प्रमुख समाचार

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ : अध्यक्ष अधिकारी

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ : अध्यक्ष अधिकारी

हस्ता विष्ट २४वैशाख, काठमाडाैँ । आँधिखोला, सेतीखोला, सरादीखोलाको काखमा अवस्थित अन्धाअन्धी , श्रवणकुमार र डहरेले सिंचित गरेको अनेकन धार्मिक, सांस्कृतिक एवं प्राकृतिक विविधतायुत्त भूमीको रुपमा रहेको यस गाउँपालिका देशमा लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना पछि फारथुम, सेतीदोभान, वाङसिङ देउराली, विचारीचौतारा, चिलाउनेबास र पञ्चमूल गाविसको वडा नं.७ र ३ बाहेकका क्षेत्रलाई समेटेर २०७३ साल फागुन २७ गते आँधीखोला गाउँपालिका नामाकरण गरी घोषणा गरिएको हो । यो गाउँपालिका पोखरादेखी १ घण्टा ३० मिनेट, पोखरा स्याङ्जा सडकको नागडाँडाबाट करीब ७.५ कि.मि. दुरीमा स्याङ्जा सदरमूकामबाट पूर्वउत्तरमा अवस्थित छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित आँधिखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पवन काजी अधिकारीले…
Read More
‘गुरु पद्मसंभव’को मूर्ति प्रतिस्थापन

‘गुरु पद्मसंभव’को मूर्ति प्रतिस्थापन

२४ वैशाख, त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापन गरिएको छ । स्थानीयवासीको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति अर्थमन्त्री डा प्रकाशरण महतले शनिबार प्रतिस्थापना गर्नुभयो । सो अवसरमा उहाँले बुद्धपछिको बुद्ध भगवान्का रूपमा सम्मानित भगवान् पद्मसंभवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । “दण्ड–जरिवाना गराउने कानुनभन्दा नैतिकवान बनाउने धर्म, संस्कार र मान्यताले हामी चलेका छौँ”, उहाँले भन्नुभयो, “हजारौँ वर्षदेखि मानिस एकअर्काप्रति सद्भाव कायम राख्दै जीवन चलाइरहेका छौँ । त्यो हाम्रो महान् धर्म, संस्कृति र त्यसले सिकाएको पाठको…
Read More
खानेपानी आयोजना अलपत्र

खानेपानी आयोजना अलपत्र

२४ वैशाख, गोरखा ।  गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब रु साढे दुई करोडमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुनसकेको छैन । ठेकेदार कम्पनी मृत सञ्जिवनी नाना जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । पहिलोपटक तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गर्दासमेत ठेकेदार कम्पनी खानेपानी आयोजना निर्माण नगरी अलपत्र पारेर छाडेको छ । अहिलेसम्म आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशतमात्र भएको कार्यालय प्रमुख किरण…
Read More
विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालयको कक्षा घटुवा

विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालयको कक्षा घटुवा

२२ वैशाख, त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन ९कक्षा घटुवा० गरेको छ । शैक्षिक सत्र २०७८÷७९ मा निरन्तर विद्यार्थी सङ्ख्या घटेर न्यून भएपछि कार्यपालिका बैठकमार्फत कक्षा घटुवाको निर्णय गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो । पालिकाले गठन गरेको ‘अनुगमन कार्यदल’ले पटक–पटक ९भदौदेखि चैतसम्म० स्थलगत रुपमा गरेको अनुगमन र परीक्षामा सहभागी विद्यार्थी सङ्ख्यालाई यकिन गरेर कम विद्यार्थी भएका विद्यालयको माथिल्लो कक्षा नजिकैको अर्को विद्यालयमा समायोजन गरिएको हो । “विद्यालयले विद्यार्थी सङ्ख्या धेरै देखाए पनि विभिन्न स्रोतबाट त्यो सङ्ख्या गलत हो भन्ने सूचना आएपछि अनुगमन गर्दा निकै कम विद्यार्थी उपस्थित हुने गरेको पाइयो”, नगरप्रमुख…
Read More
स्थानीय तहबाटै छनोट हुँदै

स्थानीय तहबाटै छनोट हुँदै

२२ वैशाख, बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले पहिलोपटक स्थानीय तहहरुलाई योजना छनोट गर्न माग गरेको छ । प्रदेश सरकारबाट आवश्यक पर्ने योजना छनोट गर्न स्थानीय तहहरुलाई माग गरिएको हो । स्थानीय तहहरुले पठाएका योजनाहरुलाई प्रदेश सरकारले छनोट गर्ने जनाएको छ । योजना छनोटका लागि प्रदेश सरकारले सबै निर्वाचन क्षेत्रमा योजना तर्जुमा तथा कार्यशाला गोष्ठीको आयोजना गरेको छ । प्रदेश सरकारले पहिलो पटक स्थानीयस्तरबाट योजना छनोट कार्य सुरु गरेको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन क्षेत्रमा योजना तर्जुमा तथा कार्यशाला गोष्ठीको आयोजना गरेर प्रदेश सरकारले पहिलोपटक योजना माग गरेको हो ।” योजना छनोट गर्न…
Read More
सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

