समाज

आजको मौसम : यी प्रदेशमा हल्का हिमपातको सम्भावना

आजको मौसम : यी प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती र गण्डकी…
Read More
आज – २७ माघ २०८० शनिवार को राशिफल

आज – २७ माघ २०८० शनिवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पनि देखिन्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।…
Read More
अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियालाई टुंग्याउनु हो, तर परिस्थिति पेचिलो बन्दै छ : प्रधानमन्त्री

अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियालाई टुंग्याउनु हो, तर परिस्थिति पेचिलो बन्दै छ : प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सो ब्रिफिङ गरेका हुन् । उनले जटिल अवस्था सिर्जना भएको बताए । मुख्यतः संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयले अवस्था जटिल बनाएको अध्यक्ष प्रचण्डको आशय थियो । प्रधानमन्त्री प्रचण्ड संक्रमणकालीन न्यायलाई सहमतिमै टुंगो लगाउने अडानमा छन् । यस विषयमा उनले निरन्तर सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलसँग सम्बाद गर्दै आएका छन् । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पीडितमैत्री कानुन बनाएरमात्रै सहमति गर्ने अडानमा छन् । सो विषयमा गठबन्धन दल भने सकारात्मक छन्…
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखमा एसएसपी पोखरेल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखमा एसएसपी पोखरेल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ । विमानस्थलमा कार्यरत एसएसपी दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गर्दै कृष्णहरिलाई विमानस्थलको जिम्मेवारी दिइएको हो उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले डीआईजी अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालय स्थित प्रदेश समन्वय विभागमा सरुवा गरेका थिए । डीआईजी ठकुरीलाई सरुवा गरेको केही दिनमै एसएसपी जबराको पनि सरुवा गरिएको हो । उनको स्थानमा एसएसपी कृष्णहरिलाई ल्याइएको छ । एसएसपी कृष्णहरि बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा कार्यरत थिए । यही माघ १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र प्रहरी कर्मचारीबीच हात हालाहालको…
Read More
पाकिस्तान निर्वाचन : शरिफमाथि इमरान खान भारी

पाकिस्तान निर्वाचन : शरिफमाथि इमरान खान भारी

इस्लामावाद । पाकिस्तानमा बिहीबार भएको मतगणनाको नतिजा सार्वजनिक भएको छ । बिहीबार भएको मतदानमा देशव्यापी आम निर्वाचन र ४ राज्यमा विधान सभाको चुनाव भएको थियो । चुनावी परिणामले खण्डित जनादेश देखाएको छ । डनका अनुसार ५७ सिटमा पूर्व क्रिकेटर तथा प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इंसाफ (पीटीआई) समर्थित निर्दलीय उम्मेदवारले जितेका छन् । जसमा तेहरिक–ए–इन्साफका अध्यक्ष ब्यारिस्टर गौहर अली खान, वरिष्ठ उपाध्यक्ष लतिफ खोसा, पूर्व राष्ट्रियसभा अध्यक्ष असद कैसर र पार्टी सदस्य अली अमीन गंडापुर पनि छन् । यसबाहेक, तेहरिक–ए–इन्साफले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले खैबर पख्तुनख्वा विधान सभामा ठुलो बहुमत पाएका छन् । पन्जाब विधान सभामा समेत स्वतन्त्र उम्मेदवारहरूले नवाज…
Read More
४३ जिल्ला न्यायाधीशका लागि आयोगले माग गर्‍यो आवेदन

