त्रिभुवन विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन, आधा किलो सुनसहित एक पक्राउ

Share Icon

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको केही दिनमै एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन्।

झापा जिल्लाका खगेन्द्र दर्जी ४ सय ९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । यसलाई सशस्त्र प्रहरी परिचालन पछिको सफलता ठानिएको छ ।

दोहाबाट काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४ सय ९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.