समाज

अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको काज सरुवा

अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको काज सरुवा

काठमाडौँ ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् । सर्वोच्च अदालत श्रोतका अनुसार बाँसबासी छाला जुत्ता कम्पनीको जग्गा हडपेको सन्दर्भमा पक्राउ परेका व्यवसायी अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिएपछि उनी विवादमा परेका थिए । आचार्यले गरेको आदेशमा कैफियत नभएपनि भाषा न्यायिक मर्म अनुसारको नभएको भन्दै सर्वोच्च अदालतको जिरो आवरमै छलफल चलेको थियो । आचार्यको आदेशमा हजारौंलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्दसँग प्रधानन्यायाधीश श्रेष्ठ असन्तुष्ट रहेका थिए । आचार्यको विषयमा विवाद आएपछि…
Read More
भारतीय स्करपियो गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद

भारतीय स्करपियो गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद

विराटनगर । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट झण्डै दुई करोड रुपैया बराबरका नक्कली नोट बरामद गरेको छ । आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको हो । नक्कली नोटसँगै एक जना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएको छ । गाडी चालक भारत वीरपुरका २२ वर्षीय…
Read More
स्थायी बसोबासका लागि ७१ हजार नेपाली विदेश जाँदा ४५९ विदेशी नागरिक निष्कासित

स्थायी बसोबासका लागि ७१ हजार नेपाली विदेश जाँदा ४५९ विदेशी नागरिक निष्कासित

काठमाडौं । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासको लागि गएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ जना रहेको छ । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेश जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए । पछिल्लो एक वर्षमा विदेश गएकामध्ये ३ लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेको बताए । तामाङका अनुसार यस अवधिमा अध्ययनको लागि १ लाख ८ हजार…
Read More
सडक डिभिजन कार्यालयमा आगलागी : पोर्चुगल जान लागेका युवाको डकुमेन्टसहित पैसा पनि जल्यो

सडक डिभिजन कार्यालयमा आगलागी : पोर्चुगल जान लागेका युवाको डकुमेन्टसहित पैसा पनि जल्यो

काठमाडौं । बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ । आइतबार दिउँसो विद्युत् सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको हो । कार्यालयमा रहेको निवासमा आगलागी हुँदा पैसा पनि जलेको छ। प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीका अनुसार एक सय, पाँच सय र हजार रुपैयाँका नोट जलेको अवस्थामा फेला परेको हो। कति रकम जल्यो यकिन भइसकेको प्रहरीले जनाएको छ । उनकाअनुसार सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सि.डि.ई. नारायणदत्त भण्डारीको निवासमा आगलागी भएको हो। भण्डारीको निवासमा अर्कै एक जना युवक बस्दै आएको खुलेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार पोर्चुगलमा जान लागेका ति युवा युवकका कागजातहरू पनि जल्यो…
Read More
कटुवा पेस्तोलसहित यादव पक्राउ

कटुवा पेस्तोलसहित यादव पक्राउ

काठमाडौं । सिरहामा कटुवा पेस्तोलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–७ स्थितबाट पेस्तोल एक थानसहित औरही गाउँपालिका–४, कमलपुर घर भएका २० वर्षीय सरोजकुमार यादव पक्राउ परेका हुन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका–३ का २२ वर्षीय संजितकुमार यादव समेतसँग विवाद भएको थियो । प्रहरीले विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट पेस्तोल फेला पारेको वडा प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।  
Read More
छ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा, झण्डै ८० करोड राजस्व संकलन

छ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा, झण्डै ८० करोड राजस्व संकलन

काठमाडौँ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट रु ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट रु सात करोड ८७ लाख दुई हजार ९४३, मधेशबाट रु १० करोड पाँच लाख ५८ हजार ९०१, बागमतीबाट रु सात करोड ८८ लाख ४० हजार, गण्डकीबाट रु आठ करोड १८ लाख ७६ हजार छ, लुम्बिनीबाट रु नौ करोड ३८ लाख…
Read More
बर्दियामा ३३ जना खोप कर्ता खटिए

बर्दियामा ३३ जना खोप कर्ता खटिए

बर्दिया,माघ २८/ एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय गुलरियाले जिल्लामा ३३ जना खोप कर्ता खटाएको छ । पशुहरुमा देखिने रोग विरुद्धको खोप लगाउने उदेश्यले एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालयले आठ वटै पालिकामा खोप कर्ता खटाएको हो । खोप कर्ताहरु आवश्यक सामान र एक दिने तालिम दिई फिल्डमा खटाएको एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय गुलरियाका प्रमुख सागर ढकालले बताए ।  
Read More
सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी धन्दा, थापा प्रहरी फन्दामा

सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी धन्दा, थापा प्रहरी फन्दामा

नेपालगन्ज । नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दैलेख भगवती गाउँपालिका–७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो । थापालाई सुर्खेतको जिल्ला सदरमुकाम वीरेन्द्रनगर–११ स्थित पिपिराबाट सुर्खेत प्रहरीको सहयोगमा पक्राउ गरिएको बताइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुरका ११ बसपार्ककी बालकुमारी टमटा र गोविन्द विकबाट नेपाली सेनामा भर्ती गराउने भन्दै चार लाख रुपियाँ ठगेर थापा फरार थिए । अहिले नेपाली सेनाका लागि छनोट प्रक्रिया चलिरहेको हुँदा सोही मौकामा ठग्ने नियतले थापाले पैसा असुली गरेको पाइएको प्रहरीले जनाएको छ । थापालाई बाँके जिल्ला अदालतमा हाजिर गरेर सात…
Read More
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थानीयले गरे ट्रकमा आगजनी

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थानीयले गरे ट्रकमा आगजनी

विराटनगर । विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा आइतबार बिहान ९ः४५ बजेतिर दुर्घटना भएको हो । प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । दुर्घटनालगत्तै स्थानीयले ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा…
Read More
अख्तियारका हरेक छानविनमा सरकारको पूर्ण साथ रहनेछ : प्रधानमन्त्री

अख्तियारका हरेक छानविनमा सरकारको पूर्ण साथ रहनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न कालखण्डमा भएका सबै साना तथा ठूला भ्रष्टाचारजन्य घटनाउपर स्वतन्त्र छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको पनि बताए । प्रधानमन्त्री दाहालले क्रिप्टोकरेन्सी कारोबारी, हुन्डी कारोबारी, सुन तस्कर र सहकारीलगायतका क्षेत्रमा भएका ठगीलाई कारबाहीको दायरामा ल्याएको भन्दै सेवा प्रवाहमा देखिएका विकृति, विसंगति, ढिलाइ, अनियमितता नियन्त्रण गरी सार्वजनिक सेवा प्रवाहमा जनताले भोग्नुपरेको सास्ती हटाउन सरकार लागिरहेको दावी गरे ।…
Read More
Page 23 of 452
1 … 21 22 23 24 25 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.