Share Icon

उमेश दलामी
बाँके ।
राप्तीसोनारी २ मा ट्याक्टर दुर्घटना हुँदा ६ घाइते भएका छन् ।

मुगुवा खाेलाबाट टिकुलिपुरका लागि छुटेकाे भे १ त ६२२४ नम्बरको ट्याक्टर आज विहान करिब १०:४५ बजेतिर ओभर लाेडका कारण अनियन्त्रीत भई ट्याक्टर दुर्घटना भएको राप्ती राप्तीसोनारी २ अगैया का प्रहरी कार्यालय बाँकेका प्रमुख राम बहादुर चन्दले जानकारी दिएका हुन ।

चन्दका अनुसार ट्याक्टरमा सवार ६ जना मध्ये १ जनाकाे हात खुट्टामा चाेटपटक लागेकाे छ भने १ गम्भीर घाइते छन भने अन्यकाे सामान्य रहेकाे छन् ।

घाइतेहरूलाई भने नेपालगञ्ज मेडिकल कलेजमा उपचारकाे लागि लगिएकाे छ भने केहीकाे राप्तीसाेनारीमा प्राथमिक उपचार भइरहेकाे चन्दले जानकारी दिए ।

Facebook Comments Box

Share Icon