मेलम्चीको पानी भोलिदेखि काठमाडौँमा पुनः वितरण गरिने
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले भोलिदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि सिंहदरबारमा एक कार्यक्रमकाबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेसँगै पानी वितरण हुनेछ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीका अनुसार मेलम्चीको पानी सुन्दरीजलमा आइपुगिसकेको छ। उनले आज अनामनगरको ट्यांकीमा पानी जम्मा गर्न सुरू गरिने र भोलिबाट वितरण सुरू गरिने जानकारी दिए। पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाएर खुमलटार, महाङ्काल चौर, कीर्तिपुर, बोडे, कटुञ्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिने छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने कार्यकारी निर्देशक अन्सारीले जानकारी दिएका छन् । यसअघि…