२२ वैशाख, काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले त्यसको प्रयोगलाई जनस्तरसम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो । “सूचनाको हकको मुख्य उद्देश्य जनतालाई बलियो बनाउनु हो, जनताले आफूले खोजेको सार्वजनिक सरोकारका सूचना सजिलै प्राप्त गर्न सक्ने र त्यसको प्रयोगबाट सशक्त बन्ने हो”, मन्त्री शर्माले भन्नुभयो, “ जनताको खबरदारीले मात्र लोकतन्त्र बलियो बन्ने भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पु¥याउनुपर्छ ।” सूचनाको हक कार्यान्वयन गर्न जनस्तरमा यसबारे व्यापक जनचेतना जागृत गर्न आवश्यक रहेकामा…
Read More
मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

२२ वैशाख, बेनी। धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताउनुभएका उहाँ युवावस्थामा देश तथा विदेशमा समेत पुग्नुभयो । विदेशको विकासको समेत अनुभूति सँगाल्नुभएका उहाँले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै मोटर चढेर सहर पुग्ने रहर जागेको बताउनुभयो । जिल्लाको सबैभन्दा दुर्गम बस्तीका रुपमा परिचित गुर्जा जिल्लाको एक मात्रै सडक सञ्जालको पहुँच नपुगेको वडा हो । विकासमा ओझेलमा परेको सो स्थानका स्थानीयवासीमा पछिल्लो समय विकासको प्रमुख आधार मानिएको सडक सञ्जालको पहुँच निर्माण गर्ने योजना गढेको छ । यहाँबाट गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिनको पैदलयात्रा…
Read More
एसियाका तारा गौतम बुद्ध

एसियाका तारा गौतम बुद्ध

२२ वैशाख काठमाडौँ । इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख ९ बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । गौतम बुद्धलाई एसियाका ताराका रुपमा पनि चिनिन्छ । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाउनुभएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उहाँले ज्ञान बाँड्नुभएको थियो । यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन ९धर्मदेशना० का माध्यमबाट बाँड्नुभएको थियो ।…
Read More
गढवामा चार दिने हेफर आधारशिला तालिम सुरु

गढवामा चार दिने हेफर आधारशिला तालिम सुरु

आलोक भावुक गढवा, २१ बैशाख ।  गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा चार दिने हेफर आधारशिला तालिम गढवा - ७ मोतिपुरमा सुरु भएको छ। सरस्वती उद्यमी महिला समूह मोतीपुरकी अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका ७ नम्बर वडाध्यक्ष राहुलदेव चौधरीको बिशिस्ट आतिथ्यमा सुरु भएको छ। चार दिने हेफर आधारशिला तालिमलाई उद्घाटन गर्दै प्रमख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कृषि र पशु क्षेत्रलाई धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिएको बताउनुभयो। तरकारी उत्पादनमा मोतीपुरका सरस्वती महिला उद्यमी समूहले उत्कृष्ट कार्य गर्नेमा आफु…
Read More
आलेख : इको स्प्रिच्युअल आश्रम : आफ्ना लागि साधना, अरूका लागि सेवा

आलेख : इको स्प्रिच्युअल आश्रम : आफ्ना लागि साधना, अरूका लागि सेवा

२२ वैशाख, गण्डकी । सिङ्गापुर बस्ने पोखराकी सोम गुरुङ आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, “म नेपालमै जन्मिए पनि विदेश बस्छु, त्यहाँ मेरो मन कहिल्यै स्थिरमा थिएन । परिवार, समाज अनि आफैँसँग गुनासो हुन्थ्यो”, उहाँले भन्नुभयो, “नौ महिनाअघि नेपाल आएको बेला विकासानन्द स्वामीसँग भेटेर साधना लिएँ । गुरुको ध्यान अनि ज्ञानले यो शरीर सबैसँग दिल खोलेर हाँस्न सक्ने भएको छ ।” स्वामी विकासानन्दसँग उहाँले साधना लिनुभयो । त्यसपछि उहाँको मनमा शान्ति छायो । कहिलेकाहीँ त आत्महत्याको बाटो नै रोजौँ कि भन्ने सोचसमेत आउने गरेकामा बैचन मन थिर भएको उहाँले बताउनुभयो । साधनासँगै जीवन र समाज बुझेको बताउँदै उहाँले थप्नुभयो, “मेरो पनि संसारमा…
Read More
Page 72 of 125
1 … 70 71 72 73 74 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.