Share Icon

२९ असाेज, काठमाडौं । चीनको हाङझावमा हुने चौथो एशियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाई गरिएको छ ।

साेमबार टोलीलाई सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबीच बिदाई गर्नुभएको हो ।

अक्टोबर २२ देखि २८ तारिखसम्म हुने पारा खेलकुदमा विभिन्न १० खेलमा १९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । साथै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि पारा खेलकुदका लागि हाङझाव जाने हुनुभएकाे छ।

Facebook Comments Box

Share Icon