतमा निर्माण सम्पन्न गरिएका जिल्ला प्रहरी…
Read More
‘नेपाली विद्यार्थी सङ्घ क्यानडा’ स्थापना

‘नेपाली विद्यार्थी सङ्घ क्यानडा’ स्थापना

२२ वैशाख, काठमाडाैँ । क्यानडामा रहेका नेपाली विद्यार्थीको हकहितको प्रतिनिधित्व गर्न नयाँ सङ्गठन स्थापना भएको छ । ‘न्यु ब्रन्सविक विश्वविद्यालयका एमफिल उत्तीर्ण ९ दर्शनाचार्य अरुण बुढाथोकीको नेतृत्वमा नेपाली विद्यार्थी सङ्घ क्यानडा एनस्याक स्थापना भएको हो । सङ्घले आफ्ना सदस्यलाई नेटवर्किङ अवसर, सामाजिक कार्यक्रम, शैक्षिक सहयोग, वृत्ति विकास र हितको वकालतसहित विभिन्न सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । नेपाल–क्यानडा सम्बन्धलाई अझ सुमधुर बनाउने लक्ष्य पनि संस्थाको रहेको दर्शनाचार्य बुढाथोकीले बताउनुभयो । “एनस्याक सुरुआत गर्न पाउँदा र क्यानडामा रहेका नेपाली विद्यार्थीलाई एकअर्कासँग जोडिन, स्रोतसाधनका बारेमा जान्न र सहयोग खोज्ने मञ्च प्रदान गर्न पाउँदा उत्साहित छौँ”, उहाँले भन्नुभयो, “एनस्याक नेपाली विद्यार्थीले आफ्नो…
Read More
चालु आर्थिक वर्षमा सतप्रतशित काम गरेर सकेका छौं : वडा अध्यक्ष भण्डारी

चालु आर्थिक वर्षमा सतप्रतशित काम गरेर सकेका छौं : वडा अध्यक्ष भण्डारी

२१ बैशाख ,काठमाडौं ।  सुदूरपश्चिम प्रदेश अछाम जिल्लाको मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । वडा नम्बर १४ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । समाज सेवामा निश्वार्थ लागिरहनु भएका नर बहादुर भण्डारी ले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हुनुभयो । जितेर आएपछि मंगलसेन नगरपालिकामा वडा नम्बर ११ का वडा अध्यक्ष भण्डारी वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएको छ । वडा अध्यक्षमा निर्वार्चित हुन भन्दा पहिले ३० वर्षसम्म शिक्षण पेशामा आबद्ध रहनुभएका भण्डारी निरन्तर वडाका गतिबिधि तिब्र गतिमा लाग्नुभएकाे छ । वडा अध्यक्ष भण्डारी भन्नुभयो, ‘सत प्रतिशत काम यो आर्थिक…
Read More
चालु आर्थिक वर्षमा  सतप्रतशित काम गरेर सकेका छौं : वडा अध्यक्ष नाथ

चालु आर्थिक वर्षमा सतप्रतशित काम गरेर सकेका छौं : वडा अध्यक्ष नाथ

२१ बैशाख, काठमाडाैं ।  सुदूरपश्चिम प्रदेश को मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । वडा नम्बर १ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ। वडा अध्यक्ष नाम लोकराज नाथले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनुभयो । वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक र कृषिलगायत क्षेत्रमा राम्रो काम गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अघिल्लो वर्षका बाँकी रहेका वडा योजनाहरु यो वर्ष पुरा गरेको छु, वडावासीको समस्या समाधान गर्नको लागि अहोरात्र खटिरहेको छु।’…
Read More
Page 73 of 125
1 … 71 72 73 74 75 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.