समाज

ठेकेदारको लापरवाहीले पुल अधुरै

ठेकेदारको लापरवाहीले पुल अधुरै

बाँके । बाँकेमा ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँच पुल अधुरै छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न गरेका छैनन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँकेमा निर्माण भइरहेका सातवटा पुलमध्ये पाँचवटाको काम अधुरै रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जीनियर ललितबहादुर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न हुन नसकेका पाँच पुलमध्ये गाल्भा÷सिद्धार्थ दर्शन जेभीले ठेक्का पाएका तीन र अञ्जना यादव जेभीले ठेक्का पाएका दुईवटा पुल अझै अधुरै छन् । ती पुलमध्ये गाल्भाले निर्माण गरिरहेका तीन पुलको काम सम्पन्न गर्नुपर्ने समय एक वर्ष थपिएकामा सो समय पनि सकिन…
Read More
कचनापुरमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते

कचनापुरमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते

उमेश दलामी बाँके । राप्तीसोनारी २ मा ट्याक्टर दुर्घटना हुँदा ६ घाइते भएका छन् । मुगुवा खाेलाबाट टिकुलिपुरका लागि छुटेकाे भे १ त ६२२४ नम्बरको ट्याक्टर आज विहान करिब १०:४५ बजेतिर ओभर लाेडका कारण अनियन्त्रीत भई ट्याक्टर दुर्घटना भएको राप्ती राप्तीसोनारी २ अगैया का प्रहरी कार्यालय बाँकेका प्रमुख राम बहादुर चन्दले जानकारी दिएका हुन । चन्दका अनुसार ट्याक्टरमा सवार ६ जना मध्ये १ जनाकाे हात खुट्टामा चाेटपटक लागेकाे छ भने १ गम्भीर घाइते छन भने अन्यकाे सामान्य रहेकाे छन् । घाइतेहरूलाई भने नेपालगञ्ज मेडिकल कलेजमा उपचारकाे लागि लगिएकाे छ भने केहीकाे राप्तीसाेनारीमा प्राथमिक उपचार भइरहेकाे चन्दले जानकारी दिए ।
Read More
भारतबाट आएका ७ जनामा कोरोना पुष्टि

भारतबाट आएका ७ जनामा कोरोना पुष्टि

♦ उमेश दलामी १२ बैशाख , बाँके । नेपालगञ्जमा मंगलबार ७ जनालाई कोरोना देखिएको छ। भारतका विभिन्न ठाउँबाट आएका १ सय १७ जनालाई जाँच गर्दा सात जनामा कोरोना देखिएको हो। उनीहरुलाई नेपालगञ्ज नाकामा जाँच गरिएको थियो। कोरोना देखिएका सात जनामध्ये ६ जना बाँके र एक जना दाङ जिल्लाका छन्। बाँकेको राप्तीसोनारी गाउँपालिकाका ४ जना, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाका एक–एक जना रहेका छन्। उनीहरु भारतको जम्बु काश्मिरबाट आएका हुन्। नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले कोरोना देखिएकाहरुमा सामान्य लक्षण देखिएको र आत्तिनु पर्ने अवस्था नरहेको बताउनुभयाे।
Read More
कामपाले विद्यालयमा सुरु गर्‍यो सीपमूलक शिक्षा कार्यक्रम

कामपाले विद्यालयमा सुरु गर्‍यो सीपमूलक शिक्षा कार्यक्रम

१२ वैशाख,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको माध्यमिक तह कक्षा ९ देखि १२ सम्म सीपमूलक कार्यक्रम थालनी गरेको छ । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहीत आजबाट उक्त कार्यक्रमको थालनी गरेको हो । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्न कार्यक्रम थालनी गरिएको कामपाका प्रमुख बालेन्द्र साहले बताउनुभयो । कार्यक्रमका चालु आर्थिक वर्षका लागि रु एक लाख विनियोजन गरिएको थियो भने आगामी आर्थिक वर्षका लागि प्रत्येक विद्यालय रु दुई लाखका दरले बजेट बिनियोजन गरिएको उहाँको भनाइ छ । कार्यक्रम अन्तर्गत ९० घण्टे तालिमका…
Read More
मापदण्डविपरीतका संरचना हटाउँदै सिरहा नगरपालिका

मापदण्डविपरीतका संरचना हटाउँदै सिरहा नगरपालिका

१२ वैशाख,गोलबजार । सिरहा नगरपालिकाले सिरहा–माडर सडक खण्डमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र सहरी सुन्दरता विगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई ३० मिटर चौडा बनाउन मापदण्डविपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ । वडा नं ७ को थाना चोकबाट वडा नं १७ माडर खटौँकासम्मका नियमविपरीतका संरचना हटाउन सुरु गरिएको नगर प्रमुख डा नवीनकुमार यादवले बताउनुभयो । “मापदण्डविपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउँछौँ”, उहाँले भन्नुभयो, “विकास निर्माणमा बाधा नपु¥याउन सबैपक्ष समक्ष आग्रह गर्दछु ।”
Read More
खजुरा गाउँपालिकाले फुसका छाना हटाउँदै

