समाज

चीनले काेराेनाकाे बहानामा लामाे समयदेखि नाका बन्द गर्दा जनजीवन प्रभावित

चीनले काेराेनाकाे बहानामा लामाे समयदेखि नाका बन्द गर्दा जनजीवन प्रभावित

काठमाडाैं । मुगु जिल्लाको उत्तरी भेगको तिब्बततिर पर्ने नाक्चेनाङ्ला नाका अझै खुलेको छैन । नाका नखुल्दा माथिल्लो मुगुको कार्मारोङ गाउँपालिकाका बासिन्दादेखि छिमेकी जिल्लाका सेवाग्राहीसमेतलाई असर परेको गोरखापत्र अनलाइनले लेखेको छ । मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले कोरोनाका कारण तिब्बत र मुगुको हाटबजारसम्बन्धी व्यापारिक साइनो टुटेको बताउनुभयो । नाक्चेनाङ्ला नाका बन्द हुँदा मुगुमकार्मारोङ गाउँपालिका स्थानीयले दैनिक उपभोग्य सामान, खाद्यवस्तु, लत्ताकपडादेखि भेडाच्याङ्ग्रा आयात गर्नबाट वञ्चित छन् । यहाँका नागरिकलाई दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा लिनलाई जिल्ला सदरमुकाम आउजाउ गर्न कम्तीमा पाँच दिन लाग्छ । नाक्चेनाङ्ला नाका खुलाउनका लागि सङ्घीय सरकार र गृह मन्त्रालयसँग पालिकाले पहल गरिरहेको जानकारी उहाँले दिनुभयो । मुगुमकार्मारोङ गाउँपालिका–३ का स्थानीय बासिन्दा तोर्ची लामाका अनुसार…
Read More
मोदीले गरे १८ सय करोड भारुमा निर्माणाधीन राम मन्दिरको उद्घाटन

मोदीले गरे १८ सय करोड भारुमा निर्माणाधीन राम मन्दिरको उद्घाटन

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको अयोध्यामा निर्माणाधीन राम मन्दिरको उद्घाटन गरेका छन्। भारतीय संचारमाध्यमका अनुसार १८ सय करोड भारतीय रूपैयाँमा निर्काणाधीन ठूलो राम मन्दिरको निर्माण कार्य यसै वर्ष सम्पन्न हुनेछ । सोमबार प्रधानमन्त्री मोदीले पूजा गर्दै राम मन्दिरको उद्घाटन गरेका हुन् । मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि रामको पूजा गरेका थिए । हाल जहाँ राम मन्दिर बनाइएको छ, त्यहाँ मुस्लिम धर्मावलम्बीहरूको बाबरी मस्जिद थियो । १६औँ शताब्दीको बाबरी मस्जिदलाई हिन्दुको भिडले सन् १९९२ मा भत्काएका थिए । बाबरी मस्जिदको विनाशले हिन्दु र मुस्लिम धर्मावलम्बीबीच राष्ट्रव्यापी झडप निम्त्याउँदा दुई हजारभन्दा बढीले ज्यान गुमाएका थिए । भगवान…
Read More
रवि जोडिएको सहकारी ठगीको अनुसन्धान गर्न सीआईबीलाई फाइल बुझाउँदै सहकारी विभाग

रवि जोडिएको सहकारी ठगीको अनुसन्धान गर्न सीआईबीलाई फाइल बुझाउँदै सहकारी विभाग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राई मुछिएको सहकारी घोटालासम्बन्धी फाइल अनुसन्धानका लागि सहकारी विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पठाउने तयारी गरेको छ । विभिन्न सहकारीको बचत हिनामिनाको छानबिन गरिरहेको विभागले थप अनुसन्धानका लागि सीआईबीलाई प्रतिवेदनसहितको फाइल पठाउन लागेको हो । जिबी राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड भन्दा बढी हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसबारे अनुसन्धान गरेको थियो । सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सूर्यदर्शनबाट रास्वपाका सभापति लामिछानेले पनि बिना धितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ । लामिछाने र…
Read More
त्रिभुवन विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन, आधा किलो सुनसहित एक पक्राउ

