अर्थ

३ खर्ब चिनियाँ लगानी भित्र्याउने प्रक्रियाबाट बुटवल पावर कम्पनी पछि हट्यो

काठमाडौं । चिनियाँसँगमिलेर ३ खर्बभन्दा बढी लगानीमार्फत हजारौँ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको बुटवल पावर कम्पनीलाई धक्का लागेको छ। एकपछि अर्को भारतीय कम्पनीहरूले नेपालमा ठूला आयोजना बनाउन चासो दिएसँगै बुटवल पावर कम्पनी अफ्ठ्यारोमा परेको हो। गत असारमा बुटवल पावर कम्पनीले चिनियाँ कम्पनीसँग मिलेर तीन खर्ब रुपैयाँ लगानीमा कम्तिमा एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने सम्झौता गरेको थियो। बुटवल पावर कम्पनी र चिनियाँ कम्पनीहरूबीच २ देखि ५ वर्षमा ३ अर्ब डलर लगानी गर्नेगरी साझेदारीसमेत भएको थियो। चिनियाँसँग मिलेर बनाउँदा बिजुली बिक्रीको बजार नै नपाउने देखिएपछि बुटवल पावर चिनियाँ लगानी भित्र्याउने प्रक्रियाबाट टाढा भएको छ। कम्पनी स्रोतका अनुसार अब भारतीय कम्पनीसँग…
Read More
नेप्सेमा झिनो अङ्कको गिरावट

नेप्सेमा झिनो अङ्कको गिरावट

२८ वैशाख, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलब ५९ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ७१ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलब शून्य नौ मा सीमित भएको छ । कारोबार भएका कूल १३ कम्पनीमध्ये तीन कम्पनीको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । कूल २१ लाख पाँच हजार छ सय ५७ कित्ता शेयर रु ५७ करोड ८८ लाख…
Read More
‘पुरानै नीतिले परिणामको अपेक्षा गर्न सकिँदैन’

‘पुरानै नीतिले परिणामको अपेक्षा गर्न सकिँदैन’

२७ वैशाख, काठमाडाैँ । पुरानै नीतिले परिणामको अपेक्षा गर्न नसकिने भन्दै सांसदहरुले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सक्ने नीति अख्तियार गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०÷८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँहरुले सिद्धान्त र प्राथमिकता, नीति कार्यक्रम तथा बजेटमा अर्थतन्त्रलाई सबल बनाउनुपर्ने विषय आउनुपर्ने बताउनुभयो । सांसद अर्जुनरसिंह केसीले सिद्धान्त र प्राथमिकतामा लेखिएको अर्मूत भाषाले राष्ट्रिय अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने बताउनुभयो । उहाँले वितरणमुखी बजेटलाई सम्पूर्णरुपमा बन्द गर्न, अनुत्पादक खर्च कटौती गर्न, पुँजीगत खर्च अभिवृद्धि गर्न, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन आग्रह गर्नुभयो । उहाँले अर्थतन्त्र गम्भीर बिरामी रहेको भन्दै अर्थतन्त्रको…
Read More
गाईपालनबाट मनग्ये आम्दानी

गाईपालनबाट मनग्ये आम्दानी

२७ वैशाख, पर्वत । स्वदेशमा रोजगारीको अभाव र लगानी गर्ने वातावरण नभएको दैनिक हजाराँै युवा देश छाडिरहेको बेला यहाँका एक युवा व्यावसायिक गाईपालनबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । पर्वतको मोदी गाउँपालिका–२, देउपुरका ३८ वर्षीय युवा बेदप्रसाद तिमिल्सिनाले गाउँमै दूध उत्पादन गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको हो । तिमिल्सिनाले सञ्चालन गरेको प्रगति उन्नत गार्ई फर्मबाट कृषिमै युवाहरुका लागि राम्रो भविष्य छ भन्ने कुरा प्रमाणितसमेत गर्नुभएको छ । २०७१ सालमा पोखराको बागमाराबाट दुई गाई ल्याएर व्यावसायिक गाईपालन सुरु गर्नुभएका उहाँको फर्ममा यतिबेला २२ उन्नत गाई छन् । अहिले दैनिक बिहान–बेलुकी गरेर एक सय ८० लिटरभन्दा बढी…
Read More
सामान्य अङ्कले घट्यो नेप्से

