समाज

राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु : यादव

राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु : यादव

३ चैत,काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै नेपाललाई समृद्ध मुलुकका रुपमा विकास गर्ने बताउनुभएको छ । आफू उपराष्ट्रपतिमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “संविधानको पालना, रक्षा र राष्ट्रिय एकतालाई प्रवर्द्धन मेरो प्राथमिकता हुनेछ ।” नेपाललाई क्षमतामूलक समृद्ध मुलुकका रुपमा विकास गर्न आफूले भूमिका निर्वाहमा उहाँले जोड दिनुभयाे । यादवले उपराष्ट्रपतिमा आफू निर्वाचित भए राष्ट्रपतिको सहयोगीका रुपमा भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो । उहाँले संविधानमा भएको व्यवस्थाअनुसार इमान्दारिताका साथ जनताको हितमा काम गर्ने भनाइ व्यक्त गर्नुभयो । उपराष्ट्रपति निर्वाचनका लागि विहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । उपराष्ट्रपति पदका लागि जनता…
Read More
सुत्केरीलाई पोषण खर्च

सुत्केरीलाई पोषण खर्च

३ चैत,दमौली । स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालयमार्फत चालु आर्थिक वर्षमा सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउन लागेको हो । लक्षित समूहका आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याई स्वास्थ्य अवस्था सुदृढ गर्नका लागि सुत्केरी भएको ४५ औँ दिनसम्म पोषिलो खानाका लागि पोषण खर्च उपलब्ध गराउन लागिएको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरीलाई एकमुष्ठ रु नौ हजार प्रदान गरिनेछ । कार्यालयले सुत्केरीलाई पोषण खर्चबापतको रकम उपलब्ध गराउनका लागि सबै स्थानीय तहसँग विवरण माग गरेको छ । “चालु आर्थिक वर्ष २०७९-८० को साउन महिनादेखि सुत्केरी…
Read More
गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय

गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय

३ चैत,काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरीमा छुट्टै कार्यालय स्थापना गरेर त्यस क्षेत्रलाई अझै व्यवस्थित गर्ने भएको छ । कोषको स्थापनादेखि नै गुह्येश्वरी मन्दिर क्षेत्र पनि पशुपतिको चार किल्लाभित्र पर्ने ऐनमा व्यवस्था गरिएको छ । मन्दिर क्षेत्रलाई थप व्यवस्थित गर्न गुह्येश्वरीमा छुट्टै कार्यालय खोलिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रलाई थप व्यवस्थित गर्न सकिए यहाँ आन्तरिक र बाह्य पर्यटकको भ्रमण बढाउन सकिने विश्वास लिएको कोषले जनाएको छ । कोषले विसं २०६८ मा पशुपतिनाथ मन्दिरको भेटीघाटी पारदर्शी गर्न नियमावली जारी गरेको थियो । नियमावलीअनुसार पशुपति क्षेत्रको मुख्य मन्दिरका रुपमा रहेको पशुपतिनाथको भेटीघाटी…
Read More
विसं २०८० : सार्वजनिक सेवा प्रवाह, पर्व र बिदा

विसं २०८० : सार्वजनिक सेवा प्रवाह, पर्व र बिदा

३ चैत,काठमाडौँ । नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ । मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैंँ (कात्तिक ४ देखि ९ सम्म), तिहार (कात्तिक २६ देखि ३० सम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, दुवै इद (इद उल फित्र र इद उल अजहा), महाशिवरात्रि र फागुपर्वमा मुलुकभरि सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।…
Read More
स्याउमा रोग लाग्दा किसान चिन्तित

