Share Icon

२९ असाेज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताउनुभयो ।

सोमबारबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति लामिछानेले राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको बताउनुभयो ।

उहाँले यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरुप्रति कहिले काहीँ विषय केन्द्रित कटाक्ष गरेपनि मुलुकको परिवर्तनमा उहाँहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने आट, साहस र योजना नरहेको बताउनु भयो । उहाँले परिवर्तनमलाई अवमूल्यन गर्ने आफूहरुको नरहेको पनि बताउनुभयो ।

सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताउनुभयो । उहाँले पुराना राजनीतिक दलहरुमा अझै पनि राणा शासन कायम रहेको बताउनुभयो ।

देशले व्यवस्था बदलेको भएपनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको पनि उहाँले बताउनुभयो ।

Facebook Comments Box

Share Icon