कृषकलाई अनुदानमा हाते ट्र्याक्टर

Share Icon

२ चैत,गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ ।

गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिनुभयो ।

कृषि पेसामा नै आत्मानिर्भर बन्दै आएका कृषक छनोट गरेर गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको उहाँले बताउनुभयो ।

“हामीले सार्वजनिक सूचनामार्फत आवेदनका लागि आह्वान गरेका थियाँै”, उहाँले भन्नुभयो, “आवेदन दिएका एक सय ३५ जनामध्ये छनोट गरेर ट्र्याक्टर वितरण गरिएको हो”, परम्परागत शैलीमा खेती गर्दै आएका कृषकको कृषि पेसालाई प्रविधिमैत्री बनाउँदै कृषिमै उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि सहयोग पु¥याउने उद्देश्यले पालिकाले अनुदानमा ट्र्याक्टर वितरण गरेको अध्यक्ष गुरुङ्गको जानकारी दिनुभयो ।

यसबाट कृषिकर्मलाई काम छिटो, छरितो बनाउनुका साथै कृषि क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउँदै लैजान सकिने उहाँको भनाइ छ ।

“पुराना कृषि प्रविधिको माध्यमबाट मात्रै अब कृषि उत्पादनमा वृद्धि गर्न गाह्रो हुन्छ, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, “जोत्नका लागि गोरु पाल्न छोडे, जग्गा बाँझो बस्न थाल्यो, बाँझो जमिनमा खेती गर्न कृषकलाई हौसला प्रदान गर्न ट्र्याक्टर वितरण गरिएको हो ।”

पालिकाभित्रका सबै वडाका कृषकलाई समेट्ने गरी ट्र्याक्टर वितरण गरिएको उहाँको भनाइ छ । “हामीले निवेदन परेका कृषक वास्तविक कृषक हुन् की होइनन् पुष्टि गरेर मात्र अनुदानमा ट्र्याक्टर उपलब्ध गराएका हाँै”, गुरुङले भन्नुभयोे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.