४३ जिल्ला न्यायाधीशका लागि आयोगले माग गर्‍यो आवेदन

काठमाडौँ । रिक्त ४३ जिल्ला न्यायाधीश पदका लागि न्याय सेवा आयोगले विज्ञापन गरेको छ । शुक्रबार न्याय सेवा आयोगले विज्ञापन प्रकाशन गर्दै ३० दिनभित्र आवेदन दिन माग गरेको हो । न्याय सेवा आयोगका अनुसार आन्तरिक खुलातर्फ २१ जना, खुलाबाट १२ जना, महिला कोटाबाट ४ जना, आदिवासी जनजातितर्फ २ जना, मधेशी समुदायबाट २ जना तथा दलित र अपाङ्ग कोटाबाट एक एक जना गरी कुल ४३ जनाको लागि आवेदन माग गरेको हो । आयोगले संविधानको धारा १४९ को उपधारा २ को खण्ड ख र ग बमोजिमबाट जिल्ला न्यायाधीश पदका लागि आवेदन माग गरेको हो । संविधानको धारा १४९ मा जिल्ला अदालतको न्यायाधीशको…
Read More
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार यात्रुको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार यात्रुको मृत्यु

महोत्तरी । महोत्तरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय जयहरि घिमिरे छन् । बिहान १ बजेतिर बर्दिबास नगरपालिका–४ स्थित माइस्थानमा बा.४० प ४९४० नम्बरको मोटरसाइकललाई ना.५ ख ८५८७ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ  ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।  
Read More
अध्यागमन अधिकृतलाई कुट्ने तीन प्रहरी नगदसहित पुरस्कृत

अध्यागमन अधिकृतलाई कुट्ने तीन प्रहरी नगदसहित पुरस्कृत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरी नगदसहित पुरस्कृत भएका छन् । विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले प्रहरी नायब निरीक्षक प्रकाश चौधरी, प्रहरी सहायक निरीक्षक सन्जय तामाङ र प्रहरी जवान रविजंग गुप्तालाई नगदसहित पुरस्कृत गरेका हुन् । स्रोतका अनुसार विमानस्थलमा खटिएका चौधरीलाई १२ सय, तामाङलाई ११ सय र गुप्तालाई ८०० रुपैयाँले पुरस्कृत गरेका गरिएको हो । उनीहरुलाई पुरस्कृत गरिएको बारे प्रहरीको अभिलेख राष्ट्रिय प्रहरी किताब खानामा हुने गरी पत्र पठाइएको स्रोतले बतायो । विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत शाखा अधिकृत छायालाल मोक्तानलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो । सोही विवादका क्रममा उनीहरुबीच हातपात…
Read More
टीकापुरको सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्ने २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

टीकापुरको सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्ने २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनालाई विपक्षी बनाइ मुद्दा दायर गरेको हो । टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेतको मिलेमतोमा जग्गा हिनामिना भएको अख्तियारले विषय अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ । टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतको मिलोमतोमा नक्कली रसिद बनाई अध्यक्ष पदाधिकारी एवम् कर्मचारीहरुको संलग्नतामा जग्गा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचविखन गरेको खुलेको छ । समितिको स्वामित्वमा रहेको…
Read More
लागूऔषध कारोबारीलाई कडा कारबाही गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

लागूऔषध कारोबारीलाई कडा कारबाही गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

महोत्तरी । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशमा लागूऔषधको समस्या बढेको भन्दै त्यसको नियन्त्रणमा अलर्ट भएर काम गर्न निर्देशन दिएका छन् । महोत्तरीको बर्दिवासमा मधेशको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएपछि गृहमन्त्री श्रेष्ठले हरेक जिल्लामा सुधार केन्द्रहरु बनाउन समेत निर्देशन दिएका हुन् । गृहमन्त्री श्रेष्ठले लागूऔषध नियन्त्रण र कारबाहीलाई कडा गर्न र त्यसविरुद्ध युवाहरुबीच सचेतना कार्यक्रम सञ्चालन गर्न समेत निर्देशन दिए । त्यसक्रममा संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको समेत उनले जानकारी गराए । धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्किन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक बिधिबाटै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन थियो । गृहमन्त्री श्रेष्ठले मधेशका अन्य समस्याहरु जस्तै…
Read More
Page 25 of 452
1 … 23 24 25 26 27 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.