समाज

गाँजासहित चार पक्राउ

गाँजासहित चार पक्राउ

२ चैत,वीरगञ्ज । प्रहरीले टोलीले पर्साको पर्सागढीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा वीरगञ्ज महानगरपालिका–३२ निवासी रामतुल्लाह मियाँ, चितवनको राप्ती नगरपालिका–१२ निवासी सहमुल पुजा, रामविलास पुजा र मर्कुस पुजा रहेको प्रहरीले जनाएको छ । जीतपुर बाराबाट ना२ह ३०८ नम्बरको अटोमा सवार भई मनवातर्फ जाँदै गरेका चार जनालाई शङ्का लागेर आज बिहान जाँच गर्ने क्रममा २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
Read More
परम्परागत गाईपालनमा रमाउँदै किसान

परम्परागत गाईपालनमा रमाउँदै किसान

२ चैत,महोत्तरी । यहाँको बर्दिवास नगरपालिका–७ जुरेटोलका किसान वचनदेव यादवले स्थानीय जातका एक सय गाई पाल्नुभएको छ । यादवलाई ‘ल न अब चैँ मेरो बारीमा गाई ओलार (मलको प्रयोजनका लागि बारीमा चारैतिर ढाट लगाएर गाई राख्ने) राखी दिनु’ भन्दै किसानहरु आउँछन् । यादवको वर्षको आधा समय त विभिन्न गाउँ बस्तीमा गाई डुलाएर बित्छ । “स–साना बाछाबाछीसहित गोठमा पुगनपुग एक सय गाई छन्, जिल्लाकै सुदूरदक्षिणी भेग र छिमेकी जिल्ला सर्लाहीका विभिन्न बस्तीबाट मलकै लागि गाई ओलार राखी दिन थुप्रै किसान भन्न आउँछन्”, वचनदेव भन्नुहुन्छ, “सघन वर्षाका महिनाबाहेक अरु बेला त ठाउँठाउँमा डुलेरै बित्छ ।” यसरी गाई ओलार राख्न लगिँदा गोठालाको खाना…
Read More
बेनी-जोमसोम सडकमा दैनिक छ घण्टा यातायात बन्द

बेनी-जोमसोम सडकमा दैनिक छ घण्टा यातायात बन्द

२ चैत,म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक छ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिनुभयो । “चैते दशँैको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ,”…
Read More
भानु स्मृति पार्कको डिपिआर तयार

भानु स्मृति पार्कको डिपिआर तयार

२ चैत,दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानु स्मृति पार्क निर्माण गरिने भएको छ । भानु नगरपालिका-४ पुरनडिहीमा भानु स्मृति पार्क निर्माण गर्न लागिएको हो । भानुभक्तको जन्मथलोलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गर्न लागिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो । जन्मस्थल विकास समितिको कार्यालयभन्दा एक किलोमिटर टाढा रहेको उक्त ठाउँमा भानु स्मृति पार्क निर्माणका लागि डिपिआर तयार भएको छ । सहरी विकास मन्त्रालयले सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत पार्कको डिपिआर तयार गरेको रानाभाटले बताउनुभयो । “भानु जन्मस्थललाई साहित्यिक पर्यटनको थलो बनाउने उद्देश्यसहित विभिन्न पूर्वाधार निर्माण गर्दै जाने उद्देश्य राखिएको छ, सोही उद्देश्यलाई…
Read More
मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गरिँदै

मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गरिँदै

२ चैत,कञ्चनपुर । न्यायिक कार्यलाई छिटो छरितो, पारदर्शी र सर्वसाधारणको पहुँचमा पु¥याउन लागि शुक्लाफाँटा नगरपालिका मेलमिलापकर्ताको क्षमता अभिवृद्धिको काम अगाडि बढाएको छ । यसका लागि नगरपालिकाले आजदेखि तीनदिने पुनर्ताजगी तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । सर्वसाधारणलाई घरदैलोमै मेलमिलापका माध्यमबाट न्याय प्रदान गर्नका लागि मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने काम सुरु गरिएको नगर उपप्रमुख कल्पना जोशी पन्तले बताउनुभयो । “न्यायिक समितिमा आउने विवाद दर्ता गरिसकेपछि सिधै मेलमिलापका लागि वडामा सूचीकृत मेलमिलापकर्ता कहाँ पठाउने कार्य हुन्छ”, उहाँले भन्नुभयो, “मेलमिलाप हुन नसकेका विवादलाई वडाका मेलमिलापकर्ताले सिधै न्यायिक समितिमा सिफासि साथ पठाउनेछ, वडाबाट समितिमा पठाइएका विवाद समाधान नभए सम्बन्धित निकायमा पठाउँछौँ ।” यसअघि…
Read More
आयोगको ध्यानाकर्षण