स्याउमा रोग लाग्दा किसान चिन्तित

३ चैत,जुम्ला । स्याउका बिरुवामा रोग कीरा लाग्दा जुम्लाका किसान चिन्तित बनेका छन् । जुम्ली किसानको मुख्य आम्दानीको स्रोत स्याउ भएकाले उत्पादनमा कमी आउने हो कि भनेर स्याउ किसानलाई चिन्तित बनाएको तिला गाउँपालिका–१ का नर रावतले बताउनुभयो । कीराको सङ्क्रमण स्याउ बगैँचमा फेला पर्ने बित्तिकै कृषि प्राविधिकको परामर्श लिने गरेको छु । सिँचाइ, मलखादको चिन्ता छैन । रोग कीराबाट स्याउका बिरुवा कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको तिला गाउँपालिका–२ स्याउ किसान दलबहादुर रावतले जानकारी दिनुभयो । स्याउ बगैँचामा बिरुवा रोप्न जति सजिलो छ, त्यसभन्दा बढी बिरुवा हुर्काएर स्याउ फलाउन कठिन छ । स्याउ किसान रावतले भन्नुभयो, “वर्षँैपिच्छे कुनै न कुनै रोग…
Read More
स्वास्थ्य जोखिममा पारेर गर्भपतन

स्वास्थ्य जोखिममा पारेर गर्भपतन

३ चैत,ढोरपाटन । अहिले बजारका औषधि पसलमा गर्भपतन गराउने औषधि छ्याप्छ्प्ती पाइन्छन् । कानुनतः सरकारले अनुमति दिएका औषधि पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधि बेच्न पाउने हो । तर धेरै निजी अस्पतालले जथाभावीरूपमा यस्ता औषधि बेच्ने गरेका छन् । पछिल्लो समय असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण गर्भपतन गराउने क्रम बढ्दो छ । बागलुङमा गर्भपतन गराउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६-७७ मा पाँच सय ७६ जनाले गर्भपतन गराएका थिए । बीस वर्षमुनिका छ जना छन् भने त्यसभन्दा माथिका पाँच सय ७० छन् । आव २०७७-७८ मा छ सय ९८ जनाले…
Read More
किरियापुत्रीद्वारा मतदान

किरियापुत्रीद्वारा मतदान

३ चैत,काठमाडौँ । उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको हो । पिता लोकराजको निधनमा आशोच बारिरहनुभएका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गर्नुभएको हो । उहाँ आजै दिउँसो पोखरा फर्कँदै हुनुहुन्छ । राससको जिज्ञासामा उहाँले भन्नुभयो, “संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।”
Read More
बेलारुसमा अलपत्र महिलालाई स्वदेश फर्काउन माग

बेलारुसमा अलपत्र महिलालाई स्वदेश फर्काउन माग

३ चैत,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गर्नुभएको छ । उद्धार अभियानद्वारा यहाँ बिहीबार आयोजित कार्यक्रममा खतिवडाले विभिन्न वैदेशिक रोजगार व्यवसायी कम्पनीले झुक्याएर उनीहरूलाई ‘भिजिट भिसा’मा त्यहाँ पु¥याएको खबर प्राप्त भएकाले सरकारले अविलम्ब कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पीडितहरूले विदेशमा आफूहरू अलपत्र भएकाले उद्धार गर्न समाजिक सञ्जालमार्फत हारगुहार गरेको कुरा सञ्चारमाध्यममा आएकाले यथाशीघ्र उद्धार गरी उनीहरूलाई बेलारुस लैजाने कम्पनी र एजेन्टलाई कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो । उद्धारमा क्रियाशील अभियानकर्मी कृतु भण्डारीले पीडितले सामाजिक सञ्जालका माध्यमबाट उद्धार गर्न…
Read More
पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु

पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु

३ चैत,अन्नपूर्ण (कास्की) ।पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।  
Read More
कृषि विश्वविद्यालयका डिन दत्त निलम्बनमा

कृषि विश्वविद्यालयका डिन दत्त निलम्बनमा

३ चैत,चितवन । कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो । गत मङ्गलबार भएको जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको थियो । त्यस्ता दुईवटा भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरेर छानबिन समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई निलम्बन गरेर तीन सदस्यीय छानबिन समिति बनाएको जानकारी दिनुभयो । विश्वविद्यालयका प्राध्यापक डा श्रवणकुमार साहको संयोजकत्वमा प्रा डा दुर्गा देवकोटा…
Read More
Page 351 of 452
1 … 349 350 351 352 353 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.