खजुरा गाउँपालिकाले फुसका छाना हटाउँदै

१२ वैशाख,नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत विशेष अनुदानमा फुसका छाना हटाउने भएको छ । गाउँपालिकाभित्रका सबै फुसका घरमा जस्तापाता लगाएर पालिकालाई फुसको छानारहित घर बनाउन योजना अघि बढाइएकोे खजुरा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पहिलो चरण अन्तर्गत चालु आर्थिक वर्षमा एक सय ५६ घरधुरीमा फुसका छाना हटाएर टिनको छाना लगाइने जानकारी दिनुभयो । “लाभग्राहीसँग सम्झौता सुरु भइसकेको छ, यसलाई वैशाख १४ गतेभित्र सक्ने गरी काम भएको छ”, उहाँले भन्नुभयो । एउटा घरका लागि रु ५० हजार बजेट छुट्टाइएको छ । यसका लागि गाउँपालिकाले केही समयअघि सूचना प्रकाशित गरेर टिनको छाना लगाउन…
Read More
सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस

सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस

१२ वैशाख,काठमाडौँ । संसद्मा भूकम्प स्मृति दिवस, आगलागी, किसानको अनशन, नेपालको हवाई सुरक्षा, आर्थिक सङ्कट र भ्रष्टाचारलगायतका विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले तटबन्ध, नदीकटान, सिँचाइ, मलसँग जोडिएका विषयबस्तुबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो । नेकपा (एमाले)का सूर्यप्रसाद ढकालले यही वैशाख ८ गते बाँकेको नरेनापुरमा आगालागीबाट धेरै घर जलेर नष्ट हुनाका साथै रु २५ लाखभन्दा बढीको सम्पत्ति क्षति भएकाले पीडितलाई राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङले नुवाकोट ककनी गाउँपालिका–२ का श्रीराम घिमिरे कृषि र कृषकसम्बन्धी पाँचबुँदे माग राखेर एक सातादेखि काठमाडौँको भूगोल पार्कमा अनशन बस्नुभएकाले उहाँको माग सम्बोधन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो…
Read More
धार्मिक तथा पुरातात्विक संरचना पुनःनिर्माणमा अन्योल

धार्मिक तथा पुरातात्विक संरचना पुनःनिर्माणमा अन्योल

१२ वैशाख,त्रिशूली । आठ वर्षअघिको भूकम्पका कारण क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहितका साँस्कृतिक तथा पुरातात्विक संरचनाको पुनः निर्माण अझै अन्योल अवस्थामा छ । भूकम्पले क्षति पु¥याएको नुवाकोटको साततले दरबारसहित दरबार क्षेत्रमा रहेका विभिन्न आठवटा ऐतिहासिक संरचना, तुलजा भवानीको मन्दिर (दरबार)सहित नुवाकोटका गुम्बाको पुनःनिर्माण अझै हुन सकेको छैन । साततले दरबारसहित आसपासका धार्मिक तथा सांस्कृतिक संरचनाको पुनःनिर्माण चीन सरकारमार्फत पुनःनिर्माण गर्ने सम्झौता भए पनि हालसम्म काम सुरु नभएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालले बताउनुभयो । उहाँको अनुसार पुनःनिर्माणको जिम्मेवारी लिएको चिनियाँ पक्षले काम गर्ने भन्दै केही प्राविधिक कार्यक्षेत्रमा खटिए पनि काम सुरु हुन बाँकी छ । “चीन सरकारले…
Read More
आद्य शङ्कराचार्य र जगद्गुरु रामानुजाचार्य जयन्ती मनाइँदै

आद्य शङ्कराचार्य र जगद्गुरु रामानुजाचार्य जयन्ती मनाइँदै

१२ वैशाख,काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्लपञ्चमीका दिन मनाइने आद्य शङ्कराचार्य र जगद्गुरु रामानुजाचार्य जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । वैदिक सनातन धर्म पुनःस्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न मठ, पीठ एवं गुरुकुलमा उहाँको योगदानबारे चर्चा गरिन्छ । दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरु र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो । ्बुर ढेसकालसम्म पनि सन्तान नभएपछि शिवगुरु र विशिष्टादेवीले भगवान् शिवको आराधना गरी पुत्र प्राप्त गरेको विभिन्न ग्रन्थमा उल्लेख छ । ‘शङ्कर शङ्कराचार्यम्’ अर्थात्…
Read More
कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा सात कम्पनीको आवेदन

कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा सात कम्पनीको आवेदन

१२ वैशाख,काठमाडौँ । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि सात कम्पनीको आवेदन परेको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि आवदेन दिने यही वैशाख १० गतेसम्मका लागि समयसीमा तोकिएकामा सात कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । “धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न सिफारिसका लागि तथा वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्नु पूर्व स्वीकृतिका लागि निवेदन माग गरिएको थियो,” बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बोर्डकाअनुसार कमोडिटिज एक्सचेञ्जतर्फ मल्टी डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड…
Read More
Page 269 of 452
1 … 267 268 269 270 271 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.