समाज

त्रिभुनवन अतर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

त्रिभुनवन अतर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । २५ हजार अमेरिकन डलरसहित एक चिनियाँ नागरिक त्रिभुनवन अतर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। २९ वर्षीय चिनियाँ नागरिक कोय बिनचाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थानबाट पक्राउ गरिएको हो। ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको ब्यागभित्र उक्त डलर फेला परेको प्रहरीले जनाएको छ। १ सय दरको २५० थान अमेरिकन डलर उनीबाट बरामद भएको हो। आजको विनियम दरअनुसार उक्त डलरको नेपाली रुपैयाँ ३३ लाख ४८ हजार हुन्छ। पक्राउ परेका चिनियाँ नागरिक कोय चाइना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका थिए। उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने प्रहरीले जनाएको छ।
Read More
पूर्व सांसद इच्छाराजलाई १ अर्ब ७२ करोड जरिवाना र ३ वर्ष कैद

पूर्व सांसद इच्छाराजलाई १ अर्ब ७२ करोड जरिवाना र ३ वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङलाई तीन वर्ष कैद सजाय निर्धारण गरेको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार इच्छाराजलाई ३ वर्ष र पत्नी सृजना शाक्य तामाङलाई डेढ वर्ष कैद सजाय निर्धारण गरेको हो । इच्छाराज ३ वर्ष कैदका साथै बिगो वमोजिम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना गर्ने फैसला पनि सुनाएको छ भने पत्नी तामाङलाई १ वर्ष ६ महिना कैदका साथै १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको…
Read More
चार करोड जरिवाना तोकिएकी घराना डेभलपर्सकी सञ्चालक पक्राउ

चार करोड जरिवाना तोकिएकी घराना डेभलपर्सकी सञ्चालक पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ४ करोड जरिवाना र ३ वर्ष कैद सजाय भएकी घराना डेभलपर्सकी सञ्चालक पक्राउ परेकी छन् । काभ्रेको बनेपा घर भएकी ४५ वर्षीया मन्दिरा केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । उनले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर घराना डेभलपर्सका नाममा रहेका भक्तपुरको साविक चाँगुनारायण गाविस ७ र ९ का जग्गा धितो राखेर कर्जा लिएकी थिइन्। तर तोकिएको परियोजनामा कर्जा लगानी नगरी दुरुपयोग गरेको भन्दै बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनलाई २०७१ वैशाख २९ गते दोषी ठहर गरेको थियो। अदालतले ३ वर्ष कैद र ४ करोडको जरिवाना…
Read More
ठमेलमा चिनियाँ नागरिक मृत फेला

ठमेलमा चिनियाँ नागरिक मृत फेला

काठमाडौं । ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन् । क्वाबहालस्थित नेपालय होम होस्टलमा ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ । उनी १० माघदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण नदेखिएको सोह्रखुट्टे प्रहरीका एक अधिकृत बताउँछन् । उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको भेटिएको छ ।
Read More
नेपाली सांसदको प्रतिनिधिमण्डलद्वारा भारतमा क्रिकेट रंगशालाकाे भ्रमण

नेपाली सांसदको प्रतिनिधिमण्डलद्वारा भारतमा क्रिकेट रंगशालाकाे भ्रमण

काठमाडौं । नेपाली सांसदको प्रतिनिधिमण्डलले मुम्बईस्थित रहेकाे क्रिकेट रंगशालाको भ्रमण गरेको छ। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन सम्बन्धी संसदीय समितिका प्रतिनिधिहरूले मुम्बईको प्रसिद्ध वानखडे क्रिकेट रंगशालाको भ्रमण गरेको हाे । भारतीय संसदको औपचारिक निम्तोमा भारत भ्रमणमा रहेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापती राजकिशोर यादव नेतृत्वको सांसदको टोलीले क्रिकेट रंगशालाको भ्रमण गरेको काठमाडाैंस्थित रहेकाे भारतीय राजदूतावासले जनाएकाे छ । यसअघि समितिले भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरणसङ्ग दिल्लीमा भेटवार्ता गरेको थियो। संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय टोलीले ६ फेब्रुअरीसम्म भारतको संसदीय व्यवस्थाबारे अध्ययन गर्नेछ । संसदीय टोलीले भारतीय नयाँ संसद् भवनको निरीक्षणका साथै सभामुख, विदेशमन्त्री र पर्यटनमन्त्रीसँग भेट…
Read More
चिनियाँले लिएका परियोजनामा समस्यैसमस्या