त्रिभुवन विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन, आधा किलो सुनसहित एक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको केही दिनमै एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन्। झापा जिल्लाका खगेन्द्र दर्जी ४ सय ९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । यसलाई सशस्त्र प्रहरी परिचालन पछिको सफलता ठानिएको छ । दोहाबाट काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४ सय ९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ । बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
कञ्चनपुर कमला सडक स्तरोन्नतिमा चिनियाँ ठेकेदारको आलटाल

कञ्चनपुर कमला सडक स्तरोन्नतिमा चिनियाँ ठेकेदारको आलटाल

काठमाडौं । कञ्चनपुर-कमला सडक निर्माण काममा चिनियाँ ठेकेदार कम्पनीले आलटाल गर्दा ३९ महिनामा ४१ प्रतिशत मात्र काम भएको छ। ठेकेदार कम्पनीले निर्धारित समयमै काम गरेको भए कञ्चनपुर–कमला सडक खण्ड गत अक्टोबर २८ तारिखभित्रै निर्माण सम्पन्न भइसक्ने थियो। चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण यो सडक खण्ड निर्माणको काम अधुरो भएको हो। कञ्चनपुर–कमला योजना कार्यालयले तीन वर्षअघि ८६.८२ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने योजना अघि सारेको थियो। सो योजनाअन्तर्गत ५४ पुल, ८ अन्डरपास र दुई वटा फ्लाईओभर निर्माण गर्ने योजना अघि सारिएको थियो। यो योजनाको काम २९ अक्टोबर २०२० मा सुरु भएर २८ अक्टोबर २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।…
Read More
चिनियाँ राजदूतको भेटपछि रास्वपा भयो ब्याक!

चिनियाँ राजदूतको भेटपछि रास्वपा भयो ब्याक!

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ सँगको भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो एजेण्डाबाट ब्याक भएको छ । चिनियाँ राजदूत सोङ २६ पुसमा रास्वपा, कार्यालय वनस्थली पुगेर सभापति रवि लमिछानेसहितका नेताहरुसँग भेट गरेपछि रास्वपा आफ्नो एजेण्डाबाट ब्याक भएको हो । उच्च स्रोतका अनुसार राजदूत सोङ सभापति रविका साथै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीसहितका नेताहरुसँग भेट गरेपछि चिनियाँ ठेकेदारले निर्माण गरिरहेकाे नारायणगढ–बुटवल सडकको पदयात्राकाे एजेण्डामा रास्वपा नरम हुँदै गएको छ । पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडकखण्ड चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले १७ अर्बको ठेक्कामा विस्तार गरिरहेको छ । तर विस्तार सुरु…
Read More
चिनियाँ नागरिकद्वारा क्याम्पमा खाना पकाउने किशाेरीमाथि कुटपिट

चिनियाँ नागरिकद्वारा क्याम्पमा खाना पकाउने किशाेरीमाथि कुटपिट

काठमाडौँ । काठमाडौँ-तराई मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) साइटमा काम गर्ने नेपाली मजदुरलाई चिनियाँ नागरिकले कुटपिट गरेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाक अन्तर्गतको मकवानपुरको बकैया गाउँपालिका-१२ घट्टेपास्वास्थित चिनियाँ क्याम्पमा खाना पाकाउने नेपाली किशोरीमाथि चिनियाँ नागरिकले कुटपिट गरेका हुन् । प्रहरीका अनुसार ५१ वर्षीय चिनियाँ नागरिक था काई युनले क्याम्पमा खाना पकाउने १८ वर्षीया किशोरी फूलमाया लुड्बामाथि कुटपिट गरेका हुन् । चिनियाँ नागरिकको कुटपिटबाट घाइते भएकी फूलमायालाई स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको छ । फूलमायामाथि कुटपिट गरेको थाहा पाएपछि फूलमायाका आफन्त र स्थानीयले चिनियाँ नागरिक युनलाई पनि कुटपिट गरेको प्रहरीले जनाएको छ । हाल उक्त घटनाबारे थप छानविन…
Read More
मकवानपुरमा चिनियाँ नागरिकमाथि कुटपिट

