Share Icon

२९ असाेज, काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा साेमबार अष्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएकाे छ।

दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा रहेका हुन् । १० टोली सहभागी प्रतियोगितामा अंक विहीन अष्ट्रेलिया पुछारमा छ भने श्रीलंका आठौं स्थानमा रहेको छ ।

पहिलो खेलमा आयोजक भारतसँग पराजित भएकाेअष्ट्रेलिया दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । श्रीलंकालाई भने पहिलो खेलमा दक्षिण अफ्रिका तथा दोस्रोमा पाकिस्तानले पराजित गरेकाे हाे ।

यसअघि आइतबार भएको खेलमा अफगानिस्तानले इंग्ल्यान्डलाई झट्का दिएको छ । दिल्लीमा आइतबार राति भएको खेलमा इंग्ल्याण्डलाई अफ्गानिस्तानले ६९ रनले पराजित गरेकाे हो । जितसँगै अफ्गानिस्तानले एक दिवसीय विश्वकप क्रिकेटमा अंकको खाता खोलेको छ ।

तिन खेलमा अफ्गानिस्तानको यो पहिलो जित हो भने इंग्ल्याण्डको दोस्रो हार हो ।

Facebook Comments Box

Share Icon