कृष्णपुरका पाँच स्थानमा छाडा चौपाया व्यवस्थापन
२ चैत,कञ्चनपुर । कृष्णपुर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि नगरपालिकाका पाँच स्थान तोकिएका छन् । निगाली, वनहरा, गजविजुला, वनदेवी र ग्वासी समैजीमा एक हजार एक सय छाडा चौपाया व्यवस्थापन गरिएको छ । छाडा चौपायाका लागि तत्काल टहरा र ‘मेसवायर’ जडान गरी व्यवस्थापन गरिएको नगर प्रमुख हेमराज ओझाले बताउनुभयो । “जेठ महिनाभित्रै स्थायी प्रकृतिका भौतिक पूर्वाधार निर्माण गरी छाडा चौपाया व्यवस्थापनको कार्यलाई टुङ्गोमा पुयाउछौंँ” उहाँले भन्नुभयो, “त्यसका लागि कार्य अगाडि बढाइसकेका छौंँ ।” उहाँका अनुसार हालसम्म छाडा चौपाया व्यवस्थान गर्नका लागि रु १६ लाख बढी रकम खर्च गरिएको छ । छाडा चौपाया व्यवस्थापन गरिएका पाँच…