मकवानपुरमा चिनियाँ नागरिकमाथि कुटपिट

काठमाडौं । मकवानपुरमा चिनियाँ नागरिकमाथि कुटपिट भएको छ । फास्ट ट्रयाकमा काम गरिरहेका चिनियाँ नागरिकलाई मकवानपुरका स्थानीयले कुटपिट गरेका हुन् । “चाइनिज क्याम्पमा कुकको काम गर्ने मकवानपुरगढी १ बस्ने फूलमाया लुङ्बालाई खाना बनाउने क्रममा फास्ट ट्रयाकमा काम गर्ने चिनियाँ नागरिक थान कार्ड युनले हातपात गर्न खोजेको भनि आफन्तलाई जानकारी गराएको पाइएको छ,” प्रहरीले भनेको छ, “त्यसपछि फूलमायाका आफन्त तथा स्थानीयले युनलाई कुटपिट गरी घाइते बनाएको खबर आएको थियो ।” घाइतेलाई उपचारको लागि अर्थोपेडिक अस्पताल हेटौंडा पठाइएको र उनलाई बाहिरी चोट नरहेको मकवानपुर प्रहरीले जनाएको छ । फूलमाया सामान्य घाइते भएको र उनी स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएको प्रहरीले बताएको छ…
Read More
भारतको सहयोगमा जाजरकोटमा दुई सय अस्थायी संरचना निर्माण

भारतको सहयोगमा जाजरकोटमा दुई सय अस्थायी संरचना निर्माण

काठमाडाैं । भारत सरकारको सहयोगमा भूकम्पले क्षतिग्रस्त जाजरकोटमा दुई सय अस्थायी संरचना निर्माण भएको छ । गत महिना नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरको भूकम्पले क्षतिग्रस्त जाजरकोटमा सहयोग गर्ने बताएका थिए । सोही अनुसार पहिलो पटक जाजरकोटमा दुई सय अस्थायी संरचना निर्माण भएको काठमाडौंस्थित रहेको भारतीय राजदूतावासले जनाएको छ । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति भएका घरको पुनर्निर्माणका लागि स्रोत अभाव भइरहेका बेला भारत सरकारले १० अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गत महिना गरेको थियो । ऊर्जा व्यापार सम्झौता गर्न नेपाल भ्रमणमा आएका बेला भारतीय विदेशमन्त्री एस जयशंकरले भूकम्पले क्षति भएका जिल्लामा घरसहितका पूर्वाधार पुनर्निर्माण गर्न १०…
Read More
चीनबाट ऋण लिएर पाेखरा विमानस्थल बनाउँदा फस्याे नेपाल

चीनबाट ऋण लिएर पाेखरा विमानस्थल बनाउँदा फस्याे नेपाल

काठमाडाैं । सन् २०२३ मा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले चिनियाँ एक्जिम ब्याङ्कबाट लिएको २८ अर्ब रुपियाँ भन्दा बढी ऋणको ब्याजको दोस्रो किस्ता आफूहरूले तिर्न नसक्ने नागरिक उड्डयन प्राधिकरणका एक जना अधिकारीले बताएका छन्। विमानस्थलले कमाएर ब्याज पनि तिर्ने ढाँचामा सहमति गरिएको भए पनि एकाध चार्टरबाहेक नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ब्याज नागरिक उड्डयन प्राधिकरणले अघिल्लो वर्षबाट तिर्दै आएको छ। उक्त ऋणको सावाँ ब्याज तिर्ने समयतालिका पोहोर साल चैतबाट सुरु भएको थियो। सन् २०२२ को मे मा उद्घाटन भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि एशियाली विकास ब्याङ्कसहितका साझेदारबाट प्राप्त ऋणको भुक्तानी सरकारले गर्दै…
Read More
Page 28 of 452
1 … 26 27 28 29 30 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.