गाँजासहित चार पक्राउ

Share Icon

२ चैत,वीरगञ्ज । प्रहरीले टोलीले पर्साको पर्सागढीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा वीरगञ्ज महानगरपालिका–३२ निवासी रामतुल्लाह मियाँ, चितवनको राप्ती नगरपालिका–१२ निवासी सहमुल पुजा, रामविलास पुजा र मर्कुस पुजा रहेको प्रहरीले जनाएको छ ।

जीतपुर बाराबाट ना२ह ३०८ नम्बरको अटोमा सवार भई मनवातर्फ जाँदै गरेका चार जनालाई शङ्का लागेर आज बिहान जाँच गर्ने क्रममा २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.