श्रीकृष्ण प्रणामी धर्म जागनी अन्तर्राष्ट्रिय महोत्सव २०७९ मा असी लाख सङ्कलन
१ चैत,भक्तपुर । पहिलो पटक आयोजना गरिएको ‘अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९’ आज सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका–६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा फागुन २४ गतेदेखि सञ्चालन भएको महायज्ञसहितको महोत्सवमा दाताहरुबाट रु ८९ लाख सङ्कलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं महोत्सव आयोजक समितिका सचिव धर्मराज कार्कीले जानकारी दिनुभयो । दैनिक १३ हजारसम्म भक्तजनको उपस्थिति रहेको महोत्सवमा नेपालका ७७ वटै जिल्ला र भारतका बिभिन्न प्रान्त एवं अमेरिकाबाट समेत आएका भक्तजनको सहभागिता रहेकोे उहाँले जानकारी दिनुभयो । महोत्सवमा जगतगुरु सूर्यनारायणले मन्दिरको गजुर प्रतिस्थापन एवं मन्दिर उद्घाटन गर्नुभएको थियोे । महोत्सवमा करिब रु ६० लाख खर्च भएको सचिव कार्कीले जानकारी…
