पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा
७ चैत,तानसेन (पाल्पा) । पाल्पाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत उपेन्द्र अर्यालले बताउनुभयो । उहाँका अनुसार सातवटा स्थानीय तहका २७ वडा वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका कूल एकासी वडा मध्ये ३३ प्रतिशत डढेलोको उच्च जोखिममा छन् । डिभिजन वन कार्यालय पाल्पाको तथ्याङ्कानुसार जिल्लामा वन डढेलो हुनुका प्रमुख कारण मानवीय नै रहेको छ । डढेलोका बारेमा प्रत्येक वर्ष चैत १ देखि सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम हुने गरेका छन् । यस वर्ष जनचेतना जगाउन राष्ट्रिय कलाकारसहित…
