समाज

आजको मौसम यस्तो छ

आजको मौसम यस्तो छ

६ चैत,काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भेगका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी…
Read More
पर्वतमा जग्गा कारोबार ठप्प

पर्वतमा जग्गा कारोबार ठप्प

६ चैत,पर्वत । पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ । जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखिनै ठप्प बनेका हुन् । कतिपय पालिकाले भूउपयोग कार्यान्वयन समिति गठन गरे पनि केही पालिकाले गठनसमेत गर्न सकिरहेका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशिका र परिपत्रबमोजिम स्थानीय तहहरुले वर्गीकरणको काम थालनी गर्न नसक्दा जग्गाको कारोबार हुन नसकेको हो । भूउपयोग ऐन २०७६ र नियमावली २०७९ मा जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट, खरिद बिक्री गर्न पाउने व्यवस्था रहेको छ । सोही व्यवस्थाको कार्यान्वयनमा कडाइ गर्न सबै सात सय…
Read More
एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

६ चैत,चितवन । जिल्लाको दुई पालिकामा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका दुई सय ८९ अपाङ्ग बालबालिकामध्ये एक सय ३९ विद्यालय जान नपाएका हुन् । भरतपुरमा अपाङ्गता भएका बालबालिका एक सय दुई र कालिकामा ३७ विद्यालय बाहिर छन् । भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपाङ्गता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घकी शर्मिला तामाङले जानकारी दिनुभयो । उनीहरुलाई घरमा नै गएर सेवा दिइँदै आएको उहाँले बताउनुभयो । इन क्लुसिभ फिउर्चस परियोजनाले दुई…
Read More
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

६ चैत,ढोरपाटन । सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा अहिले गुराँससँग रम्नेको घुइँचोनै लाग्ने गरेको छ । लामो समयको घडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनैभरि फुलेको छ । वनैभरि फुलेका गुराँससँग रम्न बागलुङ र म्याग्दीबाट दैनिक आन्तरिक पुग्ने गरेका छन् । बाह्रै महिना पर्यटकले भरिने सोलेडाँडा यो समयमा कुनै पनि दिन खाली छैन । दुवै जिल्लाबाट मोटर बाटोले जोडिएको सोलेडाँडामा पर्यटक कतिपय गाडी लिएर त कति पैदलयात्रामार्फत यहाँ घुम्न आउने…
Read More
गुठिचौरमा स्वयंसेवक शिक्षक नराखिने

गुठिचौरमा स्वयंसेवक शिक्षक नराखिने

६ चैत,कर्णाली । अब गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ । उक्त गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन, २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९’ कार्यान्वनयमा ल्याउने गरी कार्यपालिकाले पारित गरेको थियो । स्वयंसेवक शिक्षक नियुक्तिको विषयलाई लिएर अध्यक्ष दानबहादुर बुढा र प्रमुख प्रशासकीय अधिकृत देवकी रावतबीच विवाद भएको थियो । यसअघि पनि उक्त पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहबहादुर खत्रीले पनि स्वंयसेवक शिक्षकलाई समानीकरण अनुदानबाट खर्च गर्न नसकिने भन्दै पालिकाको १२औँ गाउँसभाबाट पारित भएको निर्णयअनुसार काम गर्न नसकिने बताउनुभएको थियो । जुम्ला तथा छिमेकी जिल्लाको अभ्यास हेरेर शिक्षक अभाव हल गर्न र…
Read More
दशबुँदे घोषणापत्रजारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

दशबुँदे घोषणापत्रजारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

६ चैत,विराटनगर । दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिकरुपमा सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक–अर्को देशमा प्रवद्र्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ । त्यस्तै महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने जारी घोषणापत्रमा उल्लेख छ । आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने युवा स्रष्टालाई बढीभन्दा…
Read More
कक्षाकोठामै प्राथमिक उपचार

कक्षाकोठामै प्राथमिक उपचार

५ फागुन, बेलबारी ।  मोरङको रमाइलो बजारस्थित एक सामुदायिक विद्यालयमा निःशुल्क प्राथमिक उपचार तथा परामर्श सुरु गरिएको छ । कानेपोखरी गाँउपालिका(६ रमाइलो बजारस्थित जनसेवा नमुना माध्यमिक विद्यालय सञ्चालित यो कार्यक्रममार्फत दैनिक १५ देखि २० जना विद्यार्थीले सेवा लिइरहेका छन् । विद्यालयमा कुल एक हजार तीन सय १७ जना विद्यार्थी अध्ययनरत छन् । जसमा ५५ प्रतिशत छात्रा छन् । कोशी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम सञ्चालनका लागि आवश्यक औषधि विद्यालय आफैले खरिद गर्ने गरेको छ भने केही सामग्री गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ विद्यालयका प्रधानाध्यापक दामोदर सिग्देलको भनाइ छ । “कार्यक्रम अन्तर्गत विद्यालयले छात्रालाई…
Read More
मकै बेचेरै जीविकोपार्जन

मकै बेचेरै जीविकोपार्जन

५ चैत , कमलामाई (सिन्धुली) । जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खानुहोस् रसिलो, पोषिलो, दुधिलो मकै स्वादिलो नून, खुर्सानी, टिमुर खाए मकै, नखाए भोकै’ सिन्धुली सदमुकाम सिन्धुलीमाडी बजारको व्यस्त सडकमा सुनिने यो आवाजले पदैलयात्रुलाई मकैको ठेलासम्म तान्छ । सडक दायाँबायाँ रहेका व्यापारी र व्यवसायी पनि ठेला वरिपरी झुमिन्छन् । लाग्छ, नीरबहादुर विकको कुरा सबैले सुनिरहेका छन्, उहाँले भन्नुभएको कुरा मानिरहेका छन् । पोलेको मकैै बेच्न नीरबहादुरलाई भ्याइनभ्याई हुन्छ । बिहानभर घरमा पिर्सलेर राखेको घोगाको खोस्टा निकालेर कोइलामा मकै पोल्न व्यस्त हुनुहुन्छ, नीरबहादुरकी श्रीमती ४० वर्षीया शान्ता विक । नीरबहादुर रक्तचाप, मधुमेहलगायत…
Read More
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु

तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु

५ चैत , बलेवा । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो । लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भीरमा खसेकी थिइन् । पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूधन न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पु¥याउँदै गर्दा उनको मृत्यु भएको…
Read More
वर्षा नभएका कारण चैते धान उत्पादनमा कमी

वर्षा नभएका कारण चैते धान उत्पादनमा कमी

प्रशिक्षार्थी  सिमा चौधरी ३ चैत्र ,राजापुर -२ जाेतपुर  । राजापुरमा नगरपालिकामा नदीमा पानी सतह कम भएको कारण चैते धानखेती प्रभावित भएको छ । नदीको पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । राजापुरमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण चैते धान उत्पादनमा कमी आएको हो । यसपालि नदीहरूमा पानीको सतह कम भएको कारणले किसानहरुलाई चैते धान उत्पादन गर्न धेरै नै समस्या देखा परेको स्थानीय खन्टुवा थारूले बताउनुभयो ।
Read More
Page 349 of 452
1 … 347 348 349 350 351 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.