चिनियाँले लिएका परियोजनामा समस्यैसमस्या

काठमाडाैं । सडक पूर्वाधारमा सबैभन्दा बढी ठेक्का लिनेमा चिनियाँ कम्पनी छन् । तर, तिनले लिएका प्रायः ठेक्काको प्रगति भने निकै सुस्त देखिएको छ भने कतिपयको पटक–पटक म्याद थप गर्दा पनि काम अघि बढ्न सकेको छैन । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ठेक्का लिएको १ सय १३ किमि नारायणगढ–बुटवल सडकखण्ड विस्तारको अवस्था सन्तोषजनक छैन । उक्त सडकखण्डको प्रगति नहुँदा २०७९ असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिइयो । तर ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । ठेकेदार कम्पनीले काम अघि बढाएन, बरु ढाँटिरह्यो । काममा प्रगति नभए पनि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थप गरियो । एसियाली…
Read More
सात महिनाअघि बरामद चार सय ३४ कार्टुन अवैध चिनियाँ मदिरा गोदाममै थन्कियो

सात महिनाअघि बरामद चार सय ३४ कार्टुन अवैध चिनियाँ मदिरा गोदाममै थन्कियो

काठमाडाैं । गत साउन महिना हिल्सानाकाबाट निकासी भएको चार सय ३४ कार्टुन अवैध चिनियाँ मदिरा हिल्सा प्रहरीले बरामद गरेकाे थियाे। बरामद गरिएको मदिरा हिल्सा प्रहरीले सात महिनादेखि गोदाममा तालाबन्दी गरेर थन्किएको छ। अवैध मदिरा चीनबाट नेपाल निर्यात गर्न रोक लगाइएको छ। बरामत अवैध चिनियाँ मदिरा न प्रहरीले नष्ट गरेको छ न व्यापारीको नाम नै सार्वजनिक नै गरेको छ। यस विषयमा जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दका अनुसार प्रहरीले बरामद गरेको मदिरा भान्सारको जिम्मा लगाएको हो। बरामद गरिएको मदिरा हिल्सामै गोदाममा तालाबन्दी गरेर राखेको सूचना अधिकारी चन्दले नयाँ पत्रिकाँग भने। उनले नष्ट गर्ने कि लिलाममा बिक्री गर्ने…
Read More
चिनियाँ ठेकेदारकाे लापरवाहीले नारायणघाट-बुटवल सडक अलपत्र बन्दै

चिनियाँ ठेकेदारकाे लापरवाहीले नारायणघाट-बुटवल सडक अलपत्र बन्दै

काठमाडाैं । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ। २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुईपटक म्याद थप गरिएको छ। दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ। उक्त अवधिसम्म ९० प्रतिशत काम गर्दा लगभग योजनाको निर्माण काम सकिने योजना प्रमुख मगरले बताए। यस योजनामा निर्माणपछि समेत पाँच वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीको रहने हुँदा उक्त काम करिब १० प्रतिशत मान्दा साउनसम्म प्रगति ९० प्रतिशत…
Read More
६ महिनामा १४४ चिनियाँ नागरिक देश निकाला

६ महिनामा १४४ चिनियाँ नागरिक देश निकाला

काठमाडौं । नेपालले पछिल्लो ६ महिनाको अवधिमा ३७ देशका २५१ विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिना (साउन–पुस)को अवधिमा उनीहरूलाई निष्कासन गरिएको हो । भिसा समयभन्दा बढी बस्ने (ओभर स्टे गर्ने), नक्कली राहदानी तथा भिसामा आउने, विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएका लगायतको आरोपमा उनीहरूलाई नेपालबाट निष्कासन गरिएको हो । २०८० साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले निष्कासन गरेका विदेशीमा सबैभन्दा ठूलो संख्या चिनियाँ र अमेरिकी छन् । अध्यागमन विभागले जारी गरेको पछिल्लो ६ महिनाको विवरणमा उक्त अवधिमा नेपालले १४४ चिनियाँ र २४ अमेरिकीलाई निष्कासन गरेको छ । निष्कासन गरेकामध्ये ५७.३७ प्रतिशत…
Read More
नारायणगढ-बुटवल सडक : चिनियाँ कम्पनीले कसरी सक्छ ६ महिनामा सम्पूर्ण निर्माणकाे काम?

नारायणगढ-बुटवल सडक : चिनियाँ कम्पनीले कसरी सक्छ ६ महिनामा सम्पूर्ण निर्माणकाे काम?

नवलपरासी। नारायणगढ-बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्‍न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब ६ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ। विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ-बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुईपटक म्याद थप गरिएको छ। दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ। उक्त अवधिसम्म ९० प्रतिशत काम गर्दा लगभग योजनाको निर्माण काम सकिने योजना प्रमुख मगरले बताए। यस योजनामा निर्माणपछि समेत ५ वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीको रहने हुँदा उक्त काम करिब १० प्रतिशत मान्दा साउनसम्म प्रगति ९० प्रतिशत…
Read More
Page 27 of 452
1 … 25 26 27 28 29 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.