‘टोकन–टाइम’ प्रणालीले काभ्रेका सेवाग्राहीलाई सहज
६ चैत,काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालयले ‘टोकन’ र ‘टाइम कार्ड’ लागू गरेपछि राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीलाई सहज भएको छ । कार्यालयले सेवाग्राहीको राहदानी र परिचयपत्रका फाराम भरेर फोटो खिचिदिन थालेपछि सहज बनेको हो । यसअघि राहदानीका लागि बाहिरबाट फाराम भर्न नसकेका नागरिक दैनिक कार्यालयमा बिहान ३ बजेदेखि नै लाइन बस्ने गरेका थिए । कार्यालयले हाल बिदाका दिनमा समेत नागरिकको अनलाइन फाराम भरेर फोटो खिचिदिने गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राहदानी लिन अनलाइन फाराम भर्नैपर्ने कठिन अवस्थालाई सहज र सरल बनाउन टोकन र टाइम कार्ड प्राणाली लागू गरेपछि सेवामा सरल र सहज बन्दै गएको बताउनुभयो ।…
