मापदण्डविपरीतका संरचना हटाउँदै सिरहा नगरपालिका

Share Icon

१२ वैशाख,गोलबजार । सिरहा नगरपालिकाले सिरहा–माडर सडक खण्डमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र सहरी सुन्दरता विगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो ।

नगरभित्रका मुख्य सडकलाई ३० मिटर चौडा बनाउन मापदण्डविपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ । वडा नं ७ को थाना चोकबाट वडा नं १७ माडर खटौँकासम्मका नियमविपरीतका संरचना हटाउन सुरु गरिएको नगर प्रमुख डा नवीनकुमार यादवले बताउनुभयो ।

“मापदण्डविपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउँछौँ”, उहाँले भन्नुभयो, “विकास निर्माणमा बाधा नपु¥याउन सबैपक्ष समक्ष आग्रह गर्दछु ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.