हुम्लाबाट १८६ कार्टुन अवैध चिनियाँ मदिरा बरामद

Share Icon

हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले १८६ कार्टुन (२ हजार २३२ बोतल) अवैध चिनियाँ मदिरा (झिनिगन्टी) नियन्त्रणमा लिएको छ।

सोमबार साँझ साढे ८ बजे सिमकोट गाउँपालिका वडा नम्बर ४ को स्याप्ने भन्ने स्थानबाट अवैध चिनियाँ मदिरा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्लाको तल्लो भेगतिर ३१ वटा खच्चरबाट ढुवानी हुँदै गरेको चिनियाँ मदिरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए।

उनका अनुसार उक्त मदिराको बजार मूल्य करिब ११ लाख १६ हजार रुपैयाँ रहेको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.