पशुपालनबाट आत्मनिर्भर बन्दै कृषक
१५ वैशाख , हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेमा एउटा परिवार आफ्नै मेहनतमा रमाइरहेको छ । पैसा कमाउन विदेश जानुभन्दा पनि स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण भोर्लेका प्रवीण दङ्गालको दम्पतीले प्रस्तुत गर्नुभएको छ । सरकारी वा गैरसरकारी क्षेत्रको जागिरभन्दा पनि आफ्नै मेहनतमा धेरै पैसा कमाउन सकिन्छ भन्ने उद्देश्यले दङ्गालले चार वर्ष अगाडिदेखि व्यावसायिकरुपमा गाईपालन गर्दै आउनुभएको हो । अहिले घाँस नपाउने समयमा पनि प्रवीण र उहाँकी श्रीमती रमाले नौवटा गाई पाल्नुुभएको छ । गोठमा लस्करै गाई बाँधिएका छन् । गाईपालनबाट आम्दानी पनि राम्रै हुने गरेको छ । पछिल्लो समयमा ढुटो, चोकर, दाना, परालको मूल्य बढे पनि गाईको दूध…