आयोगको ध्यानाकर्षण

२ चैत,काठमाडौँ । निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न-नगराउन ध्यानाकर्षण गराएको छ । उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आज आयोगले प्रेस विज्ञप्ति जारी गरी सो ध्यानाकर्षण गराएको हो । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनकोे ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु भइरहेको विज्ञप्ति मार्फत स्मरण गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा यस अवधिमा…
Read More
जुम्लामा बालविवाहमुक्त अभियान

जुम्लामा बालविवाहमुक्त अभियान

२ चैत,जुम्ला । जुम्लाको तिला गाउँपालिकाले बालविवाहमुक्त अभियान सुरु गरेको छ । सो गाउँपालिकाको वडा नं ६ बाट उक्त अभियान थालनी गरेको हो । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले पालिकामा रहेका नौ वडामध्ये वडा नं ६ लाई सबैभन्दा पहिले बालविवाह तथा बालमैत्री वडा घोषणा गर्ने तयारी भएको छ । यस वडामा घोडे, रिपी र सुडी गाउँ पर्छन् । समग्र गाउँपालिकालाई नै बालविवाहमुक्त तथा बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्यअनुसार अभियान सञ्चालन भइरहेको जनाउँदै पहिलो पटक वडा नं ६ लाई घोषणा गरिने र आगामी हप्ताभित्र सो घोषणा गरिने उहाँले बताउनुभयो । बालबिवाहमुक्त अभियानका लागि बालविवाह तथा बालमैत्री स्थानीय शासन निर्देशिकाले तोकेका…
Read More
पर्यटकीय गन्तव्य बन्दै पुरानोकोट गढी

पर्यटकीय गन्तव्य बन्दै पुरानोकोट गढी

२ चैत,लमजुङ । एतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्यको रूपमा पर्न थालेको छ । यहाँ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयायन मन्त्रालय र बेँसीसहर नगरपालिकाको संयुक्त लगानीमा वडा नं ४ स्थित पुरानोकोट गढीमा शान्ति स्तूपा तथा भ्यू टावर निर्माण गरिएपछि यतिबेला पर्यटकको आवागमन बढ्न थालेको हो । नेपालका बाइसे–चौबिसे राजाको पालामा बनेको उक्त गढीमा निर्माण गरिएको संरचना हेर्न, तथा सो क्षेत्रबाट आसपासका प्राकृतिक दृश्य नियाल्न यतिबेला पर्यटकको आगममन बढ्दो छ । स्थानीयवासी देवबहादुर गुरुङले भन्नुभयो, “सोही स्तूपा तथा भ्यू टावर वरपर कालु शाहकी रानीको दरबार रहेको सो स्थानलाई यशोबह्म शाहको पालादेखि पुरानोकोट गढीका रुपमा स्थापित हुँदै आएको छ ।…
Read More
अलपत्र चारलेन सडक निर्माणको काम सुरु

अलपत्र चारलेन सडक निर्माणको काम सुरु

२ चैत,राँझा । बाँकेको खजुराबजार क्षेत्रमा लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण सुरु भएको छ । खजुरा गाउँपालिका, स्थानीय र सरोकारवाला निकायले पटक–पटक आग्रह गरेपछि ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले बुधबारदेखि काम सुरु गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले जानकारी दिनुभयो । सडक डिभिजन नेपालगञ्ज अन्तर्गत बाँकेको खजुरा बजारमा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र हुँदा जनताले सास्ती बेहोर्नु परेको छ । समयमै सडक नबन्दा जनताले दुःख पाइरहेको अवस्थालाई ध्यान दिँदै सडक निर्माणका लागि पहल गरिएको अध्यक्ष विकले बताउनुभयो । विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई…
Read More
उमेर पुगेपछि विवाह गरे रू दश हजार पुरस्कार

उमेर पुगेपछि विवाह गरे रू दश हजार पुरस्कार

२ चैत,मान्म । कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ । चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई रू १० हजार दिने निर्णय गरेको हो । बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाध्यक्ष प्रेमबहादुर शाहीले बताउनुभयो । उहाँले वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्दै बालविवाह रोक्न यस्तो नीति लिइएको बताउनुभयो । वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर…
Read More
Page 353 of 452
1 … 351 352 353 354 355 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.