२२ वैशाख ,रेसुङ्गा। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्नुभएको छ । बिहीबार एक कार्यक्रमबीच उहाँले भवन उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका हिसाबले प्रहरी कार्यालय अब्बल हुनुपर्ने बताउनुभयो । “प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्लो पटक प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ ।” प्रहरीले सङ्ख्यात्मकभन्दा पनि गुणात्मकरुपमा सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय परिसरमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, व्यारेक, मेस र हिरासत कक्ष निर्माण गरिएका छन् । ती सबै संरचना रु छ करोड ६८ लाखको लागतमा निर्माण सम्पन्न गरिएका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
निर्माणको जिम्मा बिकोइ सुनिल–समिर जेभीले लिएको थियो । निर्माण व्यवसायी नारायण पोखरेलले केही समय अगाडि भवनको निर्माण सकेर जिल्ला प्रहरी कार्यालय गुल्मीलाई हस्तान्तरण गर्नुभएको थियो । ती संरचना लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्राविधिक सहायतामा सम्पन्न भएका हुन् ।
Related posts:

शनिबार पनि जनताको सेवामा जनप्रतिनिधि संगै वडाका कर्मचारिहरु
![शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा निमावि शिक्षक, कुन विषयमा कति ? [सूचनासहित]](https://wadaakhabar.com/wp-content/uploads/2024/02/2-2-150x150.jpg)
शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा निमावि शिक्षक, कुन विषयमा कति ? [सूचनासहित]

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पाण्डे

वडामा बजेट अभावका कारणले विकास निर्माणका काम गर्न कठिनाइः अध्यक्ष थापा