सामान्य अङ्कले घट्यो नेप्से

२७ वैशाख, काठमाडौँ । शेयर बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको हो । आज दुई सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार छ सय २६ कित्ता शेयर रकम रू ५८ करोड ९१ लाखमा कारोबार भएको छ । विभिन्न समूहको उपसूचक हेर्दा आज निर्जीवन बीमा समूह ३० दशमलव ८३ अङ्क र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ०३ अङ्कले बढेको छ । त्यस्तै, वित्त समूह तीन दशमलव २६ र जलविद्युत् समूह दुई दशमलव १२ अङ्कले बढेको छ…
Read More
नेप्से बढ्यो

नेप्से बढ्यो

२६ वैशाख, काठमाडौँ । साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज ९ नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ । आजको कारोबारमा विभिन्न दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय ३९ कित्ता शेय रु ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ बराबरको कारोबार भएका छन् । सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७५ दशमलव ०१ र होटल तथा पर्यटन समूहको उपसूचक ६५ दशमलव ८४ अङ्कले बढेको छ ।…
Read More
बजेट तयारीमा मधेश प्रदेश सरकार

बजेट तयारीमा मधेश प्रदेश सरकार

२६ वैशाख, धनुषा । मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटको तयारीमा थालेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताउनुभयो । उहाँले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताउनुभयो । मन्त्री यादवका अनुसार कृषि, पर्यटन, स्वास्थ्यसहितलाई रोगजार सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको छ । प्रदेशका अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त्रालयलाई बजेटको सिलिङ तोकेर आगामी आवको योजना तथा कार्यक्रम माग गरिसकेको छ । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले बजेटको मार्गनिर्देशन र बजेटको सिलिङबारे सबै मन्त्रालय…
Read More
बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल

बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल

२५ वैशाख, काठमाडौँ। सांसद रघुजी पन्तले आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राखिएका विषय अमूर्त तथा विरोधाभाषपूर्ण रहेको बताउनुभएको छ । बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा आज चलिरहेको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो । “एकतिस बुँदामा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको प्रस्तुतिमा मूर्तरुप छैन । कुरा बाझिएका छन् । यसो गरिनेछ र उसो गरिनेछ भनिएको छ”, सांसद पन्तले भन्नुभयो, “तर आगामी आर्थिक वर्षको बजेट कहाँ केन्द्रित हुन्छ भनेर यो सिद्धान्त र प्राथमिकताका आधारमा अनुमान गर्न गाह्रो छ ।” बजेटका सिद्धान्त र प्राथमिकतामा राखिएका बुँदा विरोधाभाषपूर्ण रहेको पनि उहाँको जिकिर थियो । “संसद्मा प्रस्तुत भएको विनियोजन…
Read More
नेप्सेमा १६ दशमलव ९३ अङ्कको गिरावट

नेप्सेमा १६ दशमलव ९३ अङ्कको गिरावट

२५ वैशाख, काठमाडौँ । पुँजीबजारमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो । आज दुई सय ७० कम्पनीको २८ लाख १० हजार छ सय २७ कित्ता शेयर २५ हजार पाँच सय ८८ पटक खरिदबिक्री हुँदा रू ८२ करोड ४२ लाख १७ हजार बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय २१ दशमलव ४९ र निर्जीवन बीमा समूह एक सय छ दशमलव ९४ अङ्कले घटेको छ । बैंकिङ…
Read More
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ . डा स्वर्णिम वाग्ले

अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ . डा स्वर्णिम वाग्ले

२५ वैशाख, काठमाडौँ। सांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताउनुभएको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने धारणा राख्नुभयो । त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै विषय समटेको भए पनि त्यसले अपेक्षित आशा जगाउन नसकेको उहाँको भनाइ छ । “धेरै विषय परेका छन् । केही छुटाउन नहुने कुरा छुटेका छैनन् । भन्दिनुपर्ने, सुनाइदिनुपर्ने कुरा पनि ल्याइएको नै…
Read More
Page 24 of 42
1 … 22 23 24 25 26 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.